Sunday, August 30News That Matters

Banner News 3

आस्था र पर्यटनको संगम हलेसी

आस्था र पर्यटनको संगम हलेसी

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, असार १८ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल त्रि–धार्मिक स्थल हलेसी विश्व प्रसिद्ध धार्मिक स्थल हो । जहाँ हरेक वर्ष पर्यटकहरुको सङ्ख्या बृद्धिहुँदै गएको छ । हलेसीमा दर्शन गर्न अत्याधिक धार्मिक पर्यटकहरु आउने गरेका छन् । साथै हलेसी क्षेत्रको अवलोकन गर्न मात्र पनि पर्यटकहरु आउने गरेका छन् । हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईका अनुसार एक वर्षमा आन्तरिक र बाह्य पर्यटक गरी कबिर २ लाख ३० हजार पर्यटकहरुले हलेसी दर्शन एवं भ्रमण गरेका छन् । २०८२ असार १ गतेदेखि ०८३ जेठ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालका विभिन्न जिल्लाबाट आएका पर्यटक २ लाख ७ हजार ७०५ र विदेशबाट आएका पर्यटक २२ हजार ६४४ रहेको छ । अहिलेसम्म सबै भन्दा धेरै २०८२ साल साउन १२ गते लागेको बोलबम मेलामा एकै दिन हलेसीमा १४ हजार ७ सय ४२ जना दर्शनार्थीले हलेसीको दर्शन गरेका थिए । खोटाङको हले...
महभीर फोडेर जोडियो दिक्तेल–तराई सडक

महभीर फोडेर जोडियो दिक्तेल–तराई सडक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १४ । महभीर फोडेर खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो दुरीको सडक जोडिएको छ । महभीर नजिक दुवैतर्फ सडकको ट्रयाक जोडिएपनि भीर फोड्न नसक्दा सडक जोडिन सकेको थिएन । करिब पाँच महिनाको लगातारको मिहिनेतले मह भीर फोडिएपछि पहिलो पटक छोटो दुरीको सडक जोडिएको हो । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्ला आवतजावत गर्ने सबै भन्दा छोटो दुरीको सडक हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको महभीरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभिरसम्म ट्रयाक केही वर्ष अगाडीनै खोलिएको थियो । महभिरमा ठूलो चट्टान भएकाले विकल्पकोरुपमा राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारको सडक प्रयोगहुँदै आएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को...
कक्षा १२ को नतिजामा खोटाङका दुई विद्यालय निल

कक्षा १२ को नतिजामा खोटाङका दुई विद्यालय निल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ८ । अघिल्लो वर्षको तुलानामा खोटाङमा कक्षा १२ को नतिजामा समग्र केही सुधार देखिएपनि दुई वटा विद्यालयले निल खाएका छन् । अघिल्लो वर्ष करिब ४८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यो वर्ष ५६.८२ प्रतिशत विद्यार्थीले सफल ग्रेड प्राप्त गरेका छन् अर्थात परीक्षामा उत्तिर्ण भएका छन् । असार ५ गते राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार समग्र जिल्लाको उत्तिर्ण दरमा सामान्य सुधार भएपनि केही विद्यालयको नतिजा निराशाजनक रहेको छ । साकेला गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय र हलेसी तुवाचुङ नगरपालिकाको मालिकादेवी माध्यमिक विद्यालयले भने निल खाएका छन् । सरस्वतीबाट २ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २ जनानै अनुत्तिर्ण भएका हुन् । यस्तै, मालिकादेवीबाट ७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा सबै अनुत्तिर्ण भएका छन् । दश वटै स्थानीय तहका शिक्षा शाखाले दिएको तथ्याङ्क अनुसार ...
डाँडामा रहेर पनि लुकेको खोटाङको पर्यटकीय स्थल रुपाकोट

