Wednesday, April 22News That Matters

स्थानीय

११ जनाको समिति बनेको दुई दिनमै ७ जनाले दिए राजीनामा

११ जनाको समिति बनेको दुई दिनमै ७ जनाले दिए राजीनामा

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ २७ । किरात राई पत्रकार संघ खोटाङको नयाँ कार्य समिति चयन भएको २ दिनमै उपाध्यक्ष र सचिवसहित ७ जनाले सामुहिक राजीनामा दिएका छन् । संघले बिहिबार दिक्तेलमा पाँचौं अधिवेशन गर्दै ११ जनाको नयाँ कार्य समिति चयन गरेको थियो । समिति चयन भएको २ दिन नबित्दै व्यक्तिगत स्वार्थले समिति चयन भएको भन्दै ७ जनाले विज्ञप्ती मार्फत शनिबार सामुहिक राजीनामा दिएका छन् । बिहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पाँचौं अधिवेशनबाट असल चरित्रलाई किरात राई पत्रकार संघको अध्यक्षमा चयन गरिएको हो । संघको उपाध्यक्षमा कृष्णकला राई, सचिवमा योगीन राई, सह–सचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका थिए । सदस्यमा क्रिष्टिना राई, जीवन चाम्लिङ, राई अशोक, एल्जीना राई, पवित्रा राई र सदिक्षा राई चयन भएको बताइएको थियो । त्यसको २ दिनमै उपाध्यक्ष कृष्णकला राई, सचिव योगीन राई, सहसचिव रेमन राई, सदस्यहरु ए...
जथाभावी तारैतारले कुरुप बन्यो दिक्तेल बजार

जथाभावी तारैतारले कुरुप बन्यो दिक्तेल बजार

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २६ । जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजार कुरुप बन्दै गएको छ । जथाभावी बिछ्याइएको तारले बजार क्षेत्र कुरुप देखिन थालेको हो । बजारको बिचमा विद्युतका पोलहरु गाडिएका छन् । सोही पोलबाट विद्युतको तार, नेपाल टेलिकमका तार र विभिन्न नेटका तारहरु छरपस्ट तरिकाले टागिएका छन् । जसले गर्दा दिक्तेल बजारको रुप हराउदै गएको छ । बजार क्षेत्र रत्नपार्क (किराँत चोक) देखि हाडडाँडा सम्म नै जथाभावी तारहरु टागिएका छन् । कतिपय ठाउँमा तारले तल सडकसम्म छुन लागेकाले सवारी साधन आवतजावतदेखि सडकमा काम गर्नसमेत समस्या भएको स्थानीय विशाल राउत बताउनुहुन्छ । ‘यता हेर्यो तार, उता हेर्यो तार, यसले दिक्तेल बजारको सुन्दरतामा ह्रास आएको छ । यसको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जाओस् ।’ अर्का स्थानीय गुनराज सैजुले भन्नुभयो । छरपस्ट तारको बोझले कतिपय विद्युतका पोलहरु बांगि...
कर्मचारी बिरामी हुँदा जिल्ला अस्पतालमा शल्यक्रियामार्फत डेलिभरी गराउन बन्द

कर्मचारी बिरामी हुँदा जिल्ला अस्पतालमा शल्यक्रियामार्फत डेलिभरी गराउन बन्द

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २६ । जिल्ला अस्पताल दिक्तेलमा शल्यक्रियामार्फत डेलिभरी गराउने सेवा बन्द भएको छ । कर्मचारी बिरामी भएर विदामा बसेकाले शल्यक्रियामार्फत डेलिभरी गराउने उपचार अनिश्चित समयकाकालागि बन्द गरिएको अस्पतालले सूचना प्रकाशान गरेर जनाएको छ । कार्यालयमा कार्यरत एनेस्थेसिया (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भई विदामा बसेको कारणले उक्त सेवा नै बन्द भएको अस्पतालको सूचनामा उल्लेख छ । जिल्ला अस्पतालमा डेलिभरीका बिरामीहरु दैनिकजसो आउने गरेका छन् । कतिपय गर्भवती महिलाहरुमा विभिन्न समस्याले डेलिभरि गर्दा शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपनि उपचार सेवा नै बन्द हुँदा नागरिक मारमा पर्ने देखिन्छ । अस्पतालमा एनेस्थेसियाका कर्मचारी एक जना मात्र हुँदा समस्या भएको प्रमुख डक्टर नितु लामाले बताउनुभयो । ‘कर्मचारी एक जना मात्र हुनुहुन्छ, उहाँ बिरामी हुँदा करीब २० दिनदेखि एनेस्थेसियाका कर्म...
किरात राई यायोक्खा हलेसीको अध्यक्षमा चक्रबहादुर र जन्तेढुंगाको अध्यक्षमा नारदमणी

किरात राई यायोक्खा हलेसीको अध्यक्षमा चक्रबहादुर र जन्तेढुंगाको अध्यक्षमा नारदमणी

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ २५ । किरात राई यायोक्खा हलेसी तुवाचुङ नगरपालिकाको अध्यक्षमा पुनः चक्रबहादुर राई चयन हुनुभएको छ । यायोक्खाको दोस्रो पालिका सम्मेलनले शनिबार राईको अध्यक्षतामा १९ सदस्य समिति गठन गरेको हो । यायोक्खा हलेसी तुवाचुङ नगरपालिकाका उपाध्यक्षमा खेमराज राई, सचिवमा सिवकुमार राई, सहसचिवमा चेसकुमार राई र कोषाध्यक्षमा तासरा राई सर्वसम्मत चयन हुनुभएको नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव उदिम चाम्लिङले जानकारी दिनुभयो । यस्तै, शनिबार नै सम्पन्न यायोक्खाको दोस्रो पालिका अधिवेशनबाट जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा नारदमणी राई चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा जगत किराती, सचिवमा राजु राई, सहसचिवमा सन्तोष राई र कोषाध्यक्षमा मिलनदेवी राईसहित २१ सदस्य समिति सर्वसम्मत चयन भएको किरावि संघका केन्द्रिय सचिवालय सदस्य डार्विन राईले जानकारी दिनुभयो ।  ...
खोटाङका ९७ प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

खोटाङका ९७ प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ २० । खोटाङका ९७ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । ५–११ वर्ष उमेर समुहका बालबालिका जिल्लामा करीब २५ हजार २ सयको संख्यामा रहेका छन् । जसमध्ये २४ हजार ५ सयले कोरोना विरुद्धको पहिलो मात्रा टि. फाइजर खोप लागाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । खोप केन्द्र तोकिएका खोटाङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थामा भदौ ५ देखि ७ गतेसम्म बालबालिकालाई कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । उक्त समयमा जिल्लाका अधिकांश बालबालिकाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका फोकल पर्सन जीवन चौलागाईँले जानकारी दिनुभयो । ‘कतिपय बालबालिका अध्ययनकालागि जिल्ला भन्दा बाहिर गएका छन्, उनिहरुले उतैबाट खोप लगाउछन् । जिल्लामा रहेका ५–११ वर्ष उमेर समुहका सबै बालबालिकालाई हामीले खोप लगाउन सफल भएका छौँ ।’ चौलागाईँले भन्नुभयो । पहिलो मात्रा लगाएको २१...
खोटाङमा २४ घण्टा भित्रमा करेण्ट लागेर दुई जनाको मृत्यु

खोटाङमा २४ घण्टा भित्रमा करेण्ट लागेर दुई जनाको मृत्यु

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लागेर २४ घण्टा भित्रमा दुई जनाको ज्यान गएको छ । शनिबार राती विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको थियो । २४ घण्टा नबित्दै आइतबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा अर्का एक जनाको करेण्ट लागेर ज्यान गएको छ । बुईपास्थित ३३ के.भीको हाइटेन्शन लाइनमा करेण्ट लाग्दा डाँडाखर्कका करीब ३५ वर्षका नगिन्द्र राईको ज्यान गएको छ । बुईपामा विद्युत मर्मत कार्य सकेर फर्कनेक्रममा भर्‍याङ गाडिमा राख्न लिएर जाँदा हाइटेन्शन लाइनको तारमा भर्‍याङले छुएर राईलाई करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भिर घाइते राईलाई उपचारकालागि नजिकै रहेको बुईपा स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । मृतक राई दैनिक ज्यालादारीमा ...
एमाले खोटाङ : प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ जना, प्रदेशसभा ‘ख’ मा दंगाल सर्वसम्मत सिफारिस

