Sunday, April 19News That Matters

कला, साहित्य

हृदयघातका कारण मुक्तककार राधा रमाको निधन

हृदयघातका कारण मुक्तककार राधा रमाको निधन

Banner News 3, कला, साहित्य, ताजा अपडेट, समाचार, समाज
भदौ २५ । मुक्तककार राधा रमाको निधन भएको छ । हृदयघातका कारण शनिबार बिहान राती ३ बजे काठमाडौंमा राधाको निधन भएको पारिवारिक स्रोतले बताएको छ । लामो समय देखि साहित्यको मुक्तक विद्यामा कलम चलाउने राधा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाको सदस्यसमेत हुनुहुन्थ्यो । एक चोटिलो मुक्तककारको निधनले समग्र मुक्तक विद्यालाई ठुलो चोट पुगेको प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलले बताउनुभयो । उहाँले नेपाली भाषासाहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदान सधै अविष्मरणीय रहने पोखरेलको भनाइ छ । राधाका श्रीमानसहित २ छोरी र एक छोरा रहेका छन् ।...
कविता : सपनामा लेनिनसँग

कविता : सपनामा लेनिनसँग

Banner News 3, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट
  जब दिनको प्रादूर्भावसँगै रवीकिरणहरू धरतीमा टप्ल्याक् टुप्लुक्क देखिन लाग्दै थिए । मेघगर्जनसहितको अविरल वर्षाले मौसम भयानक बनाउदै थियो । म पुँजीवादी पृष्ठभूमिको दोबाटोमा बेचैनी आत्मका अप्रतीत वाणीहरू ओकल्दै– हत्केलाका ठेलाहरू सुम्सुम्याउदै– च्यात्तिएका अर्धनग्न वस्त्रमा अर्पित भैं शिथिल शरीर बोकेर लम्पसार पल्टिरहेको थिएँ । अनायास ! मैले पुर्वी कोणतिर दृष्टिपात गर्न पुगेछु । जहाँ– धुमिल कुनाबाट लाल छाताभित्र ओतिदै– हँसियाहथौडा कम्मरमा भिरेर– उनी– माक्र्सवादी सिद्धान्तका भिटामिनहरू चपाउँदै– एङ्गेल्सका वैचारिक मन्थनहरू गुनगुनाउँदै– सामन्तवादको कठिन मार्ग छिचोल्दै मतर्फ नजिकिरहेका थिए । जसलाई मैले ठम्याइसकेको थिएँ । उनी त म जस्ता किसान र मजदुरहरू का नायक घगडान लेनीन थिए । उनी– नजिक पर्दासमेत म चुपचाप रहे तर प्रफुल्लित थिएँ । उनी स्वयंले मेरो पुँज...
कविता : अतित्

कविता : अतित्

कला, साहित्य, ताजा अपडेट
भिम राई (माक्पाली कान्छा) खुशीको बाटोमा मलाईपनिसँगै हिँडाएको भए दोबाटोमा पुगेसी अलमलिनु पर्दैन थियो सायद हजुर जिन्दगीको यात्रामा मलाईपनिसँगै डोराएको भए त्यो मोडमा पुगेसी हरेसिनु पर्दैन थियो सायद हजुर भविष्यको सपनामा मलाईपनि एक ठाउँ राखेको भए आधारातमा पुगेसी एक्लै रुनु पर्दैन थियो सायद हजुर कल्पनामा डुबिरहँदा मलाईपनि सँगै हेलिएर लगेको भए छालहरुमा पुगेसी एक्लै अतालिन पर्दैन थियो सायद हजुर त्यहि त भुल भो हजुरको एक्लै हिँड्नु भो साथ छोड्नु भो विपदमा हाई भन्नै नमिल्ने गरि अतित् मै बाटो बिराई जानू भो । लेखक भिम राई पेसाले पत्रकार हुनुहुन्छ...
१ लाख राशिको गजल प्रतियोगिता हुँदै

