Friday, August 28News That Matters

समाज

हलेसी तुवाचुङका सामुदायिक विद्यालयको नतिजामा सुधार

हलेसी तुवाचुङका सामुदायिक विद्यालयको नतिजामा सुधार

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ५ । हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयको नतिजामा सुधार आएको छ । अघिल्लो वर्षको तुलानामा यस वर्ष नतिजामा सुधार आएको हो । अघिल्लो वर्षदेखि कक्षा ४–९ सम्मको वार्षिक परीक्षा नगर स्तरीय (एसईई) मोडलमा सञ्चालन गर्न थालिएको छ । अघिल्लो वर्ष करीब २२ प्रतिशत विद्यार्थी मात्र सबै विषयमा उतिर्ण भएका थिए । यस वर्ष ४०.६३ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । ३६.३४ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका छन् । २३.०३ प्रतिशत विद्यार्थीको नतिजा भने ननग्रेड रहेको छ । अर्थात उनीहरुले कक्षा दो¥याउनु पर्ने देखिएको नगरपालिकाले जनाएको छ । गत वर्षदेखि हलेसी तुवाचुङका सामुदायिक विद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालिएको हो । कक्षा ४–९ सम्मको वार्षिक परीक्षामा (एसईई) को जस्तै परीक्षा केन्द्र तोकिएको थियो । फरक विद्यालयका श...
सामुदायिक भवनमा रहेको कुभिण्डे वडा कार्यालय अब आफ्नै भवनमा

सामुदायिक भवनमा रहेको कुभिण्डे वडा कार्यालय अब आफ्नै भवनमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २ । रावा बेसी गाउँपालिका–१ कुभिण्डे वडा कार्यालयले नयाँ आरसिसि भवनबाट सेवा प्रवाह सुरु गरेको छ । सामुदायिक भवनबाट सञ्चालन भइरहेको वडा कार्यालयको आफ्नै भवन निमार्ण गरिएको हो । ६ कोठे, एक तले आरसिसि नव निर्मित भवनको आइतबार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी लगायतको उपस्थितिमा भवन उद्घाटन गरिएको हो । गाउँपालिकाको गत आर्थिक वर्षको रु ४४ लाख (भ्याट सहित) रकममा शिव खिम्ती धुम जेभीले भवन निर्माण गरेको गाउँपालिकाका कम्प्युटर अपरेटर नरबहादुर श्रेष्ठले बताउनुभयो ।  यस अघि वडाको सामुदायिक भवनबाट सेवा प्रवाह भइरहेको थियो । आफ्नै नयाँ भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहज हुने कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो ।...
खोटाङमा चट्याङ लागेर हल गोरु मरे

खोटाङमा चट्याङ लागेर हल गोरु मरे

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ३० । खोटाङमा चट्याङ लागेर एक हल गोरु मरेका छन् । बिहिबार राती करीब ८ बजेको समयमा चट्याङ लागेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा एक हल गोरु मरेका हुन् । चट्याङ लागेर मरेका गोरु विजयखर्क बसेरीका चक्र ढुंगानाको एउटा र नारायण ढुंगानाको एउटा रहेको बताइएको छ । ढुंगाना दाजुभाईले एक/एक वटा गोरु खरिद गरेर हल बनाएका थिए । उक्त हल गोरु चक्रले पाल्ने गरेको स्थानीय राजन शर्माले बताउनुभयो । घर भन्दा करीब १०० मिटर टाढा गोठमा बाँधिएको गोरु चट्याङ लागेर मरेको शुक्रबार बिहान मात्र परिवारले थाहा पाएका हुन् । बाटो हिड्ने ब्यक्तिले गोठमा गोरु ढलिरहेका छन् भनेर हेर्न जादा हल गोरु नै मरेको भेटिएको शर्माले बताउनुभयो । राती करीब ८ बजेको समयमा हावाहुरीसहित विजुली चम्किदा ठुलो आवाज आएको थियो । त्यहि समयमा चट्याङ लागेको उनीहरुको अनुमान छ । एउटा गोरुको ढाडको छालानै डढेको भेटिएको शर्माको भना...
दूधकोशी जलविद्युत् आयोजना छिटो थाल्ने सरकार र लगानीकर्ताबीच सहमति

दूधकोशी जलविद्युत् आयोजना छिटो थाल्ने सरकार र लगानीकर्ताबीच सहमति

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, चैत २९ । ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना छिटो थाल्ने सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुने उक्त आयोजना छिटो थाल्ने नेपाल सरकार र आयोजनाको लगानीकर्ताबीच सहमति भएको हो । दुई पक्षबीच बिहीबार भएको छलफलमा दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण अगाडि बढाउने सहमति भएको हो । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने निर्देशक फारिस हजाद जर्भोस तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोसबीच दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको हो । दूधकोशी जलविद्युत आयोजनामा एसियाली विकास बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ...
खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन बने स्थायी शिक्षक

खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन बने स्थायी शिक्षक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, संघर्षको कथा, समाचार, समाज
खोटाङ, चैत २७ । खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन ब्यक्तिहरु स्थायी शिक्षक हुनुभएको छ । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको सम्पुर्ण परीक्षामा सफल भएर सोमबार तीनै जनाले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय खोटाङबाट नियुक्ती पत्र बुझ्नुभएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहिन उमेश राई र उहाँकी श्रीमती सुर्यमायाँ लिम्बूले प्राशि स्थायीमा नाम निकाल्नु भएको हो । जन्मजात दृष्टिविहिन दम्पत्तीले मंगलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसक्नु भएको छ । । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित माबिमा र लिम्बू केपिलासगढी गाउँपालिका–३ बासपानीको मनोकामना आधारभुत विद्यालयमा सिफारिस हुनुभएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय दृष्टिविहिन भक्तबहादुर बिश्वकर्माले पनि प्राशि स्थायीमा नाम निकाल्नु भएको छ । ८...
एकै दिन आगलागीबाट खोटाङमा तीन घर खरानी

