Sunday, October 25News That Matters

Banner News 2

मोटरसाईकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर ढुंगानाको मृत्यु

मोटरसाईकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर ढुंगानाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, फागुन ८ । दुर्घटनामा परेर खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत ३१ वर्षीय इन्जिनियर दिपक ढुंगानाकाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते इन्जिनियरको उपचारकालागि काठ्माण्डौं लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कनेक्रममा दुई जना सवार प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटरसाईकलमा माक्पा फेदी सडक खण्डमा शनिबार राती करीब ७ बजे दुर्घटना भएको हो । सडकबाट करीब २ सय ५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । दुर्घटनामा घम्भिर घाइते ढुंगानाको स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार पछि तथ उपचारकालागि एम्बूलेन्सबाट काठ्माण्डौं लैजानेक्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार पुगेपछि रातको करीब १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सू...
दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ७ । नक्कली मह बिक्री गरिरहेको अवस्थामा खोटाङमा १३ वर्षीय एक किशोर पक्राउ परेका छन् । जिल्ला सदरमुकाम दिक्तेल बजारबाट महजस्तो देखिने ५ केजी पदार्थसहित अन्देश करौडीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । करौडीसँगै मह बिक्री गरिरहेका अर्का एक जना फरार रहेका छन् । उनको खोजिभइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । जिल्लामा नक्कली मह बिक्री भइरहेको भन्दै यसअघि उद्योग बाणिज्य संघ खोटाङले सबैलाई सचेत रहन आग्रह समेत गरेको थियो ।...
खोटाङमा कोरोनाका कारण बन्द हाटबजार खुला

खोटाङमा कोरोनाका कारण बन्द हाटबजार खुला

Banner News 2, अर्थ, स्थानीय
खोटाङ, फागुन ६ । खोटाङमा तेस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि बन्द गरिएको हाटबजार खुलाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि माघ ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाका १० वटै स्थानीय तहका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको थियो । संक्रमण घट्दै गएपछि शुुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना र एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी हाटबजार खुलाउने निर्णय गरेको हो । जिल्लाको दिक्तेल, बाक्सिला, ऐंसेलुखर्क, अर्खौले, बुइपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायतका ठाउँमा साप्ताहिक रूपमा हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषि उपजलगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय मारमा परेका थिए ।...
वराहपोखरी : सेवा प्रवाहमा टोकन प्रणाली, कसैलाई छैन सास्ती

वराहपोखरी : सेवा प्रवाहमा टोकन प्रणाली, कसैलाई छैन सास्ती

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
पवन खड्का खोटाङ, ५ फागुन । प्रायः सेवाग्राहीको अत्यधिक भीड लाग्ने कार्यालयले टोकन प्रणालीको आधारमा सार्वजनिक सेवा प्रवाह गरेको पाइन्छ । तर, खोटाङको दुर्गम मानिने वराहपोखरी गाउँपालिकाले भने सेवा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागु गरेको छ । सेवा प्रवाहमा टोकन प्रणाली लागु गर्ने वराहपोखरी गाउँपालिका जिल्लाकै एक मात्र हो । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङका अरू कुनै पनि पालिकामा यस खालको अभ्यास छैन । गत आर्थिक वर्ष २०७७/०७८ मा गाउँसभाबाट टोकन प्रणाली लागु गर्ने निर्णय पारित गरेर ५ लाख बजेटसमेत छुट्याएको गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ बाट उपकरण खरिदपछि जडान गरेर टोकन प्रणाली सुरु गरेको हो । गत आर्थिक वर्षबाटै सेवा प्रवाहमा टोकन प्रणाली लागु गर्ने योजना भए पनि कोरोना महामारीका कारण केही ढिलाइ हुन गएको गाउँपालिकाका सूचना प्रविधि अ...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : खोटाङका ६२ विद्यालय छानिए (सूचीसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : खोटाङका ६२ विद्यालय छानिए (सूचीसहित)

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ३ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ सामुदायिक विद्यालय छनोट भएका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ सामुदायिक विद्यालय छनोट गर्दा खोटाङबाट ६२ वटा विद्यालय परेका हुन् । जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले सिफारिस गरेकोमा विभिन्न चार वटा कार्यक्रमका लागि ६२ वटा विद्यालय छानिएका हुन् । जसमा आइसीटी ल्याब व्यवस्थापनका लागि २४ वटा, ४ कोठे भवन निर्माणका लागि १८ वटा, २ कोठे भवन निर्माणका लागि १९ वटा र बाली विज्ञान विद्यालय स्थापनाका लागि एउटा विद्यालय छनोटमा परेको हो । जिल्लाबाट कार्यक्रमका लागि सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका ९ वटा विद्यालय छानिएका छन् । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐँसे...
खोटाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

खोटाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन २ । भीरबाट लडेर खोटाङमा एक जना महिलाको ज्यान गएको छ । जन्तेढुंगा गाउँपालिका–६ केराबारीकी ४० वर्षीया इन्द्रकला मगरको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुुका ५ः१५ बजे केराबारीस्थित दामिरबोटे भन्ने ठाउँबाट बिउ राख्ने धान बोकेर घर फर्कँदै गर्दा नजिकैको स्याउखोला भीरबाट लडेर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार भीर नजिकैको गोरेटो बाटोबाट करिब ५७ मिटर तल अँगेरीको रुखमा अल्झिएको अवस्थामा मगरको शव भेटिएको हो । अबेरसम्म घर आइनपुगेपछि उहाँका श्रीमान् सम्बर राईले खोजी गर्ने क्रममा राति ९ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराउनुभएको थियो । घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय खोटाङबजार र चिसापानीबाट खटिएको प्रहरी टोलीले कानुुनी प्रक्रिया पूरा गरेर शव पोष्...
खोटाङका एक बालकको उपचारकोलागि आर्थीक सहयोगको याचना

खोटाङका एक बालकको उपचारकोलागि आर्थीक सहयोगको याचना

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन २ । खोटाङका एक बालकको उपचारकोलागि आर्थीक अभाव भएपछि परिवारले सहयोगको याचना गरेको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–२का १४ बर्षिय सन्तोस पुरिको उपचारकोलागि परिवारले सहयोगको याचना गरेको हो । बालक पुरी बिगत ५ महिनायता काठमाडौका बिभिन्न अस्पतालमा उपचाररत रहेका छन । पुरीको यतिबेला काठमाडौको ट्रमा अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । अचानक कम्मर पछाडिको नसा च्यापियर एउटा खुट्टा नचल्ने भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको खुट्टाको शल्लेक्रिया गर्नु पर्ने बालक पुरीका दाई कुमार पुरीले बताउनुभयो । तर परिवारको आर्थीक स्थीत नाजुक भएका कारण शल्लेक्रियाका लागि खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरिएको छ । बालक पुरीका वुबाआमाको यसअघिनै मृत्यु भइसकेको छ । हाल उनका दाइले हेरचाह गर्दै आएका छन । आर्थीक सहयोग गर्न चाहाने इच्छुकले बालकका दाई कुमार पुरिको नाममा रहे...
खोटाङमा बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग

खोटाङमा बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १ । खोटाङमा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग भएको पाइएको छ । शनिबार बिना पास चलाएको भन्दै प्रहरीले चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा कार्यालयको बा २ ब ९४४८ नम्बरको मोटरसाइकल, दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा २ ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर वडा कार्यालयको को २ ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३–०२–००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । अब उप्रान्त सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने शर्तमा छाडिएको र मोटरसाइकल सम्बन्धित कार्यालयलाई बुझाइएको शाहले बताउनुभयो । ...
आइतबारदेखि नेपालमा रेल कुद्ने

आइतबारदेखि नेपालमा रेल कुद्ने

Banner News 2, ताजा अपडेट, समाज
माघ २८ : आइतबारदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म ड्राइ रन (खाली) सञ्चालन गरिने भएको छ।  फागुन १ गतेदेखि दैनिक एकपटक कुर्थादेखि जयनगर र जयनगरदेखि कुर्थासम्म ड्राइ रन रेल सञ्चालन गरिने नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले बताए। निर्देशक झाका अनुसार  सञ्चालनमा आइसकेपछि अवरोध नहोस् भन्ने उद्देश्यले परीक्षणका लागि ड्राइ रन (खाली) रेल चलाइने जानकारी दिए। 'रेल सञ्चालन भए पनि त्यसमा यात्रु बोकिँदैन। नेपाल रेल्वे  खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, संकेतलगायतको परीक्षण हुन्छ', झाले भने। यो क्रममा त्रुटि फेला परे मर्मत सम्भार गर्ने योजना रहेको  कम्पनीका महाप्रबन्धक झाले बताए। ड्राइ रनका लागि रेलको लिंक वरपर अतिक्रमण गरी लगाएको हाटबजारको व्यवस्थापन, टहरा छाप्रो हटाउने, एलसी गेट (लेभल क्रसिङ) द्वार, स्टेशन, हल्ट सेन्टरसहित अन्य भौतिक संरचना तथा प्राविधिक मर्मत  भइसकेको...
हलेसी मन्दिर फागुन १ गतेदेखि खुल्ने

हलेसी मन्दिर फागुन १ गतेदेखि खुल्ने

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ, माघ २७ । तेस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि बन्द गरिएको प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी मन्दिर फागुन १ गतेदेखि खुल्ने भएको छ । माघ ७ गतेदेखि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको मन्दिर फागुन १ गतेदेखि खुलाउने निर्णय भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिनुभयो । जिल्लामा तेस्रो लहरमा लगातार कोभिडका संक्रमितको सङ्ख्या उकालो लागेसँगै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिर बन्द गरिएको थियो । दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने हुँदै आएको थियो । यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएको मन्दिर ८ महिना पछि गत भदौमा खोलिएको थियो । धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ...