हलेसीमा दुई बर्ष पछि मेला, नगरपालिकाद्धारा भोली सार्वजनिक बिदा
खोटाङ मङ्सिर १६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भोली एक दिन सार्वजनिक बिदा दिने भएको छ । बालाचतुर्दशीकाको अवसरमा भोली नगरपालिकाको वडा नम्बर ७ स्थीत सुप्रशिद्ध त्रिधार्मिक तपोभूमी हलेसीमा बृहत मेला लाग्ने भएको हुँला नगरपालिकाले एक दिन (शुक्रबार) सार्वजनिक बिदा दिएको सूचना जारी गरेर जानकारी दिएको छ ।
कोरोनाका कारण दुई बर्ष यता लाग्न नसकेको मेला यो बर्ष भब्यताका साथ लाग्ने तयारीमा छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन ।
हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । हलेसीमा सबै भन्दा लामो मेला रामनवमीमा १५ दिन सम्म लाग्ने गरेको छ । हलेसीम...





