Thursday, August 27News That Matters

समाज

खोटाङमा डिजिटल मेसिनबाट माटो परिक्षण, कृषकले सुनसरी पुग्नु पर्ने समस्या अन्त्य

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १२ । कृषि ज्ञान केन्द्र खोटाङमा डिजिटल सोएल टेस्टिङ मिनि ल्याबबाट माटो परिक्षण सुरु गरिएको छ । विश्व माटो दीवसको अवसर पारेर गत मङ्सिर १७ गते डिजिटल सोएल ल्याब स्थापना गरेर कार्यालयले माटो परिक्षण मेसिनबाट गर्न सुरु गरेको हो । यस अघि किटबाट माटो परिक्षण हुँदै आएको थियो । किटबाट परिक्षण गर्दा नाइट्रोजन, फसफोरस, पोटास र पिएचको मात्र परिक्षण हुन्थ्यो । माटोमा त्यनीहरुको मात्रा कति छ भन्ने पनि थाहा हुँदैन थियो । अहिले मेसिनबाट परिक्षण गर्दा अर्गानिक कार्बन जिङ्क, सल्फर आइरन, कपर म्याग्नेस र बोरन पनि परिक्षण हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जय कुमार पण्डितले बताउनुभयो । पण्डितका अनुसार हाल मेसिनबाट भइरहेको परिक्षणबाट माटोमा कुन कुराको कती कमी र बढी छ भन्ने कुरा थाहा हुन्छ । जसले गर्दा माटोको उपचार गर्न र मलखादको प्रयोग गर्न कृषकलाई सहज भएको उहाँको...
बुइपामा बस दुर्घटनाहुँदा ६ जना घाइते : ३ जनालाई उपचारका लागि काठमाण्डौ लगियो

बुइपामा बस दुर्घटनाहुँदा ६ जना घाइते : ३ जनालाई उपचारका लागि काठमाण्डौ लगियो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १० । उदयपुरको गाइघाटबाट खोटाङको दिक्तेल आउदै गरेको बस दुर्घटना भएको छ । प्रदेश १– ०५–००१ ख ००१७ नम्बरको यात्रुबाहक बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बुइपा दित्तेल सडक खण्ड अन्तरगत माथिल्लो बुइपामा सडकबाट करीब ५ मिटर बस तल खसेको छ । आइतबार बिहान १०ः४० बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई जिल्ला प्रहरी कार्यालय र बुइपा प्रहरी चौकीबाट खटिएको प्रहरीले उद्दार गरेको डिएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो । घाइते हुनेहरुमा दित्तेल रुपाकोट मझुवागढी न.पा.१४ खिरिका वर्ष २९ का बिरेन्द्र घिमिरे, सोही ठाउँका २८ वर्षिया दिल कुमारी श्रेष्ठ, रावाबेसी गाउँपालिका–२ खार्पाका २० वर्षिय कुशल सार्की, दिरुमनपा १५ का ७३ वर्षिय आइते सार्की, सोही ठाउँका २७ वर्षिया सुस्मिता ढुंगना र हलेसी तुवाचुङ ...
खोटाङ : आगलागीबाट बाम्राङका तीन घर जलेर नष्ट

खोटाङ : आगलागीबाट बाम्राङका तीन घर जलेर नष्ट

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ९ । खोटाङमा आगलागीबाट तीन घर पुर्णरुपमा जलेर नष्ट भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुका तीन घर जलेर नष्ट भएका हुन् । शनिबार अपरान्ह (३ः४०बजे) भएको आगलागीबाट तीन घर जल्दा ८४ लाख ५६ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मैया श्रेष्ठको घरमा बिजुलीको तार सर्ट भई आगलागीहुँदा श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्ण कुमार श्रेष्ठको घर पूर्णमा जलेर नष्ट भएको छ । आगलागीबाट मैयाको तीनतले घर, नगद १ लाख २० तोला चाँदी, मोवाईल, टिभी लगायत घरभित्र रहेको सम्पूर्ण मालसामानहरु पूर्णरुपमा जल्दा २७लाख ३५ हजारको क्षतिभएको प्रहरीले जनाएको छ । कृष्णको तीनतले घर, नगद १लाख ५० हजार, दुई तोला सुन, एक थान मोवाईल लगायत घर भित्र भएको सम्पूर्ण सामानहरु पूर्णरुपमा जलि नष्ट हुँदा २८ लाख ८३ हजार ५०० र सोही ठाउँका कर्ण कुमारको तीन तले घर, घरभित्र रहेक...
खोटाङको मुख्य प्रवेशद्धार जयराममा सौर्यबत्ती जडान

