रावाबेसी गाउँपालिकामा ५११ जनाको निःशूल्क स्वास्थ्य परिक्षण तथा उपचार
खोटाङ, वैशाख ६ । खोटाङको रावा बेसी गाउँपालिवासीले निःशूल्क स्वास्थ्य परिक्षण गराएका छन् । गाउँपालिकाले काठमाण्डौं मेडिकल कलेजसँगको सहकार्यमा आयोजना गरेको स्वास्थ्य शिविरमा पालिकावासीले निःशूल्क स्वास्थ्य परिक्षण गराएका हुन् ।
गाउँपालिकाको केन्द्र हरमटारमा बुधबार भएको स्वास्थ्य शिविरमा ५ सय ११ जनाले सेवा लिएका छन् । सेवा लिनेहरुमा २ सय ६५ महिला र २ सय ४६ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कौसल अधिकारीले जानकारी दिनुभयो ।
उनिहरुको जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी, छाला रोग, नाक, कान, घाँटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट, मिर्गौला रोग र मुटु रोग गरी १४ प्रकारका रोगहरुको उपचार तथा पहिचान गरिएको छ ।
रोगको सामान्य अवस्थामा रहेका सेवाग्रहीहरुको शिविरमै उपचार गरिएको छ । जसका लागि शिविरमा औषधिको व्यवस्था...









