Friday, April 17News That Matters

Banner News 3

विपदबाट मृत्यु भएका खोटाङका चार जनाको परिवारलाई कोशी प्रदेशको १/१ लाख राहत

विपदबाट मृत्यु भएका खोटाङका चार जनाको परिवारलाई कोशी प्रदेशको १/१ लाख राहत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ६ गते । विपदबाट ज्यान गुमाएका खोटाङका चार जनाको परिवारलाई कोशी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपदबाट भएको क्षतिको खोज उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड, २०७६ को दफा ४ बमोजिम मृत्यु भएका व्यक्तिको परिवारलाई जनही एक लाखका दरले राहत रकम वितरण गरिएको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय खोटाङमा आयोजित कार्यक्रममा मृतकका परिवारलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई पिके र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले हस्तान्तरण गर्नुभएको हो । विपदमा मृत्युवरण गरेका रावा बेसी गाउँपालिका–१ कुभिण्डेका सिद्धि बहादुर श्रेष्ठ, साकेला गाउँपालिका–२ रतन्छाका मधुराज राई, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका पदम कुमारी घिमिरे र रावा बेसी गाउँपालिका–३ लामिडाँ...
रावा बेसी गाउँपालिकामा आज शोक बिदा

रावा बेसी गाउँपालिकामा आज शोक बिदा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ३२ । पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ । शुक्रबार (आज) गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । बिहिबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका–३ लामीडाँडाकी सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको थियो । बिश्वज्योती मावि लामीडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो । तल्लो सडकबाट यात्रा गरिरहनु भएका शिक्षिका सावित्रादेवीलाई माथिल्लो सडकबाट झरेको पहिरोले पुरेको हो । उहाँसँगै अगाडि हिँडिरहेका आफन्त ७० वर्षीया हर्क कुमारी श्रेष्ठ भने पहिरोबाट जोगिनुभएको छ । शिक्षिका सावित्रादेवीलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेका थिए । शिक्षिका सावित्रादेवीको अनिवार्य अवकाश हुन केही सम...
रक्सीले बनायो अनाथ

रक्सीले बनायो अनाथ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, साउन १६ । मन कुमारी नेपाली, भुमिका नेपाली र माधव नेपाली, यि तीन बालबालिकाको सहारा अहिले उनीहरु आफै हुन् । शरीर ढाक्ने कपडा र पेट अघाउने खाना भए उनीहरुलाई पुग्छ । च्यातिएको कपडासँग उनीहरुको कुनै गुनासो छैन्, गुनासो छ त रक्सीसँग । जसले उनीहरुलाई अनाथ बनायो । गाउँमा टन्न रक्सी खाने अनि घर गएर श्रीमती र छोराछोरी कुट्ने टेक बहादुर नेपालीको दैनिकी जस्तै भएको थियो । बेलाबेला श्रीमती निर्मला नेपाली पनि रक्सीको स्वाद लिएपछि श्रीमानसँगै जुध्न तयार हुन्थिन् । रक्सीले टिल्ल भएर टेक बहादुर र निर्मला झगडा गर्न थालेपछि ११ वर्षकी मनकुमारी, ९ वर्षकी भुमिका र ८ वर्षका माधवको रात घर बाहिर कट्थ्यो । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पा शारदा माध्यमिक विद्यालय नजिकै उनीहरुको घर रहेको छ । तर, अहिले त्यो घरको ताला खुल्दैन् । त्यो घरको चाबी निर्मला नेपाली सधैका लागि अस्ताइसकिन...
खोटाङमा सवारीसाधन कारबाहीबाट एक वर्षमा ५० लाख बढी राजश्व संकलन

खोटाङमा सवारीसाधन कारबाहीबाट एक वर्षमा ५० लाख बढी राजश्व संकलन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १२ । जिल्ला ट्राफिक कार्यालय खोटाङले एक वर्षमा ५० लाख बढी राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक कार्यालयले सवारी साधन कारबाहीबाट ५० लाख ३२ हजार राजश्व संकलन गरेको हो । गत साउन १ गतेदेखि असार मसान्तसम्म एक वर्षमा साढे ६ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने मोटरसाईकल, बस, टिफर, ट्याक्टर, ट्रक, टेम्पो, कार, जिप र भेन गरी ६ हजार ७ सय २९ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय खोटाङले जनाएको छ । सबै भन्दा बढी राजश्व माघ महिनामा उठेको छ । माघ महिनामा ६ सय ३० वटा सवारी साधन कारबाहीमा पर्दा ६ लाख १५ हजार राजश्व उठेको हो । यस्तै, साउन महिनामा ३७८ सवारी साधन कारबाहीमा पर्दा २ लाख ८५ हजार, भदौमा २७२ सवारी साधन कारबाहीमा पर्दा २ लाख १४ हजार ५ सय, असोजमा ३५० सवारी साधन कारबाहीमा पर्दा २ लाख ८४ हजार ५ सय राजश्व संकलन भएको छ ...
खोटाङमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

खोटाङमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ८ । खोटाङमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । सुस्त मनस्थिति भएकी महिलालाई ललाइ फकाइ गरी घरमै लगेर बलात्कार गरेको आरोपमा जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पाका ३२ वर्षका टेक बहादुर नेपाली पक्राउ परेका हुन् । सुस्त मनस्थिति भएकी २२ वर्षकी महिलालाई आइतबार बलात्कार गरेको परिवारको उजुरीको आधारमा प्रहरीले नेपालीलाई घरबाटै पक्राउ गरेको जनाएको छ । बलात्कार आरोपमा पक्राउ परेका टेकबहादुरलाई अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । उनले त्यी सुस्त मनस्थिति भएकी महिलालाई फकाएर आफ्नै घरमा लगेर बलात्कार गरेको आरोप छ । महिलाको अवस्था सामान्य रहेकाले उनी अहिले आफ्नै घरमा रहेको बताइएको छ । पक्राउ परेका टेक बहादुर नेपालीको श्रीमतीको केही महिना अघि मृत्यु भएक...
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १ गते । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार भोजपुरबाट खोटाङ आउदै गरेको ट्याक्टर दुर्घटना भएको हो । दिक्तेलतर्फ आउदै गरेको प्रदेश २–०१–००१ स २०१५ नम्बरको रित्तो ट्याक्टर मध्यपहाडी लोकमार्ग अन्तरगत साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  सडकबाट करीब ३० मिटर तल खसेको ट्याक्टरमा सवार सोही ठाउँका २१ वर्षीय जीवन देउजाको घट्नास्थलमै मृत्यु भएको हो।  दुर्घटनामा बाँझेच्यानडाँडाकै सह–चालक रोशन कट्वाल गम्भीर घाईत भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो  । ट्याक्टरका चालक फरार रहेको डिएसपी खड्काको भनाइ छ ।...
टारी खेतमा साइला दाईलाई बोलाउदै अर्जुना राई (भिडियो सहित)

टारी खेतमा साइला दाईलाई बोलाउदै अर्जुना राई (भिडियो सहित)

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
खोटाङ, असार ३१ । खोटाङकी उदीयमान गायिका अर्जुना राईको “टारी खेत” बोलको नयाँ गीत सार्वजनिक भएको छ । रोपाइँसँग सम्बन्धित गीतको भिडियो खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा छायांकन गरिएको हो । गाउँघरमा हुने धान रोपाइँसँगै युवा युवतीबीचको प्रेमलाई गीत र भिडियोमा देखाउन खोजिएको छ । गीतमा आवाजसँगै शब्द र संगीत पनि स्वयं अर्जुनाको रहेको छ । आफु कक्षा ८ मा अध्ययन गर्दै गर्दा रचना गरिएको “टारी खेत” गीत लामो समय पछि हाल रेकर्ड गरेर आफ्नै गाउँमा छायांकन गरिएको अर्जुनाको भनाइ छ । सोमबार अर्जुना राई अफिसियल नामक युटुव च्यानलबाट सार्वजनीक गरिएको “टारी खेत” गीतको एरेन्ज सागर संसार राईको रहेको छ । भिडियोमा मोडल आशिस लिम्बुसँगै स्वयं अर्जुना र सञ्जु बान्तावा लगायतको अभिनय देख्न सकिन्छ । अर्जुनाले नै निर्देशन गरेको भिडियो विशाल राईले खिचेका हुन् । गायीका अर्जुनाको हालसम्म दर्जन गीतहरु बजारमा आए...
लेखा प्रमुख भिम ढकाल बने उत्कृष्ट कर्मचारी

