Sunday, April 26News That Matters

समाचार

खोटाङका सबै पालिका जोड्ने सडक कालोपत्रे गर्न पहल गर्ने जिल्लासभाको निर्णय

खोटाङका सबै पालिका जोड्ने सडक कालोपत्रे गर्न पहल गर्ने जिल्लासभाको निर्णय

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत २७ । जिल्ला समन्वय समिति खोटाङको सातौं जिल्लासभाले जिल्लाका सबै पालिका जोड्ने सडक स्तरोन्नती तथा कालोपत्रे गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई, प्रदेशसभा सदस्य पाँचकर्ण राई र जिल्लाका १० वटै पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न सभाले पालिका जोड्ने सडक कालोपत्रे गर्न पहल गर्ने नीतिगत निर्णय गरेको हो । जिल्ला सदरमुकाम दिक्तेलबाट सबै पालिका केन्द्रसम्म जोड्ने सडकहरु दिक्तेल–साप्सुखोला–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–रोक्सिङ–खोटाङवजार हुँदै चिसापानी–मौवावोटे–बंशीलासम्मको सडक खण्डको स्तरोन्नती तथा कालोपत्रे गर्नको लागि सम्बन्धित मन्त्रालयमा पहल लिने, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड कालोपत्रे गर्न माग गर्ने, जालपा–बाक्सिला सडक खण्डलाई कालोपत्रेको लागि माग गर्ने सोल्मा–पाथेका–फेदीसम्मको सडकलाई कालोपत्रेको लागि माग गर...
खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ घाईते, ३ जनालाई काठमाडौं लगियो

खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ घाईते, ३ जनालाई काठमाडौं लगियो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २६ । खोटाङमा बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा तीन जना गम्भीर घाईते भएका छन् । आइतबार ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीको सानोडुम्रेस्थित मयुर आधारभुत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाईते भएका हुन् । गम्भीर घाइते भएका तीन जनालाई हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बिरामी भएकी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी रोमन अर्यालले बताउनुभयो । दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाईते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार...
कार्यकर्ता परिचालन गरी सांसद पाँचकर्णलाई दुर्व्यवहारको दुष्प्रयास गरेको भन्दै एमालेको आपत्ति

कार्यकर्ता परिचालन गरी सांसद पाँचकर्णलाई दुर्व्यवहारको दुष्प्रयास गरेको भन्दै एमालेको आपत्ति

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, चैत २६ । खोटाङ प्रदेश सभा ‘क’ का सांसद पाँचकर्ण राई (पि.के) लाई पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरी दुव्र्यवहारको दुष्प्रयास गरेको भन्दै एमालेले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । सांसद तथा एमालेका नेता राईलाई प्रदेश नामकरणको विषयलाई लिएर केही जनप्रतिनिधिको संलग्नतामा पार्टीका कार्यकर्ताद्धारा दुव्र्यवहारको दुष्प्रयास भएको भन्दै एमालेले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरी केही पार्टीका नेताहरुको इसारामा योजनाबद्ध ढंगले जिल्ला सभाको रोस्टम प्रयोग गरेर आक्रण गरिएको एमालेको आरोप छ । प्रदेश नामकरणको निर्णय प्रक्रियामा भाग लिएका राजनीतिक दलकै नेता तथा जनप्रतिनिधिको इसारामा एमालेबाट निर्वाचित सांसदलाई मात्र एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार गरिएको प्रति घोर भ्रत्र्सना गरिएको एमालेले निकालेको विज्ञप्तिमा उल्लेख छ । जिल्ला समन्...
सांसद पाँचकर्णलाई कालो मोसो दल्न खोज्ने पहिचान पक्षधर चार युवा पक्राउ गरेर छाडियो