१ लाख राशिको गजल प्रतियोगिता हुँदै

कला, साहित्य, ताजा अपडेट, समाचार
साउन १२ । अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट)को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा १ लाख रुपैयाँ राशिको नेपाली गजल प्रतियोगिता आयोजना गरिएको छ। परिषदले जानकारी दिएअनुसार विश्वभर रहेका नेपाली गजल लेखिरहेका स्रष्टाहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन्। परिषदकी सङ्घसंस्था समन्वय प्रमुख चन्द्रा थापाका अनुसार हरेक वर्ष परिषदले अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी रूपमा मनाउँदै आएको छ। यस वर्ष पनि युवा लक्षित विभिन्न सिर्जनात्मक कार्यक्रमको आयोजना गरेर उक्त दिवस मनाउन लागिएको थापाले बताइन्। अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष एवं प्रतियोगिता संयोजक घनेन्द्र ओझाले राज्य तहबाट नेपाली गजलका लागि गरिएको प्रयास सराहनीय भएको भन्दै अन्य प्राज्ञिक, साहित्यिक निकायहरूले पनि गजल समबद्ध सम्मेलन, महोत्सव, गोष्ठी र कार्यशाला गर्नुपर्न...
“मुक्तक लहर” का उत्कृष्ट १५ मुक्तक

“मुक्तक लहर” का उत्कृष्ट १५ मुक्तक

Banner News 3, कला, साहित्य, ताजा अपडेट
पुस ८ । कार्यक्रम “मुक्तक लहर” तीन वटा रेडियोबाट एकैसाथ प्रसारण हुँदै आएको छ । खोटाङ जिल्लाबाट सञ्चालित रेडियो खोटाङ १०३.३ मेगाहर्ज, सामुदायिक रेडियो हलेसी एफ.एम १०२.४ मेगाहर्ज र सोलुखुम्बु जिल्लाबाट सञ्चालित पुर्वि क्षेत्रको पहिलो सामुदायिक रेडियो सोलु एफ.एम १०१.२ मेगाहर्जबाट हरेक मंगलबार राती ९ः१५ देखि १० बजे सम्म कार्यक्रम “मुक्तक लहर” सुन्न सकिनेछ । साहित्यको मुक्तक विद्याको रेडियो कार्यक्रम “मुक्तक लहर”मा मुक्तक लहरको फेसबुक पेजबाट सहभागिता जनाउन सकिनेछ । पुस ६ गतेको अंकमा प्रसारण भएका उत्कृष्ट १५ मुक्तकहरु १, तिम्ले नफकाए अर्कोले फकाउछ भन्दै हिड्ने र खुट्टाले जुत्ता छानीछानी पाउछ भन्दै हिड्ने अक्सर प्रेमको परिभाषा नबुझ्ने हरुले नै हुन् कालो गए गोरो फर्किएर आउँछ भन्दै हिड्ने मिलन क्षेत्री बादल डोटि हाल साउदी अरेबिया २, साततले महल राजधानीमा घर कसरी हुन्छ जताततै हेलिकप्टर...
बाउले तरुनी खोज्दे भन्न थालेपछि रमेशसँग गुहार माग्दै तुलसी (भिडियो)

बाउले तरुनी खोज्दे भन्न थालेपछि रमेशसँग गुहार माग्दै तुलसी (भिडियो)

Banner News 3, कला, साहित्य, ताजा अपडेट
मंसिर ०२, खोटाङ । चर्चित पत्रकार तथा गायक रमेश प्रसाईं र जीवन विष्टको शब्द तथा संगीतमा ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीत सार्वजनिक भएको छ । कमेडी प्याटर्नका गीतहरू लामो समयदेखि बजारमा नआइरहेको अवस्थामा यो गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ । पत्रकारितामा लामो समयदेखि सक्रिय प्रखरवक्ता प्रसाईंले लेखेको यो पहिलो गीत हो । यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रूपमा स्थापित भइसकेका छन् ।  गीतमा पूर्वका चर्चित युवा गायक तुलसी घिमिरेले आवाज दिएका छन् । घिमिरेको स्वरमा यसअघि सार्वजनिक भएका ‘ल्याङ ल्याङ भो’, ‘किस्ताबन्दीमा’, ‘ए मेरी तरुनी’ बोलका गीत निकै चर्चित छन् । पूर्वका सबैजसो कार्यक्रमका स्टेज तताइसकेका युवा गायक घिमिरेको यो गीतसमेत हिट हुने अनुमान गरिएको छ । म्युजिक भिडियोको निर्देशन तुलसी घिमिरे र सरोज केसीले गरेका छन् । विराटनगरको बिट्स स्टुडियोमा रेकर्ड ग...
पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको १०८ औँ जन्मजयन्ती

पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको १०८ औँ जन्मजयन्ती

Banner News 3, कला, साहित्य, ताजा अपडेट, राजनीति, समाचार
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । निर्वासनमै विपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न २००३ सालमा विपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्...
कवि चक्रले मृतक छोरीको सम्झनामा लेखेको “गमला” कविता सङग्रह बिमोचन (एउटा कविता सहित)

कवि चक्रले मृतक छोरीको सम्झनामा लेखेको “गमला” कविता सङग्रह बिमोचन (एउटा कविता सहित)

Banner News 3, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय
कवि चक्र्र बहादुर राईको “गमला” कविता सङग्रह बिमोचन भएको छ । हलेसी तुवाचुङ नगरपालिको सभागलमा आज शनिबार नगर प्रमुख इवन राईद्धारा “गमला” कविता सङग्रहको बिमचोन भएको हो । हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिममा जन्मनु भएका कवि राईको पहिलो कविता सङग्रह प्रतिमाको इतिहास बि.स २०६० सालमा प्रकाशन भएको थियो । राईको दोस्रो सङग्रहको रुपमा “गमला” कविता सङग्रह हलेसी तुवाचुङ नगरपालिकाको आर्थीक सहयोग र अदृश्य कला केन्द्रको समन्वयमा प्रकाशनसँगै आज बिमोचन भएको हो । “गमला” कविता सङग्रह माईली छोरी गमलाको मृत्युको बियोगमा लेखेकिएको लेखक चक्र बहादुर राईले बताउँनु भयो । ३३ वटा शिर्षकका कविता समेटिएको संङग्रहमा बियोगान्तसँगै बिभिन्न शिर्षकका कविताको रसस्वादन गर्न सकिने कवि एवं समिक्षक मन कुमार राई (अकेला यात्री) ले बताउँनु भयो । अदृश्य कला केन्द्रका अध्यक्ष कुबेर राईको अध्यक्षता, नगर प्रमुख इवन राईको प्रमुख आतिथ्यता...
रावाबेसी गाउँपालिकाद्धारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल वक्तृत्वकला

रावाबेसी गाउँपालिकाद्धारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल वक्तृत्वकला

कला, साहित्य, समाचार, स्थानीय
खोटाङको रावाबेसी गाउपालिकाले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तिर्थराज दाहालले जानकारी दिनुभयो । गाउँपालिकाले आयोजना गरेको “नेपालको आर्थिक विकासमा कोभिड १९ ले पारेको सकारात्मक तथा नकरात्मक प्रभाव र त्यसको न्यूनिकरणमा युवाले खेल्नु पर्ने भुमिका” बिषयक वक्तृत्वकलामा ६ जनाले भाग लिएको उहाँले बताउँनु भयो । जसमा सुशिला तिमिल्सीनाले प्रथम, प्रतिक पोखरेलले द्धितिय र युवराज कटवालले तृतिय स्थान हासिल गरेको उहाँको भनाई छ । १६ बर्ष देखि २४ बर्ष उमेर समुहले भाग लिन पाउँने गरी आयोजना गरिएको वक्तृत्वकलामा प्रथम,द्धितिय र तृतिय हुनेलाई क्रमस १० हजार, ८ हजार र ६ हजार पुरस्कार प्रदान गरिएको शिक्षा शाखा संयोजक दाहालले बताउँनु भयो ।...
वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

Banner News 2, कला, साहित्य
वरिष्ठ कलाकार  उत्तम नेपालीको निधन भएको छ।  ८५ वर्षीय  नेपालीको मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा आज विहान चार बजे निधन भएको वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले जनाकारी दिए। नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन्। नेपाली अमूर्त कलाका सिद्ध हस्त कलाकार मानिन्छन्। उनी मुटु सम्बन्धि समस्याबाट ग्रस्त थिए। नेपालीका दुई छोरी छन्।...