रावा क्याम्पसमा महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट
खोटाङ, कात्तिक २२ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पसले महिला र दलित विद्यार्थीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । क्याम्पसमा लाग्ने सम्पुर्ण खर्चमा महिला र दलित समुदायका विद्यार्थीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको क्याम्पसले जनाएको छ ।
क्याम्पस व्यवस्थापन समितिले गरेको निर्णय कार्यन्वयनमा आइसकेको क्याम्पस प्रमुख दिपक पोखरेलले बताउनुभयो । अन्य विद्यार्थीलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षाशास्त्र सङ्कायमा स्नातक तह पठनपाठन भइरहेको छ । हाल सञ्चालन भइरहेको स्नातक तह प्रथम वर्षमा क्याम्पसले निर्णय गरेको छुटसहित विद्यार्थीहरुको भर्ना भइरहेको प्रमुख पोखरेलले बताउनुभयो ।
रावा क्याम्पसमा अध्ययनरत स्नातक तहका सबै वर्षका प्रत्येक विद्यार्थीको वर्षमा रु १० हजार खर्च लाग्ने गरेको थिय...