सांसद पाँचकर्णलाई कालो मोसो दल्न खोज्ने पहिचान पक्षधर चार युवा पक्राउ गरेर छाडियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, रोचक, समाचार, स्थानीय
खोटाङ, चैत २५ । खोटाङमा प्रदेश सांसद पाँचकर्ण राई बिरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर चार युवा पक्राउ परेका छन् । कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गरेको भन्दै सांसद राई बिरुद्ध शनिबार समन्वय समितिको सभाहलमा भइरहेको जिल्लासभामा उनिहरु कालो झण्डासहित प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पुर्वउपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् । जिल्लासभा सञ्चालन भइरहकैबेला प्रवेश गरेर नाराबाजी गर्दै कालो झण्डा देखाइएको थियो । बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । यायोक्खाका अध्यक्ष बाहेक अन्य तीन जनालाई भने हतकडी हालेर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथ...
ठेकेदारलाई पक्राउ गर्न दिक्तेल नगरपालिकाले लेख्यो प्रशासनलाई पत्र

ठेकेदारलाई पक्राउ गर्न दिक्तेल नगरपालिकाले लेख्यो प्रशासनलाई पत्र

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको मोटरेबल पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानूनी कारबाही गर्न भन्दै नगरपालिकाले प्रशासनलाई पत्र लेखेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पंखु खोला पुलको काम अलपत्र पार्ने सिरुवा कन्ट्रक्सन प्रालिका प्रोजेक्ट मेनेजर सन्तोष ढुंगानालाई कानुनी दायरामा ल्याउन प्रशासनलाई पत्र लेखिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । सिरुवा कन्ट्रक्सनले २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७२ असोज ६ गते ठेक्का सम्झौता गरेको थियो । तेश्रोपल्ट थप भएको २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यस यता पुलको म्याद थप नभएको पुष्पलाल (...
कांग्रेस निकट नेपाल किसान महासंघको खोटाङ अध्यक्षमा बाजिन्द्र बिष्ट

कांग्रेस निकट नेपाल किसान महासंघको खोटाङ अध्यक्षमा बाजिन्द्र बिष्ट

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत २४ । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ खोटाङ जिल्ला अध्यक्षको जिम्मेवारी बाजिन्द्र बिष्टले पाएका छन् । बिष्टलाई महासंघको केन्द्रीय समितिले जिल्ला अध्यक्षमा शुक्रबार मनोनयन गरेको हो । किसान महासंघ जिल्ला अध्यक्षको जिम्मेवारी पाएका बिष्ट खोटाङको जन्तेढुंगा गाउँपालिकाको पार्टी सभापतिसमेत रहेका छन् । नेपाल किसान महासंघको संगठन विस्तार एवं आगामी जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्नेगरी महासंघको जिल्ला अध्यक्षमा मनोनयन गरिएको नेपाल किसान महासंघ केन्द्रीय समितिले जनाएको छ । जिल्लाका सम्पूर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेशन केन्द्रले तोकेकै समयमा गराउन जिम्मेवारी दिइएको नेपाल किसान महासंघ केन्द्रीय समिति अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले दिएको मनोनयन–पत्रमा उल्लेख छ ।...
बाक्सिलामा वैशाख ६ गते गायिका मेलिना राई लगायतका कलाकारले नचाउने

बाक्सिलामा वैशाख ६ गते गायिका मेलिना राई लगायतका कलाकारले नचाउने

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, चैत २४ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा सांगीतिक कार्यक्रम हुने भएको छ । नयाँ वर्ष २०८० सालको अवसरमा वैशाख ६ गते हुन लागेको सांगीतिक कार्यक्रममा नेपालको चर्चित गायिका मेलिना राई लगायतका कलाकारहरुको प्रस्तुति रहेने बताइएको छ । केपिलासगढी गाउँपालिकाको आर्थीक सहयोगमा ग्रामीण युवा विकास मञ्च केपिलासगढीको आयोजनामा सांगीतिक एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित गायिका मेलिना राईसँगै, गायक तथा संगीतकार विक्रम राई, बिनोद खम्बु, राकेश किराती, पदम थुलुङ, सुरेश कोयी राई र उमेश दुमी राईको सांगीतिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो । गीत संगीतमार्फत मनोरञ्जन दिदै पर्यटन प्रवद्र्धनका लागि सांगीगितक कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका सदस्य प्रताप राईले बताउनुभयो । बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको...
दर्ता नगरी सञ्चालन भएका दिक्तेलका तीन औषधि पसलमा ताला लगाइयो

