Tuesday, April 21News That Matters

Author: रुपाकोट खबर

सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको अभियोगमा खोटाङकी एक युवती पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको अभियोगमा खोटाङकी एक युवती पक्राउ

ताजा अपडेट, स्थानीय
खोटाङ, जेठ २७ - सामाजिक सञ्जालमा महिलाको तस्वीर दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा खोटाङकी एक युवती पक्राउ परेकी छन्। ऐँसेलुखर्क गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्दै आएकी २० वर्षीया भोजकुमारी दाहाल पक्राउ परेकी हुन्। उनलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकी उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
१५ दिनमा हलेसी मन्दिरको भेटी करिब ४ लाख

१५ दिनमा हलेसी मन्दिरको भेटी करिब ४ लाख

अर्थ, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ, जेठ २६ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको साझा आस्थाको केन्द्र हलेसी मन्दिरबाट १५ दिनको अवधिमा करिब ४ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । जेठ ९ गतेदेखि २३ गतेसम्मको अवधिमा मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट ३ लाख ८५ हजार ७ सय २० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट २ लाख २१ हजार ५ सय, मन्दिरको प्रांगणमा रहेको दानपेटिकाबाट ८५ हजार १ सय २० र बसाहा गुफामा रहेको दानपेटिकाबाट ७९ हजार १ सय रुपैयाँ भेटी संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । भेटीको रकमबाट हलेसी बजारलगायतका क्षेत्र र मन्दिरमा रहेको सार्वजनिक शौचालयको हचको सरसफाइ, बिजुली र पानीको महसुल, दूध, दही, खाजा, भेटी गणना, अतिथि सत्कारलगायतमा १ लाख ६७ हजार ५ सय २० रुपैयाँ खर्च भएको छ । खर्च कटौतीपछि बाँकी रहेको रकम...
प्रदेश १ समन्वय परिषद् सदस्यमा खोटाङबाट गिरेन्द्र बहादुर राई मनोनीत

प्रदेश १ समन्वय परिषद् सदस्यमा खोटाङबाट गिरेन्द्र बहादुर राई मनोनीत

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २४ । प्रदेश १ को समन्वय परिषद्को बैठकबाट ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत भएको छ । आज बसेको बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै मुख्यमन्त्री राजेन्द्र कुमार राईले १० जनालाई समन्वय परिषद् सदस्यमा मनोनीत गर्नुभएको छ । मुख्यमन्त्री राईले मनोनीत गर्नुभएको १० जनामा खोटाङ जिल्लाबाट ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रकुमार राई रहनुभएको छ । यस्तै ओखलढुंगाबाट खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पा, मोरङबाट विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, इलामबाट सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राई, भोजपुरबाट साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथकुमार कुलुङ राई मनोनीत हुनुभएको छ । त्यस्तै, उदयपुरबाट उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर, सुनसरीबाट इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिताकुमारी चौधरी, धनकुटाबाट छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता ग...
खोटाङ : पाठ्यपुस्तक आइनपुग्दा पढाइ प्रभावित

खोटाङ : पाठ्यपुस्तक आइनपुग्दा पढाइ प्रभावित

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २४ । खोटाङका विभिन्न विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि अहिलेसम्म सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन । पाठ्यपुस्तक उपलब्ध नहुँदा पठनपाठनमा समस्या भएको हो । जिल्लामा ४ सय ८६ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये करिब आधा विद्यालयमा मात्र पुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख सेमन्त गौतमले बताउनुभयो । त्यसमा पनि यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ को पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन भएको छ । जसका कारण हालसम्म यी कक्षाका पाठ्यपुस्तक जिल्ला आइपुगेको छैन । ‘अन्य कक्षाका आधाजति पाठ्यपुस्तक आइपुगेको छ । तर, कक्षा ४, ७ र ९ को पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन भएकाले पठनपाठन अन्योल बनेको छ,’ इकाइ प्रमुख गौतमले भन्नुभयो ।...
खोटाङ : ट्याक्टरले ठक्कर दिदा एक गम्भीर घाइते

खोटाङ : ट्याक्टरले ठक्कर दिदा एक गम्भीर घाइते

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २३ । ट्याक्टरले ठक्कर दिदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिम जोरकाफलका ५३ वर्षिय टेक बहादुर राई गम्भीर घाइते भएका छन् । घाइते राईको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुर्छिम स्थित नगरपालिकाको कार्यालय नजिक घुमाउनेचौरमा हिजो राती ८ः४५ बजे ना ७ त ५७३४ नम्बरको ट्याक्टरले राईलाई ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिएर टाउकोमा गम्भीर चोट लागेका राईको दुर्छिम स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात हिजै राती काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिनुभयो । ट्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–२ दाम्लीका २४ वर्षिय दिलिप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
खोटाङ : वादविवादको क्रममा धकेलेर लडाउदा एक बृद्धको मृत्यु

खोटाङ : वादविवादको क्रममा धकेलेर लडाउदा एक बृद्धको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २३ । खोटाङमा सामान्य वादविवादको क्रममा धकेलेर लडाउदा एक बृद्धको मृत्यु भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा का २९ बर्षीय मन कुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउदा सोही ठाउँका ६९ बर्षीय हरी प्रसाद राईको मृत्यु भएको हो । गत १९ गते राती ११ बजे आपसी बिवाद हुँदा धकेलेर लडाउदा हरी प्रसाद घाइते भएका थिए । उनको न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिनुभयो । घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक चौधरीले बताउनुभयो । मृतक हरी प्रसाद धकेल्ने मन कुमारका फुपाजु समेत रहेको बताइएको छ ।...
जिल्ला स्वास्थ्य कार्यालयलद्धारा च्यास्मिटार स्वास्थ्य चौकीलाई २ लाखको सामग्री

