खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु अझै पक्राउ परेनन
खोटाङ साउन ३० : खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु फरार रहेको पाईएको छ । बिभिन्न मुद्धामा अदालतबाट दोषि ठहर भएपनि उनिहरुलाई हाल सम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
फरार प्रतिवादिहरु मध्ये १ सय २६ जना पुरुष र २३ जना महिला रहेका छन । जस मध्ये सबै भन्दा धेरै सम्बन्ध बिच्छेद मुद्धामा दोषि ठहर १६ जना पुरुष र ३ जना महिला गरी १९ जना प्रतिवादिहरु फरार रहेका छन । यस्तै कर्तव्य ज्यान मुद्धाका १३ पुरुष र ३ महिला गरी १६ जना फरार रहेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले बताउँनु भयो ।
यस्तै फरार हुनेमा सवारी ज्यान मुद्धाका ३, नागरिकता किर्ते ३, लेख बेईज्ती १, लागु औषध ३, चोरी ९, भ्रष्ट्रचार ८, बैदेसिक रोजगार ६, बैंकिङ कसुर ३, बाली कुटपिट १, बालबिबाह १, बहुबिबाह ३, वनपैदावर १, नगदजिन्सी हिनामिना १, डाँका ७, ठगी १, ज्यान मार्ने उद्योग ६,...









