उद्यम गर्न चाहाने हलेसी तुवाचुङका नागरिकले ५ लाखसम्म विनाब्याज ऋण पाउने
खोटाङ, माघ ९ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नागरिकले ५ लाख सम्मको कर्जा विनाब्याज पाउने भएका छन् । उद्यमी बन्न चाहाने नागरिकले ५ लाखसम्मको कर्जा विनाब्याज पाउने भएका हुन् ।
कृषि, पशुपालन, होमस्टे सञ्चालन लगायतका लघु उद्यम गर्न चाहाने नागरिकका लागि नगरपालिकाले विनाब्याज ५ लाखसम्म ऋण दिने व्यवस्था मिलाएको हो । जसका लागि नगरपालिकाले बुधबार प्रभु बैंकसँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा प्रभु बैंकले मुल्याङ्कन गरेर उद्यमी बन्न चाहाने नागरिकलाई ऋण दिने छ । नागरिकले पाएको उक्त ऋणको बैंकको औसत आधार दरमा २ प्रतिशत प्रिमियम थप गरेर नगरपालिकाले ब्याज तिर्ने गरी सम्झौता भएको हो ।
उद्यमी बन्न चाहाने नागरिकलाई ब्याज अनुदान प्रदान गर्न लागिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभएको छ । कृषि, पशुपालन लगायतका लघु उद्यमबाट नागरिकलाई रोजगार प्रदानसँगै उद्यमहरुको प्रवद्र्धनका लागि ब...









