Wednesday, April 29News That Matters

Banner News 1

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन्। ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन। अमेरिकाबाट भ्वाइसके लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए। झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए। किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमासमेत स्वर दिइसकेका छन्। उनले यसअघि इमेज एफएम, कालिका एफएमलगायत चर्चित अवार्डहरू हात पारिसकेका थिए। तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टि...
खोटाङकी चेली एलिना उदासको “भैगो माया लाउदिन” बोलको गीत सार्वजनिक (भिडियो सहित)

खोटाङकी चेली एलिना उदासको “भैगो माया लाउदिन” बोलको गीत सार्वजनिक (भिडियो सहित)

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
खोटाङकी चेली एलिना उदासको नयाँ गीत सार्वजनिक भएको छ । शिशिर भण्डारी इन्टरटेनमेण्ट युटुव च्यानल बाट शनिबार (आज) “भैगो माया लाउदिन” बोलको नयाँ गीत सार्वजनिक भएको हो । शिशिर भण्डारीको शब्द संगितमा तयार भएको गीतमा खोटाङकी नव गायिका उदाससँगै स्वयं भण्डारीको आवाज रहेको छ । कुशल सिंहको संगित संयोजन रहेको “भैगो माया लाउदिन” गीतको भिडियोमा शिशिर भण्डारीसँगै टिकटक भिडियोमा चर्चित जोडि बिना राउत र सरोज प्रजा लगाएतका कलाकारको अभिनय देख्न सकिन्छ । नव गायिका उदास भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्ड सम्म पुग्न सफल भएकी थिईन ।...
यस्तो बन्यो केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन, केहि समय भित्र सञ्चालनमा आउँदै

यस्तो बन्यो केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन, केहि समय भित्र सञ्चालनमा आउँदै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कार्य अन्तीम चरणमा पुगेको छ । प्लम्बिङ र कार्यकक्ष ब्यवस्थापनको काम मात्र बाकी रहेको गाउँपालिकाले जनाएको छ । बहुबर्षिय योजनाको रुपमा आर्थीक बर्ष २०७५\०७६ बाट सुरु भएको भवन निर्माणको कार्य अबको २ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रशासन प्रमुख सौ धन राई (युनिक साम्पाङ) ले बताउँनु भयो । गाउँपालिकाको २ करोड २२ लाख रकममा निर्माण भईरहेको भवन ३ तला १६ कोठाको रहेको छ । हाल साविको बाक्सिला गाउँ विकास समितीको भवनबाट गाउँपालिकाको सेवा सञ्चालन भईरहेको छ । कार्यकक्ष अभावको कारण एउटै कोठाबाट ३ वटा शाखा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको प्रमुख राईले बताउँनु भयो । तर अबको दुई महिनामा उक्त समस्याको समधान गर्दै गाउँपालिकाले आफ्नै पक्की भवनबाट सेवा दिने उहाँको भनाई छ ।   हाल गाउँपालिकाको सेवा सञ्चालन भईरहेको भवन...
कुखुराको भाले मर्दा गाउँले मलामी गए, मालिकले कपाल फाले, नुन छोडे

कुखुराको भाले मर्दा गाउँले मलामी गए, मालिकले कपाल फाले, नुन छोडे

Banner News 1, ताजा अपडेट, रोचक
दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन् । तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन्। ‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते म¥यो,’ सुवेदीले भने, ‘त्यो खबर थाहा पाएर गाउँलेहरू जम्मा हुनुभयो, २५ जना मलामी भएर टौवा खोलामा भालेको अन्तिम संस्कार ग¥यौं।’ भाले मरेपछि मानिसको मृत्युजस्तै गरी गाउँलेहरूले खटमा भालेलाई बोकेर खोलासम्म पु¥याएका थिए । ‘गाउँलेहरूले जलाउन आवश्यक पर्ने काठ पनि लिएर आउनुभएको थियो,’ सुवेदीले भने, ‘भालेलाई जलाएर सकेपछि हिन्दु परम्परा अनुसार मैले खोलामै कपाल पनि मुण्डन गरेको हा े।’ धेरै लामो समयसम्म पालेको भालेलाई परिवारको सदस्यजस्तै मानेर आफू र गाउँलेले त्यसको मृत्यु पछि शो...
एसईईको नतिजा आगामी हप्ता आउने

एसईईको नतिजा आगामी हप्ता आउने

Banner News 1, ताजा अपडेट, समाचार, समाज
राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक हुन्छ ।’ गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो । कार्यविधिले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुति लगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्य...
बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

Banner News 1, ताजा अपडेट, समाचार, समाज
जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । उनले भने, ‘जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ ।’ घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ । जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ ।...
हाल खोटाङमा सार्वजनिक यातायातको भाडा कहाँ सम्मको कती ?

हाल खोटाङमा सार्वजनिक यातायातको भाडा कहाँ सम्मको कती ?