जिल्ला स्वास्थ्य कार्यालयलद्धारा च्यास्मिटार स्वास्थ्य चौकीलाई २ लाखको सामग्री

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २२ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले च्यास्मिटार स्वास्थ्य चौकीलाई २ लाख बराबरको स्वास्थ्य सामाग्री दिएको छ । कार्यालय प्रमुख पुण्य प्रसाद सिक्देल र कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईको उपस्थितीमा आज स्वास्थ्य चौकीलाई सो सामाग्री हस्तान्त्रण गरिएको हो । प्रदेश नम्बर १ को ग्रामिण आमा सुरक्षा कार्यक्रम अन्तरगत खोटाङका दुई स्वास्थ्य चौकी छनोट भएका छन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले स्थित खाल्ले स्वास्थ्य चौकी र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार स्थित च्यास्मिटार स्वास्थ्य चौकी छनोट भएका हुन् । सोही कार्यक्रम अन्तरगत खाल्ले स्वास्थ्य चौकीलाई हिजो र च्यास्मिटार स्वास्थ्य चौकीलाई आज सामाग्री हस्तान्त्रण गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिक्देलले बताउनुभयो । जिल्लाका ५९ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर जडान भएका छन् तर, आवश्यक सबै स्वास्थ्य सामग्र...
हलेसी तुवाचुङ : उच्च शिक्षा अध्यान गर्ने विपन्न दलित समुदायका विद्यार्थीलाई नगरले छात्रवृत्ति दिने

हलेसी तुवाचुङ : उच्च शिक्षा अध्यान गर्ने विपन्न दलित समुदायका विद्यार्थीलाई नगरले छात्रवृत्ति दिने

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २१ । हलेसी तुवाचुङ नगरपालिकाले उच्च शिक्षा अध्यान गर्ने विपन्न दलित समुदायका विद्यार्थीलाई नगरले छात्रवृत्ति प्रदान गर्ने भएको छ । १६ औँ राष्ट्रिय जातीय भेद्भाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा आज नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाको ७ नम्बर वडा स्थित एक दलित समुदायमा आज दिवसको अवसरमा शुभकामना आदनप्रदान एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा पुग्नु भएका नगर प्रमुख विमला राई र वडाध्यक्ष कमल गिरीले विपन्न दलित समुदायका बिद्यार्थीलाई उच्च शिक्षा लिन सहज होस् भन्ने हेतुले छात्रवृत्ति दिने निर्णय गर्नु भएको नगरपालिका एम.आइ.एस. अपरेटर विजय बिश्वकर्माले बताउनुभयो । के कती छात्रवृत्ति दिने भन्ने बिषयमा छलफल गरिने नगर प्रमुख राईको भनाइ छ । यस्तै आजै सोही कार्यक्रममा विपन्न दलित समुदायका मानिसलाई बिरामी हुँदा उपचारमा समेत नगरपालिकाले आर्थीक सहयोग ग...

किराँत पोसाकमा सजिएका मान्छे, रमाएको तुवाचुङ डाँडो

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, जेठ २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ डाँडा किराँत पोसाकले रङ्गिएको छ । करीब १४ वर्ष यता वर्षमा एक पटक किराँत पोसाकले रङ्गिदै आएको यो डाँडा कोरोना भाइरस (कोभिड–१९) को कारण बिगत दुई वर्ष रङ्गिन पाएको थिएन् । तर यो वर्ष पुनः तुवाचुङ डाँडाले आज एक दिन आफ्नो रङ्ग परिवर्तन गरेको छ । तुवाचुङ जयाजुम संरक्षण समितिको आयोजनामा भएको साकेला सिल्ली नाँचका कारण तुवाचुङ डाँडाले आफ्नो मुहार फेरेको हो । किराँती सांस्कृतिक थलो तुवाचुङ डाँडा किराँती पुर्खा तोयामा, खियामा र रैछाकुले बसेको भन्ने मान्यता छ । जसकारण किराँत उद्गम आदिम भुमि तुवाचुङ डाँडालाई मानिदै आएको किराँत समुदायको भनाइ छ । वर्षमा दुई पटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न बेँसीतिर बसाइँ सर्ने भएकाले उधौली भन्ने चलन छ । जसअनुसार किराँत समुदायले ...
हलेसी तुवाचुङ : शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता

हलेसी तुवाचुङ : शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २० । शैक्षिक गुणस्तर सुधारका लागि हलेसी तुवाचुङ नगरपालिका र नगरपालिकाका सामु्दायिक विद्यालयका प्रधानाध्यापकहरूबीच कार्य सम्पादन करार सम्झौता भएको छ । दुर्छिमस्थित नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमकाबीच नगरपालिकाको शिक्षा शाखा र आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकबीच विभिन्न महत्त्वपूर्ण विषय समेटिएको १४ बुँदे करार सम्झौता भएको हो । सम्झौतामा नगर शिक्षा संयोजक पदमबहादुर कार्की, विद्यालय रहेको वडाका वडा शिक्षा समिति अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन् । २०७९ चैत्र मसान्तसम्मका लागि प्रचलित नियम–कानुनमा भएको व्यवस्थाका अतिरिक्त आपसी समझदारीमा सम्झौता भएको नगर शिक्षा संयोजक कार्कीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका १२ वटा माध्यमिक र ७७ वटा आधारभूत विद्यालयसँग सम्झौता गरिएको हो । सम्झौतामा विद्यालयको यथार्थ विवरणको प्रतिवेदन त्रैमासि...