कुटपिट भएको भन्दै कर्मचारीको विरोध, घटनाको वास्तविकता के हो ?
खोटाङ, पुस १८ । कर्मचारी माथी कुटपिट भएको भन्दै रावा बेसी गाउँपालिको कार्यालयमा कार्यरत कर्मचारीले विरोध जनाएका छन् । सब इन्जिनियर विजय आचार्यालाई जनप्रतिनिधि र सुरक्षाकर्मीको सामुन्ने कुटपिट गरिएको भन्दै कर्मचारीले विज्ञप्ति निकालेर विरोध जनाएका हुन् ।
‘पौष १६ गते शनिबार दिउँसो १ बजेको समयमा आचार्यलाई ऐँसेलुखर्क गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी र रावा बेसी गाउँपालिकाका जनप्रतिनिधि समेतको सामुन्ने खाना खाएर बसिरहेको अवस्थामा केहि व्यक्तिहरुबाट निर्घात कुटपिट भई साङघातिक आक्रमण भएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ कर्मचारीको संयुक्त विज्ञप्तिमा लेखिएको छ ।
घटनामा संलग्न जो कोहिलाई चित्त नबुझेको विषयमा असमझदारीको वार्ता तथा कुनै माध्यमबाट समाधानको विकल्प र कानुनी उपचार खोज्ने ढोका खुल्ला हुँदा हुँदै राष्ट्रसेवक कर्मचारी प्रतिको पेशालाई अपमानित, मनोवल गिराउने र अभद्र व्...







