Thursday, September 17News That Matters

Banner News 2

डेंगु रोकथामका लागि खोटाङमा ‘लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान’

डेंगु रोकथामका लागि खोटाङमा ‘लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान’

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १९ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सुरु गरिएको छ । जिल्लामा डेंगुका बिरामी बढ्न थालेपछि रोकथामका लागि लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलको संयुक्त आयोजनामा शुक्रबार लार्भा नष्ट गर्ने जनचेतनामुलक अभियान सञ्चालन गरिएको हो । शुक्रबार जिल्ला सदरमुकाम दिक्तेल बजारमा लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान चलाइएको छ । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि स्वास्थ्यकर्मीहरुको उपस्थितिमा जनचेतना दिइएको छ । हाल जिल्लमा ५ जनामा डेंगु संक्रमण पुष्टि भ...
ताराखसे सामुदायिक वनमा ८ सय फलफुलका बिरुवा रोपियो

ताराखसे सामुदायिक वनमा ८ सय फलफुलका बिरुवा रोपियो

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन १० । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित ताराखसे सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । बाँझो बन्दै गएको सामुदायिक वनको ४ रोपनी क्षेत्रफलमा वृक्षारोपण गरिएको हो । वनको ४ रोपनी क्षेत्रफलमा ८०० बिरुवा रोपिएको छ । साना किसान कृषि सहकारी संस्था दुर्छिम र वृक्षारोपण पहल नेपालको समन्वयमा सामुदायिक वनमा फलफुल साथै अन्य बिरुवा रोपिएको बताइएको छ । सामुदायिक वनको झाडी फडानी गरेर दन्ते ओखर, आँप, अम्बा लगायतका ८०० बिरुवा रोपिएको वृक्षारोपण पहल नेपाल दुर्छिमका म्यानेजर मोतिराज राईले बताए । सहकारी संस्थाका अध्यक्ष मनकुमार राईको नेतृत्वमा सहकारीका शेयर सदस्य, सामुदायिक वनका समिति र वृक्षारोपण नेपालका पदाधिकारी लगायतको उपस्थितिमा बिरुवा रोपिएको राईको भनाइ छ । ताराखसे सामुदायिक वनको ४ रोपनी क्षेत्रफलमा ३ दिन लगाएर बिरुवा रोपिएको हो । वृक्षारोपण पश्चात वरिपरि घेराबारा पनि गरिएको छ । बाँझो बन्...
एमालेले खोटाङमा माल्यापर्ण गरेर मनायो पुष्पलालको ४५ औँ स्मृति दिवस

एमालेले खोटाङमा माल्यापर्ण गरेर मनायो पुष्पलालको ४५ औँ स्मृति दिवस

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन ७ । नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस शालिकमा माल्यार्पण गरेर मनाएको छ । जिल्ला पार्टी कार्यालय अगाडी निर्माण गरिएको श्रेष्ठको शालिकमा आज बिहान माल्यार्पण गरेर ४५औँ स्मृति दिवस मनाएको हो । पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेर २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेकपाका संस्थापक महासचिव उनै श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा आज देश तथा विदेशमा विभिन्न कम्युनिस्ट पार्टीहरुले कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । सोही अवसरमा खोटाङमा एमालेले श्रेष्ठको शालिकमा माल्यर्पण गरेको हो । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई, एमालेका जनसंगठन कोशी प्रदेशका इन्चार्ज यज्ञराज सुनुवार, एमाले खोटाङका इन्चार्ज...
रास्वपाको लफ्याङ पश्चात बाम्राङमा वडा कमिटी गठन