खोटाङको मुख्य प्रवेशद्धार जयराममा सौर्यबत्ती जडान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ९ । खोटाङ जिल्लाको प्रवेशद्धार जयरामघाटमा सौर्यबत्ती जडान गरिएको छ । हलेसी तुवाचुङ नगरापलिका–१ जयरामघाटमा नगरपालिकाले सौर्य सडक बक्ती जडान गरिएको हो । नगरपालिकाको चालु आर्थीक वर्षको कार्यक्रम अनुसार जयरामघाटमा पाँच वटा सौर्यबक्ती जडान गरेर शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । सेन्सर (अँध्यारोमा आफै बल्ने उज्यालोमा आफै बन्द हुने आधारमा सौर्यबत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ । जिल्लाको मुख्य प्रवेशद्धार जयरामघाटमा रातीको समयमा यात्रुलाई सहजतासँगै प्रवेशद्धारको सौन्दर्यको लागि सौर्यबत्ती जडान गरिएको नगरपालिकाका उप–मेयर रमेश कुमार राउतले बताउनुभयो । ‘जयरामघाट जिल्लाको प्रमुख प्रवेशद्धार हो । बाहिरबाट पर्यटकहरु जिल्ला प्रवेश गर्दै गर्दा सुरुवाती स्थानले नै बताउछ की जिल्लाको विकास लगायतको अवस्था कस्तो छ भनेर । त्यसैले जिल्लाको मुख्य प्रवेशद्धारको सौन्दर्य निर्माण गर्ने नगरपालिकाल...

गाउँपालिका अध्यक्ष राईद्धारा आफुले पाएको राहत अर्का आगलागी पीडितलाई प्रदान

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ९ । केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले आफुले पाएको राहत अरुलाई दिनुभएको छ । गत सोमबार बाक्सीला बजारमा साँझ दिपक गुरुङको घरबाट विद्युतको तार सर्ट भइ सुरु भएको आगलागीले पालिका अध्यक्ष राई भाडामा बसेको घरसहित बजार क्षेत्रका ५ घर जलेर नष्ट हुँदा ४ करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो । आगलागीबाट पीडित परिवारलाई १ नम्बर प्रदेश सरकारले बिहिबार राहत पठाएको थियो । प्रदेश सरकारले प्रदान गरेको उक्त राहत गाउँपालिका अध्यक्ष राईले अर्का आगलागी पीडितलाई दिनुभएको हो । केपिलासगढी गाउँपालिका–४ बाक्सीलाको साविक ५ नम्बर वडाका दिलकुमारी तामाङको बिहिबार आगो फुकेको ठाउँबाट सल्केर पुर्णरुपमा घर जलेर नष्ट भएको छ । आगलागीबाट पीडित तामाङलाई शनिबार बोलाएर पालिका अध्यक्ष राईले आफुले पाएको त्रिपाल, २ बोरा चामल, ३ थान कम्मल, ५/५ केजी दाल र चिनि प्रदान गर्नुभएको हो । ‘म गाउँपालिका अध्यक्ष अर्...
फोक्सिङ्टार पुल निर्माण सुरु भएको दश वर्षपछि सञ्चालनमा आयो

फोक्सिङ्टार पुल निर्माण सुरु भएको दश वर्षपछि सञ्चालनमा आयो

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ७ । पहाडी जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको छ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै खोटाङ तराईसँग सिधा सडकमा जोडिएको हो । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत वारी–पारी सडक बनेपनि नदिमा पुल नहुँदा पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डबाट यात्रा गर्न सास्ती थियो । हिउँदको समयमा अस्थायी रुपमा फोक्सिङटार बेलिब्रिज जडान गरेर सवारी साधन वारपार हुने गरेको थियो । बर्खाको समयमा भने बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लाबासीको बाध्यता थियो । खोटाङ र उदयपुर जिल्लाको सिमानामा पर्ने फोक्सिङ्टारस्थित सुनकोशी नदिमा मोटरेबल पक्की पुल बिहिबारबाट सञ्चालन आएसँगै तराई आवतजावत गर्न र सामान ढुवानी गर्न जिल्लाबासीलाई सहज हुने ...
हलेसी तुवाचुङ : सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पढाउन नगर शिक्षक नियुक्त

