सडक राम्रो बनाउन नगरपालिकालाई रास्वपाको ध्यानाकर्षण
खोटाङ, चैत ४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई नगर भित्रको सडक राम्रो बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण पत्र बुझाएको छ । ठेक्का लागेर अलपत्र भएका सडकको काम सम्पन्न गराउन तथा अन्य सडकको स्तरोन्नती गर्न भन्दै रास्वपा नगर समितिले नगरपालिकालाई आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
नागरिकले सास्ती र हैरानी पाइरहेको दिक्तेल अस्पताल चोकदेखि साप्सु खोलासम्मको सडक, दिक्तेल बजार भित्रको शान्ति सल्लेरी टोलदेखि त्रिवेणी चोकहुँदै भानु चोकसम्मको सडक, दिक्तेलदेखि चखेवाभन्ज्याङसम्मको सडकको रोकिएको काम चाडै सम्पन्न गर्न पहल गर्न रास्वपाले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । यस्तै, नगरपालिकाको १५ वटै वडाका मुख्य सडकहरु बर्षायाम सुरु नहुँदै स्तरोन्नती गर्न ध्यानाकर्षण पत्रमा भनिएको छ ।
रास्वपा नगर समितिका संयोजक प्रशुराम थापा (आशिष), कोषाध्यक्ष जीवन ढकाल लगायत सदस्यहरुको टोलीले...








