Friday, October 23News That Matters

समाज

महालेखापरीक्षकाे प्रतिवेदन : चार खर्ब १८ अर्ब ८५ कराेड बेरुजु

महालेखापरीक्षकाे प्रतिवेदन : चार खर्ब १८ अर्ब ८५ कराेड बेरुजु

Banner News 3, ताजा अपडेट, समाचार, समाज
आर्थिक वर्ष २०७६/०७७ सम्म बेरुजु रकम चार खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबर रहेको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार आव २०७५/०७६ मा चार खर्ब १८ अर्ब ३२ करोड रुपैयाँ रहेको बेरुजु आव २०७६/०७७ मा थप ५३ करोड रुपैयाँले बढेको हो । लेखापरीक्षणबाट ६ अर्ब १७ करोड रुपैयाँ बराबरको असुल भएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बराबर रहेको छ । सङ्घीय, प्रदेश सरकारी निकाय र पालिका, सङ्गठित संस्था, समिति र अन्य संस्थाको समेत ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । त्यसमध्ये तीन हजार ७९ सरकारी निकाय र एक हजार १९ कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँ बराबरको लेखापरीक्षणबाट ४४ अर्ब ३९ करोड, प्रदेश निकाय र कार्यालय गरी कुल एक हजार १९ को दुई खर्ब ३७ अर्ब ४१ ...
खोटाङ प्रशासनलाई स्थानीयले बुझाए १७ नाल भरुवा बन्दुक

खोटाङ प्रशासनलाई स्थानीयले बुझाए १७ नाल भरुवा बन्दुक

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
भाद्र ४ खोटाङ : खोटाङमा जिल्ला प्रशासन कार्यलयले अवैध हातहतियार संकलन अभियान सुरु गरेको छ । जस अन्तरगत स्थानीयले शुक्रबार १७ नाल भरुवा बन्दुक बुझाएका छन । २ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीयतहमा अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यलय खोटाङले जनाएको छ । अभियानको सुरुवातमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका स्थानीयले ७ नाल सावुद र १० नाल बेसावुद बन्दुक बुझाएका हुन् । स्थानीयले बोलाएपछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा स्वयं उपस्थीत भएर बन्दुक बुझ्नु भएको हो । बिहिबार प्राप्त बन्दुक शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जिल्लामा हुने वन्यजन्तु चोरी शिकारी एवं अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरु गरिएको हातहतियार संकलन अभियानलाई तिव्रता दिईने प्रमुख जिल्ला अधिकारी शर्माले बताउँनु भयो ।...
खोटाङमा २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा

खोटाङमा २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन ३० : खोटाङमा करीब २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा रहेका छन । जिल्लामा पहिलो डोजको खोप लगाएर २३ हजार ३ सय ६९ जना दोस्रो डोज खोपको पर्खाईमा रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । खोटाङमा गत माग १५ गतेबाट कोरोना बिरुद्धको खोप अभियान सुरु भएको हो । हाल सम्म जिल्लामा ३ हजार ३ सय ७७ जनाले मात्र पुरा डोज खोप लगाएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्य प्रसाद सिक्देलले बताउँनु भयो । कोभिसिल्डकोे दोस्रो डोज खोप जिल्लामा नआएको कारण धेरै नागरिकले दोस्रो डोज खोप लगाउँन नपाएको उहाँको भनाई छ । यस्तै भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन नकटेकोले दोस्रो डोज लगाउँन नमिलेको प्रमुख सिक्देलले बताउँनु भयो ।...
खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु अझै पक्राउ परेनन

खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु अझै पक्राउ परेनन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन ३० : खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु फरार रहेको पाईएको छ । बिभिन्न मुद्धामा अदालतबाट दोषि ठहर भएपनि उनिहरुलाई हाल सम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । फरार प्रतिवादिहरु मध्ये १ सय २६ जना पुरुष र २३ जना महिला रहेका छन । जस मध्ये सबै भन्दा धेरै सम्बन्ध बिच्छेद मुद्धामा दोषि ठहर १६ जना पुरुष र ३ जना महिला गरी १९ जना प्रतिवादिहरु फरार रहेका छन । यस्तै कर्तव्य ज्यान मुद्धाका १३ पुरुष र ३ महिला गरी १६ जना फरार रहेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले बताउँनु भयो । यस्तै फरार हुनेमा सवारी ज्यान मुद्धाका ३, नागरिकता किर्ते ३, लेख बेईज्ती १, लागु औषध ३, चोरी ९, भ्रष्ट्रचार ८, बैदेसिक रोजगार ६, बैंकिङ कसुर ३, बाली कुटपिट १, बालबिबाह १, बहुबिबाह ३, वनपैदावर १, नगदजिन्सी हिनामिना १, डाँका ७, ठगी १, ज्यान मार्ने उद्योग ६,...
जुवाडे भगाएको आरोपपछि ५ प्रहरी निलम्बन

जुवाडे भगाएको आरोपपछि ५ प्रहरी निलम्बन

Banner News 2, ताजा अपडेट, समाचार, समाज
कैलालीमा रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि पाँचजना प्रहरी निलम्बनमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदारसहितका तीन जना र जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत दुईजना प्रहरी निलम्बनमा परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) बिक्रम चन्दले प्रहरी हवलदार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्रबहादुर खड्का र प्रेमसिंह धामीलाई निलम्बन गरिएको जानकारी दिए । उनीहरु तीनै जना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुँवरलाई निलम्बन गरिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए । १८ साउनमा धनगढी उपमहानगरपालिका-३ मिलनचोकस्थित एएफसी रेष्टुरे...
खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते

खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते भएका छन । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ५ स्थीत सेल्लो खोलामा दुर्घटना हुँदा अटोमा सवार बैधनाथ यादप सामान्य घाईते भएका हुन । बिहिबार (आज) दिउसो पौने ३ बजे छापडाँडा बाट हलेसी माहादेवस्थान तर्फ जादै गरेको १ स ३४८५ नम्बरकोे अटो अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसको प्रहरीले जनाएको छ । दुर्घटना भएको थाहा पाएपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटिएर घाईतेको उद्धार गरेको प्रहरी निरीक्षक प्रमोद कार्कीको बताउँनु भयो । घाईते चालकको छापडाडा प्रथामिक अस्पतालमा उपचार भईरहेको छ । अटोमा सवार अन्य १ जना जना सकुसल छन । अटोक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले मंगलबार गराएको छ । योसँगै मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ । नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् । उनले प्रक्रिया पुरा गर्नुपर्ने बताएपछि मन्त्रिपरिषदमा पुगेको नियुक्ति प्रस्तावमाथि छलफल हुन पाएको थिएन । तर, न...
पोखरीमा डुबेर खोटाङमा एक व्यक्तिको मृत्यु

पोखरीमा डुबेर खोटाङमा एक व्यक्तिको मृत्यु

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पोखरीमा डुबेर खोटाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ बसाहथान स्थीत आकाशे पानी जम्मा गर्न खनिएको पोखरीमा डुबेर बाहुनीडाँडाका अन्दाजी ४५ वर्षिय साबु राई (तुफान) को मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । खेल्दै गरेका बालबालीकालाई पोखरीमा नखेल्न आग्रह गर्दै जाने क्रममा मंगलबार अपरान्ह ४ः३० बजे उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले जानकारी दिनुभयो । मृतक राईलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ । अपाङ्ग समेत रहेका मृतक राई बिगत ९ बर्ष देखि परिवार सहित हलेसीमा बस्दै आएको स्थानीयले बताएका छन । सोही पोखरीमा बि.स. २०५९ सालमा एक बालकको पनि डुबेर मृत्यु भएको थियो ।...
आज विश्व आदिवासी दिवस मनाइँदै

आज विश्व आदिवासी दिवस मनाइँदै

Banner News 1, ताजा अपडेट, समाचार, समाज
आज २७ औँ विश्व आदिवासी दिवस । नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ । सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा 'कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान' भन्ने नारासहित तय गरिएको छ । यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।  आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गर्नुभएको छ । नेपालले सन् २००७ सेप्टेम्बर १३ तारिखमा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र त्यस अनुसार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ  छ ।...
जापानबाट आइपुग्याे तीन लाख डाेज खोप, बाँकी एक हप्तापछि आउने

जापानबाट आइपुग्याे तीन लाख डाेज खोप, बाँकी एक हप्तापछि आउने

Banner News 2, ताजा अपडेट, समाचार, समाज
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डाेज खोप आइपुगेको छ ।  कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डाेज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाललाई १६ लाख डाेज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै हिजाे शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डाेज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।  अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डाेज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डाेज खाेप खरिद गरेको छ । चीनबाट ४० लाख डाेज भेरोसेल र भारतबाट २० लाख डाेज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डाेज खोप अझैसम्म आपूर्...