रास्वपाको लफ्याङ पश्चात बाम्राङमा वडा कमिटी गठन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खोटाङमा दोस्रो वडा कमिटी गठन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ पश्चात वडा नम्बर ३ बाम्राङमा शनिबार वडा कमिटी गठन गरिएको (रास्वपा) ले जनाएको छ । बाम्राङमा भएको भेलाले भानुभक्त खत्री (रोशन) को संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको छ । समितिको सह–संयोजकमा आस्विन राई (किरण), सचिवमा मीना आचार्य पाण्डे, सह–सचिवमा कुमार थापा, कोषाध्यक्षमा दुर्गा रम्तेल, सदस्यहरुमा कल्पना बस्नेत, शिव दाहाल, सन्दीप दाहाल, नबिन थापा, ज्ञान बहादुर दाहाल र सबिन राई रहेको निर्वाचन क्षेत्र समिति सदस्य मुकुन्द कृष्ण थापाले जानकारी दिए । कमिटी गठन कार्यक्रममा तदर्थ जिल्ला समितिका कोषाध्यक्ष पर्शुराम थापा (आशिष), सचिव किशोर आचार्य, प्रदेश समितीको गुनासो ब्यवस्थापन बिभागका प्रस्तावित सदस्य बिजय मिश्र, लफ्याङका संयोजक सोनाम हाङ राई लगायतको उपस्थिति...
खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २३ । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई शनिबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । नेपाल सरकारले निःशूल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्र १५ महिना मुनीका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङको प्रतिवेदनमा उल्लेख छ । हाल जिल्लामा १ वर्ष मुनिका ३ हजार ३४४ जना, २ वर्ष मुनिका ६ हजार ४९२ जना र ५ वर्ष मुनिका १६ हजार ५०५ जना बालबालिका रहेका छन् । उनिहरु सबैले खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । खोप तालिका अनुसार सबै बालबालिकाले लगाए नलगाएको भनेर १६ देखि ५९ महिनासम्मका ...
हलेसी तुवाचुङका १६ आमा समुहलाई नगरपालिकाले दियो १/१ लाख बिउ पुँजी रकम

हलेसी तुवाचुङका १६ आमा समुहलाई नगरपालिकाले दियो १/१ लाख बिउ पुँजी रकम

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ९ । हलेसी तुवाचुङ नगरपालिकाले आमा समुहलाई बिउ पुँजी रकम प्रदान गरेको छ । १६ वटा आमा समुहलाई १/१ लाखका दरले नगरपालिकाले बिउ पुँजी रकम प्रदान गरेको हो । नियमित बचत गर्दै आएका आमा समूहलाई शनिबार नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले १/१ लाखका दरले बिउ पुँजी बापतको रकम हस्तान्त्रण गर्नुभएको हो । आमाहरुलाई आम्दानीमूलक क्षेत्रमा लगानी गरेर आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ बिउ पुँजी कार्यक्रमको सुरुवात गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो । नगरपालिकाले माग गरेको आवेदन अनुसार छनोट भएका १६ आमा समुहलाई शनिबार बिउ पुँजी बापतको रकम प्रदान गरेसँगै हालसम्म बिउ पुँजीको रकम लिने आमासमुहको संख्या ५० वटा पुगेको छ । आमा समुहमा भइरहेको नियमित बचत कोषमा नगरपालिकाले उपलव्ध गराएको १ लाख रकम पनि जम्मा हुनेछ । उक्त रकमबाट बाख्रा, बंगुर, ...
राउत क्षेत्री सेवा समाज खोटाङको अध्यक्षमा बासु र सचिवमा नेत्र बिक्रम

