वडा सचिव नियुक्तिमा लैंगिक विभेद !
खोटाङ, असार १ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१०, अर्खौलेको वडासचिव नियुक्तिमा लैंगिक विभेद भएको छ । वडाध्यक्ष अर्जुनकुमार पु्रीले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका हुन् । वडाध्यक्ष पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका हन् ।
वडाध्यक्ष पुरी एमालेबाट निर्वाचित हुन् । नगरपालिकाले १० नं वडामा सुशीला दाहाललाई हालै सरुवा गरी पठाएको थियो । तर, सोमबार बसेको वडा समितिको बैठकले उनलाई हाजिर नगराई पुरुष कर्मचारी नै माग गर्ने निर्णय गरेको हो ।
नगरमा पठाएको पत्रमा भनिएको छ, ‘महिला वडा सचिवबाट असजिलो हुने भएको कारणले यस वडामा पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गरिदिनुहुन यस वडाको मिति २०७९ जेठ ३० गतेको वडा समिति बैठकको निर्णय अनुसार अनुरोध छ।’
हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई हुन् । यही नगरपालि...