हलेसी तुवाचुङ : सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पढाउन नगर शिक्षक नियुक्त

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पठनपाठनका लागि नगर शिक्षक नियुक्त गरेको छ । सुत्केरी बिदामा शिक्षक बस्दा विद्यार्थीहरुको पढाइ बिग्रिने भएकाले बिदामा बसेका विद्यालयमा पठनपाठनका लागि नगर शिक्षक नियुक्त गरिएको मेयर विमला राईले जानकारी दिनुभयो । प्रसूति हुनेहरुको सट्टामा ३ महिनाका लागि सट्टा शिक्षक राख्ने नगर शिक्षा समितिको मंसिर १३ गतेको निर्णय अनुसार मंसिर १५ गते नगरपालिकाले सूचना जारी गरेको थियो । सूचनाका आधारमा आएका व्यक्तिहरुको परिक्षा गरेर १ पुरुष र ३ महिला गरी ४ जना नगर शिक्षक छनोट गरिएको शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिनुभयो । छनोट भएका तीन जना नगर शिक्षकलाई वडा नम्बर ९ स्थित सरस्वती प्राथमिक विद्यालय, वडा नम्बर ७ स्थित कालिका आधारभुत विद्यालय र वडा नम्बर २ स्थित बालकन्या आधारभुत विद्यालयमा नियुक्ती दिएर खटाइसकिएको छ । ...
खोटाङ : बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट

खोटाङ : बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, ४ पुस । खोटाङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएको हो । सोमबार साँझ स्थानीय व्यवसायी दिपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङको सहित रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताउनुभयो । आगलागीमा व्यपार व्यवसाय सञ्चालन हुँदैआएको घरहरु जलेका हुन् । ढुंगामाटो र पानी हालेर स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन् । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
खोटाङमा अलैंची उत्पादनमा वृद्धि

खोटाङमा अलैंची उत्पादनमा वृद्धि

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ३ । खोटाङमा यस वर्ष अलैंची उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलानामा यस वर्ष जिल्लामा २५ मेट्रिक्टनले अलैंची उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । ज्ञान केन्द्रको तथ्यांक अनुसार अघिल्लो वर्ष १ हजार ४ सय २ हेक्टर जग्गामा अलैंची लगाउदा ५ सय ८५ मेट्रिक्टन अलैंची उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा अलैंची लगाउदा ६ सय १० मेट्रिक्टन अलैंची उत्पादन भएको हो । विशेष जिल्लाको जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अलैंची उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जय कुमार पण्डितले जानकारी दिनुभयो ।...

तलब बिनाको समितिको पदमा बस्न होडबाजी, दुई पटकको भेलाले पनि समिति छान्न सकेन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २ । खोटाङको दिक्तेलस्थित रम्बाखोला माझखोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत मंसिर २६ गतेकालागि दोस्रो वार्षिक साधरण सभा बोलायो । सभा सफल पार्न जिल्ला समन्वय समितिको समिक्षालय हलमा उपभोक्ता पनि भेला भए । तर ५१ प्रतिशत उपभोक्ता उपस्थित नभएपछि सभा स्थगीत भयो । खानेपानी संस्थाले पुनः साधरणसभा गर्ने भन्दै पुस २ गतेलाई मिति तोक्यो । दोस्रो पटक पनि गणपुरक संख्या नभएको भन्दै सभा स्थगीत गरियो । तर उपभोक्ताको आवश्यक संख्या उपस्थित नभएको भन्दा पनि हालको समितिले चाहेको मान्छे नयाँ समितिमा निर्वाचित हुन कठीन हुने अवस्था देखिएपछि सभा स्थगीत भएको बुझिएको छ । ‘एक उपभोक्ताले भने, के को कम मानिस उपस्थित भएको हुनु, धेरै उपस्थित भएका थिए, तर आफुले चाहेको मान्छे अध्यक्ष लगायतका पदमा पराजित हुने स्थिती देखिएपछि साधरणसभा स्थिगीत गरेका हुन् ।’ ‘त्यो पदमा बसेर न भत्ता आउछ न तलब आउछ तर...