राउत क्षेत्री सेवा समाज खोटाङको अध्यक्षमा बासु र सचिवमा नेत्र बिक्रम

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार २ । खोटाङमा राउत समुदायको संगठन निर्माण गरिएको छ । शुक्रबार दुर्छिममा भएको प्रथम भेलाले बासु राउतको अध्यक्षतामा १९ कार्यसमितिको संगठन चयन गरिएको हो । राउत क्षत्री सेवा समाजको सचिवमा नेत्रबिक्रम राउत र कोषाध्यक्षमा पवित्रा राउतलाई चयन गरिएको छ । समितिको उपाध्यक्ष र सहसचिव मनोनित गर्ने गरी सहमति भएको नयाँ निर्वाचित सचिव राउतले बताउनुभयो । खोटाङ जिल्लाका राउतहरुको प्रथम भेलामा राउत क्षत्री सेवा समाजका केन्द्रीय अध्यक्ष भगवान बहादुर राउत, महासचिव श्याम कुमार राउत ,कोषाध्यक्ष इराज राउत, केन्द्रीय सदस्य देबेन्द्र राउतको उपस्थिति रहेको थियो । विशेष अतिथिकोरुपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, उपमेयर रमेशकुमार राउत र अतिथिहरुमा नगर सभापति चक्रकुमार राई, वडाध्यक्षहरु रुपेन्द्र कुमार राई र टेकराज राई लगायतको उपस्थित रहेको सचिव राउतको भनाइ छ ।...
धितुङका स्वयंसेविकाहरुको निःशूल्क स्वास्थ्य बिमा, स्वास्थ्य चौकीलाई प्रोजेक्टर र ल्यापटप

धितुङका स्वयंसेविकाहरुको निःशूल्क स्वास्थ्य बिमा, स्वास्थ्य चौकीलाई प्रोजेक्टर र ल्यापटप

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २४ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्वयंसेविकाहरुको निःशूल्क स्वास्थ्य बिमा गरिएको छ । धितुङ वडा कार्यालयले वडाका सबै १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको निःशूल्क बिमा गरिदिएको जनाएको छ । स्वयंसेविकाहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरेर बिमा गरिएको वडाध्यक्ष टेकराज राईले बताउनुभयो । ‘नागरिकको घरदैलोमा खटिएर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वयंसेविकाहरुको आफ्नै स्वास्थ्य जोखिम हुन्छ । त्यसैले उहाँहरुको निःशूल्क स्वास्थ्य बिमा वडाले गरिदिएको छ ।’ अध्यक्ष राईले भन्नुभयो । स्वयंसेविकाहरुलाई बुधबार वडाले एक कार्यक्रमका बीच झोलासमेत बितरण गरेको छ । यस्तै, धितुङ स्वास्थ्य चौकीलाई वडाले प्रोजेक्टर र ल्यापटप प्रदान गरेको छ । जनस्वास्थ्य कार्यक्रमका लागि आवश्यक परेकाले वडाले १ लाख ५० हजार बराबरको १/१ वटा प्रोजेक्टर र ल्यापटप प्रदान गरेको वडाध्यक्ष राईले बताउनुभयो । विद्यालयसँगै व...
केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २४ । खोटाङको केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नेपाल सरकारले निःशूल्क प्रदान गर्ने १३ प्रकारका खोप केपिलासगढी गाउँपालिका भित्रका सबै बालबालिकाले लगाएसँगै मंगलबार जिल्ला समन्वय प्रमुख सन बहादुर राई, स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिक्देलले गाउँपालिका अध्यक्ष समिर राईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । घर सर्वेक्षणमा गाउँपालिकाका धेरै बालबालिका खोप लगाउन छुटेको पाइएको छ । उक्त छुटेका बालबालिकालाई यो वर्ष गाउँपालिकाले सबै मात्राको खोप दिएको जनाएको छ । ० देदि १५ महिनासम्मका २ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र १ जनाको बीचैमा छुटेको पाइएको थियो । उन...
अनेरास्ववियुको जिल्ला सम्मेलन असोजमा, संयोजकमा खड्का र सह–संयोजकमा उपरकोटी

अनेरास्ववियुको जिल्ला सम्मेलन असोजमा, संयोजकमा खड्का र सह–संयोजकमा उपरकोटी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २३ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको खोटाङ जिल्ला सम्मेलन आगामी असोजमा हुने भएको छ । मंगलबार बसेको अनेरास्ववियुको बैठकले २४ औं जिल्ला सम्मेलन असोजको पहिलो साता गर्ने निर्णय गरेको हो । मंगलबारको बैठकलले जिल्ला सम्मेलनको लागि आयोजक कमिटिसमेत गठन गरेको छ । कमिटिको संयोजकमा अनेरास्ववियु खोटाङका वर्तमान उपाध्यक्ष यम खड्का र सह–संयोजकमा सचिव विष्णु उपरकोटी रहेका छन् ।...