एमाले खोटाङको अधिवेशन सुरु : मन्तव्य सर्वसम्मतको, तयारी चुनावको
खोटाङ, चैत २८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले जिल्ला कमिटी खोटाङको अधिवेशन सुरु भएको छ । एमाले जिल्ला कमिटीको आठौ अधिवेशन बुधबारबाट सुरु भएको हो । दिक्तेलस्थित कभर्डहलमा सुरु भएको अधिवेशनको एमालेका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेशको पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको छ ।
अधिवेशन सफल बनाउन केन्द्र, प्रदेश कमिटीका मनग्य नेताहरु दिक्तेल आएका छन् । जिल्लाका ७९ वडा र विभिन्न संगठनबाट छनोट भएका ५७९ जना प्रतिनिधिहरु अधिवेशनमा उपस्थित छन् । उपाध्यक्ष शाक्यसँगै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, पोलिटव्युरो सदस्य विशाल भट्टराई, संघीय खानेपानी मन्त्री राजेन्द्र राई, केन्द्रीय सदस्यहरु रमेश पौडेल, उषाकला राई, कोशी प्रदेश सांसद एवं पूर्व मन्त्री पाँचकर्ण राई लगायतका विभिन्न नेताहरुको उपस्थिति रहेको छ ।
मन्तव्य सर्वसम्मतको, तयारी चुनावको
अधिवेशन उद्घाटन कार्...