डाँडामा रहेर पनि लुकेको खोटाङको पर्यटकीय स्थल रुपाकोट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मल्टिमिडिया, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, चैत १५ गते । प्राकृतिक सुन्दरताले भरिपूर्ण ऐतिहासिक एवं धार्मिक महत्व बोकेको स्थल खोटाङको रुपाकोट चर्चामा आउन सकेको छैन् । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्ने सम्भावना भएपनि प्रचारको अभावले ओझेलमा रहेको छ । रुपाकोट डाँडा जिल्ला सदरमुकाम दिक्तेलको शिरमा रहेपनि हालसम्म लुकेको अवस्था छ । रुपाकोट डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथादेखि विभिन्न हिमशृङ्खलासँगै अन्य मनोरम दृश्य देखिन्छ । रुपाकोट आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं धार्मिक महत्व बोकेको ठाउँ पनि हो । जानकारहरुका अनुसार मौसम खुलेको समयमा रुपाकोटबाट सगरमाथा, चोयु, लोत्से, मकालु र आमाडब्लम विश्व चर्चित सँगै अन्य थुर्पै साना हिमशृङ्खला देखिन्छ । अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त मुन्धुुम ट्रेलको अन्तिम स्थल साल्पा सिलिचुङ लगायतका दृश्यको अवलोकन रुपाकोटबाट गर्न सकिन्छ । यस्तै, ...
कार्यसम्पादन मुल्याङ्कनमा हलेसी तुवाचुङ लगातार खोटाङ प्रथम

कार्यसम्पादन मुल्याङ्कनमा हलेसी तुवाचुङ लगातार खोटाङ प्रथम

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २९ । स्थानीय सरकारहरूको कार्यसम्पादन मुल्याङ्कनमा खोटाङ जिल्लाको दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका लगातार प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौ स्थानीय तहलाई पछि पार्दै हलेसी तुवाचुङ यो वर्ष पनि पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ को माघ २९ गते बिहिबार सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मुल्याङ्कन नतिजा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सबै भन्दा बढी ७२.५५ नम्बर पाएको छ । अघिल्लो आर्थिक वर्षमा पनि हलेसी तुवाचुङ नगरपालिकानै प्रथम भएको थियो । यो वर्ष पनि दोस्रो भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७१.९४ अङ्क पाएको छ । ६६.४१ अङ्क ल्याएर खोटेहाङ गाउँपालिका तेस्रो भएको छ । यस्तै, बराहपोखरी गाउँपालिकाले ६...
खोटाङमा पुरानै तीन पार्टीको मुख्य प्रतिस्पर्धा, नयाँले दिदैछन् चुनौती

खोटाङमा पुरानै तीन पार्टीको मुख्य प्रतिस्पर्धा, नयाँले दिदैछन् चुनौती

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, माघ १० गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङमा पुराना तीन पार्टीको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट १५ जनाले मनोनय दर्ता गरे पनि २०७९ मा भएको चुनावको मत परिणाम अनुसार मुख्य प्रतिस्पर्धा पुरानै तीन पार्टीको हुने देखिन्छ । यद्यपी नयाँ पार्टीहरुले पनि उतिकै चुनौती दिने देखिन्छ । ०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धनबाट नेकपा माओवादीका रामकुमार राई निर्वाचित भएका थिए । राईले ३१ हजार ३५१ मत ल्याएर जिवयीहुँदा नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका थिए । यस्तै, जनता समाजवादी नेपाल पार्टीका डाक्टर कृष्ण कुमार राईले १ हजार ९१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले १ हजार ७६१ मत प्राप्त गरेका थिए । प्रत्यक्षतर्फको उम्मेद्वार पराजित भए...
खोटाङको सिडीओमा रेखा कँडेल

खोटाङको सिडीओमा रेखा कँडेल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ११ । खोटाङले नयाँ प्रमुख जिल्ला अधिकारी (सिडीओ) पाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै रेखा कँडेललाई खोटाङको सिडीओकोरुपमा खटाएको जनाएको छ । खोटाङका सिडीओ कल्पना श्रेष्ठको केही दिन अघि सरुवा भएको थियो । नयाँ सिडीओमा कँडेललाई गृह मन्त्रालयले खटाएको हो । गृहले शुक्रबार १२ जिल्लाका सीडीओहरू हेरफेर गरेको हो । जारी सूचना अनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ । भोजपुरको सीडीओमा राजन पौडेललाई पठाइएको छ । पवर्तमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्ति राज प्रसाईंलाई पठाइएको छ ।  ...
राप्रपा खोटाङबाट युवा नेता सर्जुसहित ६ जनाको नाम सिफारिस

