हलेसी तुवाचुङ : चार ठाउँमा स्वास्थ्य शिविर, २ सय ७७ महिलाको पाठेघर परीक्षण र उपचार
खोटाङ, फागुन ५ । पाठेघर खसेर एवं पाठेघरमा क्यान्सर भएर कठिनाइ झेलिरहेका महिलालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको निशुल्क शिविरबाट २ सय ७७ जनाले सेवा लिएका छन् । नगरपालिकाले नगर भित्रका चार स्वास्थ्य चौकीमा फागुन १,२,३ र ४ गते शिविर सञ्चालन गरेको थियो ।
फागुन १ गते वडा नम्बर १ बाहुनिडाँडामा सञ्चालन भएको शिविरबाट ७५ जनाले, २ गते वडा नम्बर ६ स्थीत मंगलटार स्वाथ्य चौकीबाट ५५ जनाले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । यस्तै ३ गते वडा नम्बर ९ स्थीत सल्ले स्वास्थ्य चौकीमा भएको शिविरबाट ९० जनाले र ४ गते वडा नम्बर १० अर्खौले स्थीत सहरी स्वास्थ्य केन्द्र नबलपुरमा भएको शिविरबाट ५७. जना गरी चार दिन सञ्चालन भएको शिविरबाट जम्मा २ सय ७७ जना महिलाले सेवा लिएको उहाँको भनाइ छ ।
पाठेघर खसेका र पाठेघरमा क्यान्सर भएका महिलाको पहिचान गर्ने र उप...









