बाक्सिलामा आयोजित निःशूल्क स्वास्थ्य शिविरको पहिलो दिन ८ सय बढीले लिए सेवा
खोटाङ, वैशाख ४ । खोटाङको केपिलासगढी गाउँपालिले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिकदेखि बालबालिकाले सेवा लिएका छन् । बाक्सीलामा सोमबारबाट सुरु भएको दुई दिने बृहत स्वास्थ्य शिविरको पहिलो दिन ८ सय ७५ जनाले लिए सेवा लिएका हुन् ।
जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला रोग, नाक,कान, घाटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, मिर्गौला रोग, मुटु रोगसहित १५ किसिमको रोगको उपचार तथा पहिचान स्वास्थ्य शिविरमा गरिएको छ । विभिन्न भूगोलबाट आएका महिला, ज्येष्ठ नागरिक, बालबालिका, युवायुवती लगायतले सेवा शिविरमा सेवा लिएका छन् ।
केपिलासगढी गाउँपालिकाले आयोजना गरेको शिविरका लागि काठमाण्डौ मेडिकल कलेजबाट २६ जना चिकित्सकको टोली बाक्सिलामा आएका छन् । शिविरमा स्वास्थ्य जाँच तथा उपचारका लागि आएका नागरिकलाई गाउँपा...









