Saturday, June 27News That Matters

ट्रेन्डिङ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषी गीत सार्वजनिक (भिडियो सहित)

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषी गीत सार्वजनिक (भिडियो सहित)

Banner News 1, ट्रेन्डिङ, मनोरञ्जन, मल्टिमिडिया, समाचार
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषी गीत सार्वजनिक भएको छ । नगरपालिकाको आर्थीक लगानि र गायक हर्क गदालको शब्द संगितमा तयार भएको गीत शनिबार (आज) खोटाङ म्युजिक प्रा.लि. युटुव च्यानलबाट सार्वजनिक भएको हो । संगित एरेन्ज बिजय थापाको रहेको गीतमा आवाज स्वयं गायक गदालसँगै लोकदोहोरी क्षेत्रकी चर्चित गायिका पुर्णकला बि.सि.को रहेको छ । नगरपालिका भीत्रका बिभिन्न तरकारी तथा पशुपालन फर्ममा गीतको भिडियो छायंकन गरिएको छ । गाउँमै बसेर कृषी र पशुपालनमा लागे जीवन यापनको लागि बिदेश जान नपर्ने सन्देश गीतबाट दिन खोजिएको गीतका सर्जक गदालले बताउँनु भयो । यस्तै गाउँमै बसेर उद्यमी बन्न चाहानेहरुको लागि नगरपालिका सधै साथमै रहेको भन्दै हौसला प्रदानको लागि नगरपालिकाले कृषी गीतको अडियो र भिडियो तयार पारेको नगर प्रमुख दिप नारायण रिजाल र उपप्रमुख बिणा देवी राईले बताउँनु भयो ।...
कुटानी पिसानी मिल पाउँदा मंगलटारका ८ टोलका नागरिक हर्षित

कुटानी पिसानी मिल पाउँदा मंगलटारका ८ टोलका नागरिक हर्षित

Banner News 2, ट्रेन्डिङ, समाचार, स्थानीय
हलेसि तुुवाचुुङ नगरपालिका वडा नम्बर ६ मंगलटारले ८ वटा विद्युतिय मिल बितरण गरेको छ । नागरिकलाई सहज होस भन्ने उद्धेश्यले आज वडा भीत्रका ८ टोललाई कुटानी पिसानी मिल बिरतण गरिएको वडाध्यक्ष रमेश कुमार राउतले जानकारी दिनुभयो । वडाध्यक्ष राउतको भनाई अनुसार वडा भीत्र करीब २०\२५ घरको एक टोल गरी जम्मा १७ टोल रहेका छन । ३ टोललाई यस अघि नै मिल वितरण गरिसकिएको छ भने बाकी रहेका ६ टोललाई यसै आर्थीक बर्ष भीत्र बितरण गरिने उहाँले बताउँनु भयो । ढिकी जातोमा कुट्न पिस्न बाध्य भएका नागरिकहरु वडाकार्यलयले विद्युतिय मिल बितरण गरेसँगै आनन्दको सास फेर्न पाउँने भन्दै हर्षित भएका छन । मिलमा कुट्न पिस्न छिटो हुने भएकाले बाकी रहेको समयलाई अन्य काममा खर्चेर वडाबासीले आम्दानीको श्रोत बढाउँने वडाध्यक्ष राउतको बिश्वास छ ।...
अबको तीन दिन मनसुन थप सक्रिय हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

अबको तीन दिन मनसुन थप सक्रिय हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Banner News 1, ट्रेन्डिङ, समाज
अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा  केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । आज विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश-२ र प्रदेश-१ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाे छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले कास्की, स्याङ्जा लगायतका ठाउँमा ठूलो पानी परिरहेको छ । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, तथा प्रदेश- १ का थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ । भने अरु ठाउँको मौसम बद्ली भएर हल्कादेखि मध्यमखालको पानी पर्ने स...