फुर्दिकु शेर्पाको स्वास्थ्यमा क्रमिक सुधार, सङ्कलन भएको १ लाख बढी रकम परिवारलाई हस्तान्त्रण
खोटाङ, चैत ६ । मानसिक सन्तुलन गुमाएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी फुर्दिकु शेर्पाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । हाल उनको मानसिक अस्पताल लगनखेलमा निःशूल्क उपचार भइरहेको छ । छोरी क्रमिक ठिक हुँदै आएको उनका बुवा पेमा शेर्पाले बताउनुभयो ।
मानसिक सन्तुलन गुमाएकी ३० वर्षीया फुर्दिकुले सबैलाई आक्रमण गर्न थालेपछि थेग्न नसकेर परिवारले आगनमा काठको खोर बनाएर राखेका थिए । उपचारको लागि अस्पताल लान परिवारसँग प्रयाप्त आर्थिक नहुँदा फुर्दिकुलाई गत माघ १६ गतेदेखि थुनेर राखिएको थियो । फागुन १२ गते विभिन्न मिडियाले फुर्दिकुको विषयमा समाचार प्रकाशन गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उद्दार गरेर उपचारका लागि लगेको हो ।
समाचार पढेर एवं समाचार भिडियो हेरेर धेरै ब्यक्तिले आर्थिक सहयोग गरेका छन् । शेर्पाको उपचार र उनको छोराको पठनपाठका लागि सङ्कलन भएको एक लाख बढी रकम बुवा...








