Sunday, April 19News That Matters

समाचार

खोटाङमा महिला र पुरुष जंगलमा मृत भेटिए, महिलाको हत्या भएको अनुमान

खोटाङमा महिला र पुरुष जंगलमा मृत भेटिए, महिलाको हत्या भएको अनुमान

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १४ । खोटाङमा एक महिला र एक पुरुष जंगलमा मृत भेटिएका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जंगलमा दुवै जना मृत अवस्थामा भेटिएको बराहपोखरीका वडाध्यक्ष ढक बहादुर कार्कीले बताउनुभयो । डाँडागाउँका अन्दाजी २२/२३ वर्षीय सरिता बिष्ट बस्नेतको जंगलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उक्त महिलाको घाँटीमा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको छ । सोही गाउँका अन्दाजी १९/२० वर्षका शिखर बस्नेत पनि सोही जंगलमा मृत भेटिएका छन् । महिलाको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा पुरुष मृत फेला परेका हुन् । मृत भेटिएकी महिला बिबाहित हुन् । उनको २ वर्षको छोरीसमेत रहेको बताइएको छ । पुरुष भने अबिबाहित हुन् । घटना कसरी घटेको भनेर खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थ...
खोटाङमा सुमो र मोटरसाइकल ठोक्किदा २ जना घाइते

खोटाङमा सुमो र मोटरसाइकल ठोक्किदा २ जना घाइते

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १३ । खोटाङमा सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटनाहुँदा २ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानीट्याङ्की अगाडी मध्यपहाडी लोकमार्गमा मंगलबार आज बिहान सुमो र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पाथेकाका मदन गिरी र पछाडी बस्ने सोही ठाउँका लक्ष्मी प्रसाद गिरी घाइते भएका छन् । दिक्तेलतर्फ आउदै गरेको ना १ ज ६२१९ नम्बरको सुमो र विजुलेतर्फ जादै गरेको मोटरसाइकल ठोक्किएका हो । झट्ट हेर्दा मोटरसाइकल गलत दिशामा गएकाले दुर्घटना भए जस्तो देखिएको छ । यस विषयमा थप अनुसन्धान हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइते दुईजनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । मोटरसाइकल र सुमोको अघिल्लो भागमा क्षति भएको छ । सुमोमा सवार चालकसहित ४ जनै जनालाई केही नभएको बताइएको छ ।...
हलेसी बजारमा आगलागीबाट ७ करोड ३० लाख क्षति (भिडियो सहित)

हलेसी बजारमा आगलागीबाट ७ करोड ३० लाख क्षति (भिडियो सहित)

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ५ । हलेसी बजारमा लागेको भीषण आगलागीबाट ७ करोड बढीको क्षति भएको छ । ग्याँस लिकहुँदा सुरु भएको आगोले भीषणरुप लिदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिकहुँदा आगलागी सुरु भएको थियो । काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सुरु भएको आगोले भीषणरुप लिएको थियो । आगलागीबाट पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरको दोश्रो तलामा रहेको निर्धनउत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेर खरानी भएको छ । आगलागीबाट पदमशेरको चार करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भईरहेको चारतले पक्की घर र...
हलेसी बजारको आगलागी नियन्त्रण नजिक, ३ घर जले

हलेसी बजारको आगलागी नियन्त्रण नजिक, ३ घर जले

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ४ । खोटाङको हलेसी बजारमा लागेको भीषण आगलागी नियन्त्रणमा नजिक आएको बताइएको छ । आगो पूर्णरुपले नियन्त्रणमा नआएपनि थप फैलिने अवस्थामा नरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो । ओइराख राईको तीन तले पक्की घरको भित्र आगो लागिरहेको छ । उक्त आगो पूर्णरुपमा नियन्त्रणमा लिने प्रयास भइरहेको मेयर राईले बताउनुभयो । स्थानीय नागरिक, सुरक्षाकर्मी सबै आगो नियन्त्रणमा खटिएका छन् । जिल्लाबाटसमेत सुरक्षाकर्मीहरु आगलागी स्थल पुगिसकेका छन् । ट्यांकरले पानी ओसार्दै पाइपमार्फत पानी लगाएर आगो निभाउने काम भइरहेको छ । पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आइतबार साँझ आगो सुरु भएको थियो । पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ । नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा पनि क्षति पुगेको बताइएको छ । आगलागीबाट...
खोटाङमा १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

खोटाङमा १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २० गते । खोटाङमा करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ९ हजार ९९५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको हो । माघ २२ गतेबाट लगाइने खोप अभियानको तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । माघ २२ देखि फागुन २७ गतेसम्म कक्षा ६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीलाइ एचपीभी खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जिवन चौलागाइले बताउनुभयो । अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षणसँगै आवश्यक सम्पुर्ण तयारी पुरा भएको स्वास्थ्य कार्यालयले आइतबार सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रम आयोजना गरेर जानकारी दिएको छ । कार्यालयका प्रमुख चौलागाइका अनुसार जिल्लाका ९ हजार ९९५ जना किशोरीलाई खोप लगाइने लक...
अपाङ्ग सेवा संघ खोटाङको नयाँ कार्य समिति चयन

