Sunday, October 25News That Matters

समाज

दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ७ । नक्कली मह बिक्री गरिरहेको अवस्थामा खोटाङमा १३ वर्षीय एक किशोर पक्राउ परेका छन् । जिल्ला सदरमुकाम दिक्तेल बजारबाट महजस्तो देखिने ५ केजी पदार्थसहित अन्देश करौडीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । करौडीसँगै मह बिक्री गरिरहेका अर्का एक जना फरार रहेका छन् । उनको खोजिभइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । जिल्लामा नक्कली मह बिक्री भइरहेको भन्दै यसअघि उद्योग बाणिज्य संघ खोटाङले सबैलाई सचेत रहन आग्रह समेत गरेको थियो ।...
प्रजातन्त्र दिवसमा खोटाङका ५ जना कैदीबन्दीको सजाय मिनाहा

प्रजातन्त्र दिवसमा खोटाङका ५ जना कैदीबन्दीको सजाय मिनाहा

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ७ । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा खोटाङका ५ जना कैदबन्दी रिहा भएका छन् । असल चालचलन भएका ६ जना कैदीबन्दीको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभाग, काठडमाडौंलाई सिफारिस गरिएकोमा ५ जनाको भुक्तान गर्न बाँकी कैद मिनाहा भएको जिल्ला कारागार खोटाङले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो । कैद मिनाहा हुनेमा पाँचै जना पुरुष रहेका छन् । कर्तव्य ज्यान मुद्दाका २, ज्यान मार्ने उद्योगका २ र डाँका मुद्दाका १ जना कैदीको भुक्तान गर्न बाँकी कैद मिनाहा भएको जिल्ला कारागार खोटाङका कार्यालय सहयोगी ज्ञानप्रसाद आचार्यले जानकारी दिनुभयो । प्रजातन्त्र दिवसको अवसरमा सरकारले देशभरका ५ सय १ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ ।  ...
वराहपोखरी : सेवा प्रवाहमा टोकन प्रणाली, कसैलाई छैन सास्ती

वराहपोखरी : सेवा प्रवाहमा टोकन प्रणाली, कसैलाई छैन सास्ती

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
पवन खड्का खोटाङ, ५ फागुन । प्रायः सेवाग्राहीको अत्यधिक भीड लाग्ने कार्यालयले टोकन प्रणालीको आधारमा सार्वजनिक सेवा प्रवाह गरेको पाइन्छ । तर, खोटाङको दुर्गम मानिने वराहपोखरी गाउँपालिकाले भने सेवा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागु गरेको छ । सेवा प्रवाहमा टोकन प्रणाली लागु गर्ने वराहपोखरी गाउँपालिका जिल्लाकै एक मात्र हो । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङका अरू कुनै पनि पालिकामा यस खालको अभ्यास छैन । गत आर्थिक वर्ष २०७७/०७८ मा गाउँसभाबाट टोकन प्रणाली लागु गर्ने निर्णय पारित गरेर ५ लाख बजेटसमेत छुट्याएको गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ बाट उपकरण खरिदपछि जडान गरेर टोकन प्रणाली सुरु गरेको हो । गत आर्थिक वर्षबाटै सेवा प्रवाहमा टोकन प्रणाली लागु गर्ने योजना भए पनि कोरोना महामारीका कारण केही ढिलाइ हुन गएको गाउँपालिकाका सूचना प्रविधि अ...
हलेसी तुवाचुङ : चार ठाउँमा स्वास्थ्य शिविर, २ सय ७७ महिलाको पाठेघर परीक्षण र उपचार

हलेसी तुवाचुङ : चार ठाउँमा स्वास्थ्य शिविर, २ सय ७७ महिलाको पाठेघर परीक्षण र उपचार

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ५ । पाठेघर खसेर एवं पाठेघरमा क्यान्सर भएर कठिनाइ झेलिरहेका महिलालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको निशुल्क शिविरबाट २ सय ७७ जनाले सेवा लिएका छन् । नगरपालिकाले नगर भित्रका चार स्वास्थ्य चौकीमा फागुन १,२,३ र ४ गते शिविर सञ्चालन गरेको थियो । फागुन १ गते वडा नम्बर १ बाहुनिडाँडामा सञ्चालन भएको शिविरबाट ७५ जनाले, २ गते वडा नम्बर ६ स्थीत मंगलटार स्वाथ्य चौकीबाट ५५ जनाले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । यस्तै ३ गते वडा नम्बर ९ स्थीत सल्ले स्वास्थ्य चौकीमा भएको शिविरबाट ९० जनाले र ४ गते वडा नम्बर १० अर्खौले स्थीत सहरी स्वास्थ्य केन्द्र नबलपुरमा भएको शिविरबाट ५७. जना गरी चार दिन सञ्चालन भएको शिविरबाट जम्मा २ सय ७७ जना महिलाले सेवा लिएको उहाँको भनाइ छ । पाठेघर खसेका र पाठेघरमा क्यान्सर भएका महिलाको पहिचान गर्ने र उप...
आगामी चुनावका लागि खोटाङमा १९ हजार मतदाता बढे

आगामी चुनावका लागि खोटाङमा १९ हजार मतदाता बढे

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ४ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खोटाङबाट मतदान गर्ने मतादताको संख्या १९ हजार बढीले वृद्धि भएको छ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा १ लाख २५ हजार १ सय ७८ जना मतदाता रहेका थिए । त्यसयता विभिन्न समयमा सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन अभियानबाट १९ हजार २ सय ९६ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । योसँगै जिल्लामा कुल मतदाताको संख्या १ लाख ४४ हजार ४ सय ७४ पुगेको छ । कार्यालयका कम्प्युटर अपरेटर सञ्जीव खड्काले कुल मतदातामध्ये पुरुष मतदाताको संख्या ७५ हजार ४ सय ७८ र महिला मतदाताको संख्या ६९ हजार २६ जना रहेको जानकारी दिनुभयो । यद्यपी, निर्वाचन आयोगबाट अन्तिम विवरण नआएसम्म यसमा केही घटबढ भने हुन सक्ने उहाँको भनाइ छ । कार्यालयको प्रारम्भिक विवरण अनुसार जिल्लामा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : खोटाङका ६२ विद्यालय छानिए (सूचीसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : खोटाङका ६२ विद्यालय छानिए (सूचीसहित)

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ३ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ सामुदायिक विद्यालय छनोट भएका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ सामुदायिक विद्यालय छनोट गर्दा खोटाङबाट ६२ वटा विद्यालय परेका हुन् । जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले सिफारिस गरेकोमा विभिन्न चार वटा कार्यक्रमका लागि ६२ वटा विद्यालय छानिएका हुन् । जसमा आइसीटी ल्याब व्यवस्थापनका लागि २४ वटा, ४ कोठे भवन निर्माणका लागि १८ वटा, २ कोठे भवन निर्माणका लागि १९ वटा र बाली विज्ञान विद्यालय स्थापनाका लागि एउटा विद्यालय छनोटमा परेको हो । जिल्लाबाट कार्यक्रमका लागि सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका ९ वटा विद्यालय छानिएका छन् । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐँसे...
सपीङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क : आम्दानीको स्रोत, पर्यटकीय गन्तव्य

सपीङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क : आम्दानीको स्रोत, पर्यटकीय गन्तव्य

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मफागुन ३ । खोटाङको सदरमुकाम दिक्तेलस्थित रत्नपार्कमा सपीङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न पश्चात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेबी राईले आज संयुक्त रुपामा उद्घाटन गरेर पार्क सञ्चालनमा ल्याएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सपीङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क निर्माण भएको हो । पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँमा उमा–लामा–अन्सुबी जेभीले पार्क निर्माण गरेको हो । २०७८ बैशाख २६ गते भएको सम्झौता अनुसार २०७९ बैशाख २६ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर निर्माण कम्पनीले सम्झौता भन्दा ३ महिना अघिनै संरचना निर्माण गरेर नगरपालिकालाइ बुझाए...
खोटाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

खोटाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन २ । भीरबाट लडेर खोटाङमा एक जना महिलाको ज्यान गएको छ । जन्तेढुंगा गाउँपालिका–६ केराबारीकी ४० वर्षीया इन्द्रकला मगरको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुुका ५ः१५ बजे केराबारीस्थित दामिरबोटे भन्ने ठाउँबाट बिउ राख्ने धान बोकेर घर फर्कँदै गर्दा नजिकैको स्याउखोला भीरबाट लडेर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार भीर नजिकैको गोरेटो बाटोबाट करिब ५७ मिटर तल अँगेरीको रुखमा अल्झिएको अवस्थामा मगरको शव भेटिएको हो । अबेरसम्म घर आइनपुगेपछि उहाँका श्रीमान् सम्बर राईले खोजी गर्ने क्रममा राति ९ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराउनुभएको थियो । घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय खोटाङबजार र चिसापानीबाट खटिएको प्रहरी टोलीले कानुुनी प्रक्रिया पूरा गरेर शव पोष्...
खोटाङमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, एक गम्भीर घाइते

खोटाङमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, एक गम्भीर घाइते

Banner News 1, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन २ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । आज बिहान १०ः१५ बजे हलेसी तुवाचुङ नगरपालिका–७ स्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिएर सडकबाट करिब ७५ मिटर तल खसेको थियो । दुर्घटनामा परी ट्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–१०, नौलापुरका १४ वर्षीय सिटामोल भन्ने शेखर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । दुर्घटनामा ट्याक्टरमा सवार सवारी धनी हलेसी तुवाचुङ नगरपालिका–७ का ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाइते हुनुभएको छ । घाइते राईलाई हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचारपछि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो । मृतक मगरको शव कानुनी प्रक्रिय...
खोटाङमा तीन जनाले गरे व्यवसायिक रुपमा मौरी पालन सुरु

खोटाङमा तीन जनाले गरे व्यवसायिक रुपमा मौरी पालन सुरु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, फागुन २ । नेपालका बिभिन्न ठाउँमा मौरीलाई काठको बाकस, काठको खोपा, काठको मुडा आदिमा राखेर प्राचीन समय देखिनै पालन गर्ने गरेको बताइन्छ । पछिल्लो समय आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस फेर्म घारको आविष्कार भएसँगै यसको प्रयोग हुँदै आएको छ । केहि व्यक्तिले पुरानै घारमा अझै पनि मौरी पालन गरेको गाउँघरमा प्रसस्तै देख्न सकिन्छ । तर नेपालमा व्यवसायिक रुपमा मौरी पालन गरिएको भने कमै मात्रामा पाइन्छ । यसै शिलशिलामा खोटाङका तीन जनाले व्यवसायिक रुपमा मौरी पालन सुरु गरेका छन । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–३ धोद्रे राई टोलका जीवन राई, हर्क बहादुर सुनुवार र रामबहादुर राईले व्यवसायिक रुपमा मौरी पालन सुरु गरेका हुन । ऐसेलुखर्क कृषी समुह मौरी ब्लक नामक कृषी फर्म दर्ता गरेर मौरी पालन सुरु गर्नुभएका उहाँहरुसँग अहिले १० घार मौरी रहेका छन । खरित गरेर ६० घार लगायपनि सुरुवाती दिनम...