आगामी आर्थिक वर्षमा खोटाङलाई ३ अर्ब ६९ करोड २० लाख बजेट, कुन स्थानीय तहलाई कति ?
खोटाङ, जेठ १६ । खोटाङका दश स्थानीय तहले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ६९ करोड २० लाख बजेट प्राप्त गरेका छन् । चालुतर्फ ३ अर्ब २४ करोड ४९ लाख र पुँजीगततर्फ ४४ करोड ७१ लाख गरी जम्मा ३ अर्ब ६९ करोड २० लाख बजेट प्राप्त गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबै भन्दा धेरै रकम पाएको छ । चालुतर्फ ६१ करोड ५९ लाख र पुँजीगततर्फ ८ करोड ३४ लाख गरी जम्मा ६९ करोड ९३ लाख रकम संघीय सरकारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाएको हो ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले चालुतर्फ ४३ करोड ४ लाख र पुँजीगततर्फ ४ करोड ७३ लाख गरी जम्मा ४७ करोड ७७ लाख रकम पाएको छ । खोटेहाङ गाउँपालिकालाई चालुतर्फ ३५ करोड ८७ लाख र पुँजीगततर्फ ६ करोड ४८ लाख गरी जम्मा ४२ करोड ४५ लाख, ऐसेलुखर्क गाउँपालिकालाई चालुतर्फ ३० करोड ९ लाख र पुँजीगतर्फत २ करोड ३५ लाख गरी जम्मा ३२ करोड ४४ लाख, केपिलासगढी गाउ...