राप्रपा खोटाङबाट युवा नेता सर्जुसहित ६ जनाको नाम सिफारिस

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस ७ । आसन्न निर्वाचनका लागि राप्रपा खोटाङले युवा नेता सर्जु श्रेष्ठसहित ६ जनाको नाम सिफारिस गरेको छ । फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम राप्रपा खोटाङले सिफारिस गरेको हो । प्रत्यक्षतर्फ युवा नेता श्रेष्ठसहित गुणराज राजभण्डारी र आदिवासी जनजाती महिलातर्फ कृष्णकुमारी राईलाई सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताउनुभयो । ०७९ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले खोटाङबाट श्रेष्ठलाई उम्मेद्वार बनाएको थियो । आसन्न निर्वाचनमा पनि श्रेष्ठको नाम जिल्लाले सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ आदिवासी जनजाती महिलामा बिजयकला राई, खस आर्यतर्फ शिवकुमार खत्री र दलित महिलातर्फ भरुमायाँ बिश्वकर्मालाई सिफारिस गरिएको राईले बताउनुभयो ।...
जेनजी आन्दोलनमा बनेपा हिरासतबाट फरार एक ब्यक्ति खोटाङमा पक्राउ

जेनजी आन्दोलनमा बनेपा हिरासतबाट फरार एक ब्यक्ति खोटाङमा पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २२  । जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका एक ब्यक्ति खोटाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका–६ केराबारीका २३ वर्षीय प्रबिन मगर रहेका छन् । जबरजस्ती करणीको मुद्धामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थिए । फरार भएको करिब २ महिना पछि प्रहरीले पक्राउ गरेको हो । काभ्रे हिरासतबाट फरार भएका मगर आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले कात्तिक २० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मगरलाई थप कारबाहीको लागि बनेपा इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीलाई कात्तिक २२ गते जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो ।...
खोटाङका युवा समाजसेवामा सक्रिय, ४३६ जनालाई दिए निःशूल्क यातायात सेवा  

खोटाङका युवा समाजसेवामा सक्रिय, ४३६ जनालाई दिए निःशूल्क यातायात सेवा  

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २१ । युवाहरुको यस्तो एउटा अभियान, जहाँ समस्यामा परेका महिलाहरुले निःशूल्क यातायात सेवा पाए । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनबाट गन्तव्यसम्म पुग्न सके । तर, उनीहरुलाई कुनै शूल्क लागेन ।   सवारी साधन पाउन नसकेर समस्यामा परेका, वृद्ध र विपन्न अवस्थाका चेलीलाई लक्षित गर्दै खोटाङका युवाहरुले सञ्चालन गरेको यो अभियानले दसैँ अवधिभर ४ सय ३६ जनालाई सेवा दिएका छन् । ‘दसैँ तिहार, चेलीलाई उपहार’ नामक यस अभियान खोटाङका युवाहरुले अघिल्लो वर्षबाट सुरु गरेका थिए । यो वर्ष पनि निरन्तरता पाएको यस अभियानले दसैँमा माइती मावली जानआउन समस्यामा परेका चेलीहरुलाई ठुलो राहत प्रदान गरेको छ । तिहारमा पनि यस अभियानलाई निरन्तरता दिने जिल्ला संयोजक सञ्जय कुमार राईले बताउनुभएको छ । खोटाङबाट सुरु भएको युवाहरुको यो निश्वार्थ अभियान भोजपुर र सङ्खुवासभा जिल्लामा पनि सुरु भएको छ । खोटाङमा यस वर्ष जिल्ला सद...