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन २० : खोटाङमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । २८ प्रतिशतले बृद्धि भएको भाडा साउन १९ गते देखि लागु भएको हो । जिल्लाका यातायात व्यवसायीहरुले बृद्धि गरेको भाडा अनुसार अब दिक्तेलबाट बसमा काठमाण्डौ, ईटहरी र धरान जानका लागि १ हजार ५ सय ३६ रुपैयाँ भाडा लाग्नेछ । दिक्तेल–बिराटनगर १ हजार ६ सय, दिक्तेल–काकडभित्ता १ हजार ७ सय २८ रुपैयाँ र दिक्तेल–गाईघाट १ हजार २४ रुपैयाँ भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । यस्तै, जिपमा दिक्तेलबाट काठमाण्डौ जान १ हजार ८ सय ५६ रुपैयाँ, दिक्तेल–ईटहरी २ हजार २ सय, दिक्तेल–धरान २ हजार २ सय ४० रुपैयाँ, दिक्तेल– बिराटनगर र दिक्तेल–काकडभिट्टा २ हजार ३ सय ४ रुपैयाँ र दिक्तेलबाट गाईघाट जान १ हजार ५ सय ३६ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।...
मानव अधिकार उल्लङ्घनमा दोषी ठहर १५ जनालाई कारबाही भएन

मानव अधिकार उल्लङ्घनमा दोषी ठहर १५ जनालाई कारबाही भएन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन ११ : मानव अधिकार उल्लङ्घनकर्ता १५ जनालाई कारबाही नभएको पाईएको छ । मानव अधिकार उल्लङ्घनकर्ता भनि कारबाहीको लागि सिफारिश गरिएपनि उनिहरुलाई अझै कारबाही नभएको मानव अधिकार आयोग शाखा कार्यलय खोटाङले जनाएको छ । बि.स. २०६० साल भदौ १५ गते खोटाङको साविक चिसापानी गा.वि.स वडा नम्बर ४ का देव बहादुर राई, कैलाश कार्की, धिर बहादुर कार्की र दिपक बिष्टलाई अपहरण गरी हत्या गरेको आरोपमा दोषी ठहर भएपनि नेपाली सेनामा कार्यरत सुवास के.सी र नेपाल प्रहरीमा कार्यरत मनिष मल्ललाई अझै कारबाही हुन नसकेको मानव अधिकार आयोग शाखा कार्यलय खोटाङका प्रमुख श्याम बाबु काफ्लेले बताउँनु भयो । यस्तै पाथेकाका किरण राईलाई यातना दिदा निजको मृत्यु भएको आरोपमा दोषी ठहर भएका ११ जना प्रहरीलाई कारबाही नभएको उहाँको भनाई छ । ओखलढुंगा मुलखर्कका दिर्ग बहादुर खत्रीलाई अपहरण गरी यातना दिएको भनि दोषी ठहरीएका तत्कालिन नेकपा माववादीका ...
एकै वर्ष ५० अर्बको चामल र ३८ अर्ब रुपैयाँको हरियो तरकारी विदेशबाट भित्रियो

एकै वर्ष ५० अर्बको चामल र ३८ अर्ब रुपैयाँको हरियो तरकारी विदेशबाट भित्रियो

Banner News 1, ताजा अपडेट, समाचार, समाज
कृषिप्रधान देश नेपालले एक वर्षमै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ । नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश, अमेरिका अनि दक्षिण अफ्रिकाबाट समेत आयात भएको छ । गएको आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ भन्दा धेरैको धान/चामल मात्रै आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्ष ५० अर्ब ८० करोड रुपैयाँको धान, चामल, कनिका र च्युरा आयात भएको छ । यसमध्ये झण्डै ४५ अर्ब रुपैयाँको धान/चामल भारतबाट मात्रै आयात भएको छ । नेपालले चीन, अमेरिका, इन्डोनेसिया, जापान फिलिपिन्स लगायत देशबाट धान, चामल आयात गर्दै आएको छ । यस्तै, गएको वर्ष मात्रै साढे १६ अर्ब रुपैयाँको मकै आयात भएको छ । नेपालले भारत, चीन देखि अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतका देशबाट मकै आयात गरेको छ । नेपालमा एकै वर्ष ३८ अर्ब ५० करोड रुपैयाँको...
ब्रोइलर कुखुरा अभाव हुँदा दिक्तेलका मासु पसल बन्द

ब्रोइलर कुखुरा अभाव हुँदा दिक्तेलका मासु पसल बन्द

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको सदरमुकाम दिक्तेलमा ब्रोईलर कुखुराको अभाव भएको छ । जिल्लामा सञ्चालित ब्रोईलर फमहरुमा खान योग्य ब्रोईलर नभएपछि मासु पसल नै बन्द भएका छन । कोरोना भाईरसको दोस्रो लहर सुरु भएसँगै सदरमुकाम सुनसान बनपछि कुखुरा बिक्री नहुने डरले नयाँ चल्ला नलगाएको फम सञ्चालकहरु बताउँछन । पछिल्लो समय निशेधाग्य केहि खुकुलो बनाएपछि सदरमुकाममा मानिसहरुको चहलपहल बढेको छ । तर ब्रोईलर कुखुराको अभाव भएको कारण मासु लिन आएका ग्राहकहरुलाई करीब ४ दिन यता रित्तो हात फर्काउन परेको बस्नेत फ्रेस हाउसका सञ्चालक बिशाल राउत बताउँनु हुन्छ । राउतको भनाई अनुसार सदरमुकाममा सञ्चालीत फमहरुमा ब्रोइलर अभाव हुँदा मासु पसल बन्द भएका हुन । हावापानी नमिलेर बाटामै कुखुरा अत्याधिक मर्ने गरेको कारण हाल तराईबाट ब्रोईलर ल्याउन छाडेको उहाँको भनाई छ । कोरोना भाईरस रोकथाम एवं नियन्त्रणको लागि जिल्लाका स्थानीय तहहरुले गरेको कडाई र बाहिरी ज...