हलेसी तुवाचुङका सामुदायिक विद्यालयको नतिजामा सुधार
खोटाङ, वैशाख ५ । हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयको नतिजामा सुधार आएको छ । अघिल्लो वर्षको तुलानामा यस वर्ष नतिजामा सुधार आएको हो ।
अघिल्लो वर्षदेखि कक्षा ४–९ सम्मको वार्षिक परीक्षा नगर स्तरीय (एसईई) मोडलमा सञ्चालन गर्न थालिएको छ । अघिल्लो वर्ष करीब २२ प्रतिशत विद्यार्थी मात्र सबै विषयमा उतिर्ण भएका थिए । यस वर्ष ४०.६३ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । ३६.३४ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका छन् । २३.०३ प्रतिशत विद्यार्थीको नतिजा भने ननग्रेड रहेको छ । अर्थात उनीहरुले कक्षा दो¥याउनु पर्ने देखिएको नगरपालिकाले जनाएको छ ।
गत वर्षदेखि हलेसी तुवाचुङका सामुदायिक विद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालिएको हो । कक्षा ४–९ सम्मको वार्षिक परीक्षामा (एसईई) को जस्तै परीक्षा केन्द्र तोकिएको थियो । फरक विद्यालयका श...









