आगलागी पीडित परिवारलाई पालिका र वडाको राहत
खोटाङ, मङ्सिर ७ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा भएको आगलागी पीडित परिवारलाई वडा कार्यालय र पालिकाले राहत उपलब्ध गराएको छ । आगलागीबाट घर जलेर नष्ट भएका इन्द्रबहादुर भुजेलको परिवारलाई तत्काल आवश्यक राहत सामाग्री प्रदान गरिएको बताइएको छ ।
बुधबार राती घर आगलागीहुँदा भुजेलको ढुङ्गा माटोले बनेको, जस्ताको छानो भएको २ तले घर, घर भित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेर नष्ट भएको थियो । आगलगाीबाट पीडित परिवारलाई पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, वडाध्यक्ष ज्ञान बहादुर पाण्डे लगायतले बिहिबार घटनास्थलमै पुगेर राहत सामाग्री हस्तान्त्रण गर्नुभएको छ ।
पालिकाकोतर्फबाट एक थान पाल, ३ थान ब्लाङ्केट, ६० केजी चामल, २० केजी चिउरा, एक काटन तेल, ४ पोका नुन, २ केजी चिनी, एक केजी जिरा, एक दर्जन सावन, २ केजी दाल र एक केजी चिवारङ्ग प्रदान गरिएको छ । यस्तै, वडा कार्यालयकोतर्फबाट ६० केजी चामल, १...