दर्ता नगरी सञ्चालन भएका दिक्तेलका तीन औषधि पसलमा ताला लगाइयो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २४ । दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्था बिभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो । बिभागमा दर्ता गरेर मात्र औषधि पसल सञ्चालन गर्नु पर्ने भए पनि तीन पसलले दर्ता नगरेका कारण सिलबन्दी गरिएको बिभागमा कार्यरत नायब सुब्बा हरिस सुबेदीले जानकारी दिनुभयो । बिहिबार अनुगमनको क्रममा दिक्तेल बजारमा सञ्चालित अपोगी हेल्थ केयर एण्ड डायग्नोस्टीक सेन्टर प्रालि, ॐ हलेसी मेडिकेयर क्लिनिक र न्यु हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सु फार्मेसी दर्ता नभएको पाइएपछि सिलबन्दी गरिएको सुबेदीले बताउनुभयो । बिभागमा आवश्यक कागजातसहित उपस्थित भएर दर्ता गरेपछि मात्र पसल खोलिने बिभागले जनाएको छ ।...
धितुङका ४ आमा समुहलाई कुटानी पिसानी मिल

धितुङका ४ आमा समुहलाई कुटानी पिसानी मिल

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ४ आमा समुहले कुटानी पिसानी मिल पाएका छन् । उनिहरुको दैनिकीमा सहजता ल्याउन वडाले बिहिबार मिल प्रदान गरेको जनाएको छ । चालु आर्थीक वर्ष २०७९\०८० मा वडाबाट विनियोजित २ लाख बजेटबाट ४ वटा कुटानी पिसानी मिल खरिद गरेर आमा समुहलाई प्रदान गरिएको वडाध्यक्ष टेकराज राईले जानकारी दिनुभयो । वडाले प्रदान गरेको मिल भाडबेँसी, पन्थे, दियाले र नयाँ बस्तीका आमासमुहरुले पाएका छन् । अन्य आमा समुहले पनि माग गरिरहेकोहुँदा नगरपालिकासँग समन्वय गरेर आगामी दिनमा मिल उपलब्ध गराइने वडाध्यक्ष राईले बताउनुभयो । हाल ढिकी जाँतोमा अन्न पिस्दै आएका आमाहरुको सहजताका लागि मिल प्रदान गरिएको उहाँको भनाइ छ । कुटानी पिसानी मिलले आमाहरुको घरायसी कामको केही बोझ हटाउनेमा विश्वस्त रहेको उहाँले सुनाउनुभयो ।...
सर्वाधिक पुरस्कार राशिको ‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ वैशाख ४ देखि, ८ टिमको प्रतिस्पर्धा

सर्वाधिक पुरस्कार राशिको ‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ वैशाख ४ देखि, ८ टिमको प्रतिस्पर्धा

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २३ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा २ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ आगामि वैशाख ४ गतेबाट हुने भएको छ । जन्तेढुंगा गाउँपालिका–५ खर्क खेलमैदानमा हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशिको गोल्डकपमा ८ समहुले प्रतिस्पर्धा गर्ने छन् । जन्तेढुंगा गाउँपालिकाको विशेष सहयोगमा जन्तेढुंगा खेलकुद विकास समितिले गोल्डकपको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा वैशाख ४ गते आयोजक जन्तेढुंगा फुटबल क्लब र न्यु त्रियुगा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख ५ गते हुने दोस्रो खेलमा बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ क्लबबीच खेल हुँदा तेस्रो खेलमा ६ गते भोजपुर फुटबल संघ र बेल्टार एकता क्लब भिड्ने छन् । पहिलो चरणको अन्तीम खेल ७ गते गोलबजार स्पोट्र्स क्लब र भगवती स्पोट्र्स क्लब मैदान उत्रिने आयोकज जन्तेढुंगा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिए । व...