लेखा प्रमुख भिम ढकाल बने उत्कृष्ट कर्मचारी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, असार २९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाको लेखा शाखा प्रमुख भिम ढकाललाई वर्ष उत्कृष्ट कर्मचारीकोरुपमा सम्मान गरिएको हो । शुक्रबार भएको १५ औँ नगरसभाको दोस्रो अधिवेशनको अवसरमा लेखाप्रमुख ढकाललाई नगदसहित सम्मानपत्रले नगर प्रमुख विमला राई, उपप्रमुख रमेश कुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलास बहादुर ठकुराठीले सम्मान गर्नुभएको हो । नगरपालिकाको कार्यालयमा सहायक लेखापालको पदमा रही उत्कृष्ट कार्यका साथ नगरपालिकाको समग्र विकासमा पु¥याएको योगदनस्वरुप ढकाललाई सम्मान गरिएको नगर प्रमुख राईले बताउनुभयो । शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सर्वसम्मत पारित गरेको छ । असार १० गते भएको पहिलो अधिवेशनमा पेस भएको ८२ करोड २८ लाख ३३ हजार ३ सय बजेट दोस्रो अविधेशनमा छलफलछ पश्चात सर्वसम्मत पारित गरिएको नगरपाल...
एसइईमा खोटाङका नौ वटा माविको नतिजा शून्य

एसइईमा खोटाङका नौ वटा माविको नतिजा शून्य

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १४ । एसइईमा खोटाङका नौ वटा माविले शून्य नतिजा ल्याएका छन् । सामुदायीक र संस्थागत गरी जिल्लाका १०२ वटा माबिमध्ये नौ माविले एक जना पनि विद्यार्थी उत्तिर्ण गराउन नसकेको हो । शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयका अनुसार देउराली माबि डुम्रेधारापानी, साकेला माबि रतन्छा, जनता माबि मुसुरीडाँडा, सिद्धेश्वरी माबि खिदिमा, सरस्वती माबि डाँडाखर्क छितापोखरी, अन्नपूर्ण माबि दोर्पाचिउरीडाँडा, दाम्ली माबि डिकुवा, पञ्चकौशिका माबि भण्डारेघाट र कालिका माबि बाहुनीडाँडाको रिजल्ट ‘शुन्य’ आएको हो । जिल्लामा सामुदायीक ९६ वटा र संस्थागत ६ वटा मावि छन् । २०८० सालमा भएको एसइई परीक्षामा जिल्लाका २ हजार ७६९ जना सभागी भएकामा १ हजार ४१५ जना मात्रै उत्तिर्ण भएका छन् । एसइईमा ५१.११ प्रतिशतले उत्तिर्ण गरेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तीर्थ बिकले बताउनुभयो । उत्तिर्ण विद्यार्थीले मात्रै कक्षा ११ ...
किसानमा उत्साह भर्दै प्रदेश सरकार, सामूहिक खेतीले बदल्यो गाउँ

किसानमा उत्साह भर्दै प्रदेश सरकार, सामूहिक खेतीले बदल्यो गाउँ

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई खोटाङ, जेठ ३१ । संघीयताले जनतालाई के दियो ? राजनीतिक वृत्तमा पछिल्लो समय धेरै चर्चित रहेको यो प्रश्नबारे धेरै बहस हुनसक्छ । तर, खोटाङ बुइपाका किसानलाई आएर कसैले यही प्रश्न तेस्र्यायो भने उनीहरुले दिने उत्तरले प्रश्नकर्ता नतमस्तक त बन्न बाध्य हुनेछन् । उनीहरुकै अनुभवमा पनि यहाँका किसानलाई संघीयताले सहयोगको बलियो आड दिएको छ । उनीहरुको होस्टेमा कोशी प्रदेश सरकारको हैंसेले यहाँका किसानलाई उत्साह थपिदिएको छ । प्रदेश सरकारको उपस्थिति किसानका लागि बलियो अभिभावकीय छहारी सावित भएको छ । परम्परागत मकै, कोदो, धान लगायतका खेती गरिरहेका उर्लेनी गाउँका स्थानीयहरुको करीब ६ वर्ष अगाडी सोँच बदलियो । अहिले उनीहरुको जीवनस्तर र दैनिकी बदलिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा उर्लेनी गाउँमा अहिले करीब ६० वटा टनेलमा तरकारी खेती भइरहेको छ । गाउँका २६ घर परिवारले गरेको ...