एकै दिन आगलागीबाट खोटाङमा तीन घर खरानी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २७ । एकै दिन आगलागीबाट खोटाङमा तीन घर जलेर खरानी भएका छन् । वनमा लागेको डढेलो गाउँ पस्दा सोमबार हलेसी तुवाचुङ नगरपालिका एक घर जलेर खरानी भएको छ । विद्युत सर्टहुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावा बेसी गाउँपालिकामा एक÷एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित अरअरे सामुदायीक वनबाट सुरु भएको डढेलोले वडा नम्बर ३ च्यास्मीटार दाल्फुका वशन्त राईको घर जलेर खरानी भएको छ । डढेलोले राईको बसोबास नभएको रित्तो घर जलेको हो । आगलागीबाट राईको एक लाख बराबरको क्षति भएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । अन्य घरहरुलाई भने छानामा पानी छेपेर जोगाइएको छ । सोही डढेलोले आइतबार साँझ बाहुनीडाँडा मैतुङको नाम्नाखु सिरानका लम्बरहादुर अधिकारीको घर, खर्कटारका अम्बरबहादुर अधिकारीको घर र गोठ तथा दाल्फुका भलाराज राईको तीन वटा...
खोटाङमा १२ वर्षीया बालिका बलात्कृत, ३५ वर्षीय परियार पक्राउ

खोटाङमा १२ वर्षीया बालिका बलात्कृत, ३५ वर्षीय परियार पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ । खोटाङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ परेको छ । घरमा कोही नभएको बेला १२ वर्षीया बालिकालाई ललाई फकाइ गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउ नालीका ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो । बिहिबार दिउँसो घरमा कोही नभएको मौका छोपेर परियारले बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । बालिकालाई जबरजस्ती करणी गरेको खबर पाए लगत्तै प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट खटिएका प्रहरीले अभियुक्त परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । मावली घरमा बस्दैआएकी १२ वर्षीया बालिकालाई परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।...
खोटाङ एसईई काण्ड २ : म्यासेन्जर ग्रुप बनाएर चिट चोर्ने तीन विद्यार्थी प्रहरीको नियन्त्रणमा

खोटाङ एसईई काण्ड २ : म्यासेन्जर ग्रुप बनाएर चिट चोर्ने तीन विद्यार्थी प्रहरीको नियन्त्रणमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम दिन खोटाङमा मोबाइलबाट चिट चोर्दै गरेका तीन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनकामना मावि परीक्षा केन्द्रबाट मोबाइलसहित शुक्रबार तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीको नियन्त्रणमा पर्ने दुई जना छात्र र एक जना छात्रा रहेका छन् । उनीहरु अन्नपूर्ण मावि दोर्पाचिउरीडाँडा बुवालुङका विद्यार्थी रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की र डिएसपी पुरुषोत्तम खड्काको टोली अनुगमन गर्न जादा तीन जना विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो । फेसबुक मेसेन्जर ग्रुप बनाएर प्रश्नपत्र पठाउने र उत्तर सार्ने गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिएसपी खड्काले बताउनुभयो । ‘चिट चोर्नको लागि उनीहरुले “कक्ष...
खोटाङमा एसईई परीक्षामा चिट चोराउन विद्यार्थी र शिक्षकको मेसेन्जर ग्रुप

खोटाङमा एसईई परीक्षामा चिट चोराउन विद्यार्थी र शिक्षकको मेसेन्जर ग्रुप

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोर्ने खोटाङमा तीन जना विद्यार्थीलाई निष्कासन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि परीक्षा केन्द्रमा मोबाइलसहित भेटिएका तीन जना विद्यार्थीलाई परीक्षाबाट निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । इकाईका निमित्त प्रमुख नन्द बहादुर विश्वकर्माको टोली बिहिबार परीक्षाको अनुगमन गर्न पुग्दा विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो । मोबाइलमा मेसेन्जर ग्रुप बनाएर चिट चोरिरहेको भेटिएपछि तत्काल तीन जना विद्यार्थीको बिहिबारको परीक्षा रद्द गरिएको निमित्त प्रमुख विश्वकर्माले बताउनुभयो । उक्त तीन जना विद्यार्थी रहेको २ वटै कक्षाका निरीक्षकलाईसमेत हटाइएको छ । एउटा कोठमा एक जना सरस्वति मावि पाथेका र अर्को कोठामा कालिका मावि खार्मीका दुई जना विद्यार्थीसँग मोब...
जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए तलब भत्ता रोक्का हुने

जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए तलब भत्ता रोक्का हुने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २० । खोटाङको खोटेहाङ गाउँपालिकाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट तलब, भत्ता लगायतका आर्थिक सुविधा लिएका ब्यक्तिहरुले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए कारबाही गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यो निर्णय शैक्षिक सत्र २०८१ देखि लागू हुने छ । गाउँपालिकाको नीति अनुसार आगामि वैशाखबाट जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अनिवार्य सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्नु पर्ने छ । चालू आर्थिक वर्ष २०८०/०८१ को गाउँपालिकाको नीति तथा कार्यक्रममा यो नीति उल्लेख गरिएको थियो । सोही अनुसार चैत ८ गते गाउँकार्यापालिकाको बैठक बसेर नीति कार्यक्रम लागू गर्ने गरी निर्णय गरिएको गाउँपालिकाले सूचनामार्फत जनाकारी दिएको छ । शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर...