जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए तलब भत्ता रोक्का हुने
खोटाङ, चैत २० । खोटाङको खोटेहाङ गाउँपालिकाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट तलब, भत्ता लगायतका आर्थिक सुविधा लिएका ब्यक्तिहरुले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए कारबाही गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको यो निर्णय शैक्षिक सत्र २०८१ देखि लागू हुने छ । गाउँपालिकाको नीति अनुसार आगामि वैशाखबाट जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अनिवार्य सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्नु पर्ने छ । चालू आर्थिक वर्ष २०८०/०८१ को गाउँपालिकाको नीति तथा कार्यक्रममा यो नीति उल्लेख गरिएको थियो । सोही अनुसार चैत ८ गते गाउँकार्यापालिकाको बैठक बसेर नीति कार्यक्रम लागू गर्ने गरी निर्णय गरिएको गाउँपालिकाले सूचनामार्फत जनाकारी दिएको छ । शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर...