अपाङ्ग सेवा संघ खोटाङको नयाँ कार्य समिति चयन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १८ । अपाङ्ग सेवा संघ खोटाङको नयाँ कार्य समिति चयन भएको छ । माघ १७ गते दिक्तेलमा भएको सातौँ अधिवेशनबाट जय नारायण कटवालको अध्यक्षतामा १५ जनाको कार्य समिति चयन भएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा भएको अधिवेशनले कटवाललाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा सर्वजित राई, सचिवमा लोकमणी श्रेष्ठ, सह–सहिचवमा सिता खत्री र कोषाध्यक्षमा रमेश चन्द्र राईलाई भेलाले सर्वसहमत निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा उमेशचन्द्र आचार्य, भानुभक्त अधिकारी, धन बहादुर नेपाली, अम्बिका अधिकारी, भगवती प्रधान, कजन बहादुर खड्का, हिमाल राई, चन्द्रकला रिजाल, गणेश खड्का र चेतना मगर निर्वाचित भएको नवनिर्वाचित सचिव लोकमणी श्रेष्ठले बताउनुभयो । कार्यक्रममा जिल्ला भरका करिब १५० जना अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संविधान सदस्य दुर...
खोटाङबाट बिरामी बोकेर काठमान्डौं जादै गरेको सुमो दुर्घटना, ३ जनाको मृत्यु

खोटाङबाट बिरामी बोकेर काठमान्डौं जादै गरेको सुमो दुर्घटना, ३ जनाको मृत्यु

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १७ गते । खोटाङबाट बिरामी बोकेर काठमाडौं जादै गरेको सुमो दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाडौंको लागि छुटेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घना भएको भएको हो । सुमोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहिबार बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया माया देवी गुरुङ, उहाँको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । बिरामी माया देवी गुरुङलाई उपचारको लागि छोरा र बहिनीले काठमाडांै लिएर गएको बुभmिएको छ । सुमोमा चालक सहित ४ जना सवार थिए । तीन जनाको घटनास्...
पाथेकामा ड्यु, पेप्सी, कोक प्रतिबन्ध, प्रयोग गरेमा जरिवाना

पाथेकामा ड्यु, पेप्सी, कोक प्रतिबन्ध, प्रयोग गरेमा जरिवाना

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १३ । खोटाङको पाथेकाको एउटा सिङ्गो गाउँले ड्यु, पेप्सी, कोक जस्ता आयातीत पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको छ । स्वास्थ्यलाई असर गर्ने र फजुलखर्च हुने भएकाले ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थ गाउँमा हुने शुभअशुभ सबै कार्यमा प्रयोग नगर्ने निर्णय गरेको हो । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको साविक ३ नम्बर वडा टोल विकास समितिको माघ १२ गते भएको निर्णय अनुसार आगामी दिनमा गाउँमा हुने शुभकार्य वा अशुभकार्य सबैमा ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थप्रयोग गर्न पाइने छैन् । टोल विकास समितिले गरेको निर्णय उल्लङ्घन गरेमा पहिलो पटक ५ हजार, दोस्रो पटक ७ हजार र तेस्रो पटक १० हजार जरिवाना तिर्ने निर्णयसमेत गरिएको टोल विकास समितिका अध्यक्ष सर्वधन राईले बताउनुभयो । गाउँमा हुने बिहे, पास्नी, छेवर, मरौपरौ जस्ता सामाजिक कार्य माबहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थल...
उद्यम गर्न चाहाने हलेसी तुवाचुङका नागरिकले ५ लाखसम्म विनाब्याज ऋण पाउने

उद्यम गर्न चाहाने हलेसी तुवाचुङका नागरिकले ५ लाखसम्म विनाब्याज ऋण पाउने

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ९ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नागरिकले ५ लाख सम्मको कर्जा विनाब्याज पाउने भएका छन् । उद्यमी बन्न चाहाने नागरिकले ५ लाखसम्मको कर्जा विनाब्याज पाउने भएका हुन् । कृषि, पशुपालन, होमस्टे सञ्चालन लगायतका लघु उद्यम गर्न चाहाने नागरिकका लागि नगरपालिकाले विनाब्याज ५ लाखसम्म ऋण दिने व्यवस्था मिलाएको हो । जसका लागि नगरपालिकाले बुधबार प्रभु बैंकसँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा प्रभु बैंकले मुल्याङ्कन गरेर उद्यमी बन्न चाहाने नागरिकलाई ऋण दिने छ । नागरिकले पाएको उक्त ऋणको बैंकको औसत आधार दरमा २ प्रतिशत प्रिमियम थप गरेर नगरपालिकाले ब्याज तिर्ने गरी सम्झौता भएको हो । उद्यमी बन्न चाहाने नागरिकलाई ब्याज अनुदान प्रदान गर्न लागिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभएको छ । कृषि, पशुपालन लगायतका लघु उद्यमबाट नागरिकलाई रोजगार प्रदानसँगै उद्यमहरुको प्रवद्र्धनका लागि ब...
खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत, ६ महिनाको गर्भ

खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत, ६ महिनाको गर्भ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २० । खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छिन् । जिल्लाको केपिलासगढी गाउँपालिकाकी एक मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भएको खुलेको छ । करिब ६ वर्ष अघि मानसिक सन्तुलन गुमाएर उपचाररत महिलालाई गाउँकै ३९ वर्षका पुरुषले बलात्कार गरेको खुलेको हो । बलात्कृत भएको ६ महिनापछि मात्र थाहा भएको छ । महिला गर्भवती रहेको थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएका छन् । परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार ३९ वर्षका एक कुमार राईले मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेका हुन् । हाल उक्त महिलाको ललितपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको सल्लाहमा अस्पताल नजिकै रहेको प्रहरी कार्यालयबाट परिवारले जाहेरी दिएका छन् । उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय खोटाङमा पुस १८ गते दर्ता भएको सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले जानकार...