एमाले खोटाङ : प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ जना, प्रदेशसभा ‘ख’ मा दंगाल सर्वसम्मत सिफारिस

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १९ । नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले आसन्न निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि शनिबार बसेको एमालेको जिल्ला कमिटिको बैठकले छलफल गरेर उम्मेद्वारका नाम प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ३ जनाको नाम नेपाली बर्णानुक्रमअनुसार सिफारिस गरेको जनाएको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, प्रदेश सदस्य देवन राई, प्रदेश सचिवालय सदस्य पाँचकर्ण राई, पोलिटव्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य रमेश पौडेल र प्रदेश सदस्य राजन प्रसाद ढकालको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केन्द्रीय अनुशासन आयोग सदस्य कर्णबहादुर घले, जिल्ला कमिटि सचिवालय सदस्य रमेश परियार र जिल्ला कमिटि सदस्य राजकुमारी राई...
करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय नाखम खोला हाइड्रोपावर विद्युतको जम्पर जोड्न शनिबार करीब साँझ ६ बजे पोलमा चड्दा करेण्ट लागेर राई घाइते भएका थिए । घाईते राईलाई राती उपचारका लागि फेमिली केयर अस्पताल दिक्तेलमा ल्याउदै गर्दा बाटैमा उनको मृत्यु भईसकेको फेमिली केयर अस्पतालले जनाएको छ । हाल मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो । मृतक राईको श्रीमती र चार जना सन्तान रहेका छन् ।...
खोटाङ कांग्रेस : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस

खोटाङ कांग्रेस : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ भदौ १८ । खोटाङबाट नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरु सिफारिस गरेको छ । शनिबार बसेको कांग्रेसको जिल्ला कार्य समितिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ सर्वधन राई, सुवासकुमार पोखरेल, भुपेन्द्र राई, हिरा गुरुङ, डा.राजकुमार राई, रोजन राई, रामप्रसाद आचार्य(आरपी) विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम सिफारिस भएको छ । यस्तै, समानुपातिकको महिलातर्फ सरस्वती वजिमय र शान्तीदेवी राई तथा पुरुषतर्फ दिनेशकुमार राई, काशिनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्र कुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको नाम जिल्ला कार्य समितिले सिफारिस गरेको छ ।...
खोटाङ प्रदेश ‘ख’ मा कांग्रेसबाट प्रत्यक्षमा ६ र समानुपातिकमा १२ जनाको नाम सिफारिस

खोटाङ प्रदेश ‘ख’ मा कांग्रेसबाट प्रत्यक्षमा ६ र समानुपातिकमा १२ जनाको नाम सिफारिस

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १८ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रिय कार्य समितिले आसन्न निर्वाचनकालागि उम्मेद्वारका आकंक्षीहरुको नाम सिफारिस गरेको छ । दुई दिनसम्म सञ्चालन भएको समितिको बैठकले आज खोटाङ प्रदेशसभा ‘ख’ का लागि प्रत्येक्षमा ६ जना र समानुपातिकमा १२ जनाको नाम सिफारिस गरेको हो । प्रत्येक्षतर्फ बिष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शक्भु कार्की र पुर्णबहादुर खड्काको नाम सिफारिस भएको छ । यस्तै, समानुपातिकतमा खुल्ला पुरुषतर्फ शहरमान राई र महिलातर्फ कमला राईको नाम सिफारिस गर्दै अन्य आकांक्षी इच्छुराम राना, निर्मला ढकाल, बसन्त राई, दिपराज राई, प्रतिक्षा राई, कान्ता के.सी बस्नेत, धुव्रकला राई, सपना राई, निर्मला राई र राजु ढकालको नाम पनि समावेश गरेर जिल्ला कार्य समितिलाई पठाएको कांग्रेस प्रदेश ‘ख’ क्षेत्रिय सभापति दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । प्रदेशसभा ‘क’ क...