नेताको आफन्तको करार जागिर जाने भएपछि स्थायी शिक्षकलाई विद्यालयमा हाजिर गर्न रोक
खोटाङ, वैशाख ३ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित भाषा आधारभुत विद्यालयमा खटिएर गएका स्थायी शिक्षकलाई हाजिर गर्न रोक लगाइएको छ । गाउँपालिकाले खटाएका दुई जना स्थायी शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले हाजिर गर्न रोक लगाएको हो ।
नेपाल सरकारले लिएको स्थायी परिक्षामा सफल भएर रावा बेसीमा गएका २१ जना शिक्षकलाई चैत २८ गते गाउँपालिकाले आवश्यकताका आधारमा विभिन्न विद्यालयमा खटाएको थियो । अन्य १९ जना शिक्षक खटाएको विद्यालयमा हाजिर भएर पठनपाठन गर्न थालिसकेका छन् । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय नेताको आफन्तको करारको जागिर जाने भएपछि भाषा आधारभुत विद्यालयमा स्थायी शिक्षकलाई हाजिर हुन् रोक लगाइएको बुझिएको छ ।
उक्त विद्यालयमा हाल प्रावि ४ दरवन्दी र निमावि १ राहत दरवन्दी छ । प्राविमा १ जना स्थायी र ३ जना करारका शिक्षक कार्यरत छन् । २ जना स्थायी शिक्षक आउँदा २ जना करारको शिक्षकको जा...









