खोटाङमा सवारीसाधन कारबाहीबाट एक वर्षमा ५० लाख बढी राजश्व संकलन
खोटाङ, साउन १२ । जिल्ला ट्राफिक कार्यालय खोटाङले एक वर्षमा ५० लाख बढी राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक कार्यालयले सवारी साधन कारबाहीबाट ५० लाख ३२ हजार राजश्व संकलन गरेको हो ।
गत साउन १ गतेदेखि असार मसान्तसम्म एक वर्षमा साढे ६ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने मोटरसाईकल, बस, टिफर, ट्याक्टर, ट्रक, टेम्पो, कार, जिप र भेन गरी ६ हजार ७ सय २९ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय खोटाङले जनाएको छ । सबै भन्दा बढी राजश्व माघ महिनामा उठेको छ । माघ महिनामा ६ सय ३० वटा सवारी साधन कारबाहीमा पर्दा ६ लाख १५ हजार राजश्व उठेको हो ।
यस्तै, साउन महिनामा ३७८ सवारी साधन कारबाहीमा पर्दा २ लाख ८५ हजार, भदौमा २७२ सवारी साधन कारबाहीमा पर्दा २ लाख १४ हजार ५ सय, असोजमा ३५० सवारी साधन कारबाहीमा पर्दा २ लाख ८४ हजार ५ सय राजश्व संकलन भएको छ ...









