खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै
खोटाङमा कोरोना संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको सङख्या लगातार बढेको छ । जिल्लामा एन्टीजेन परिक्षणलाई निरन्तरता दिदै आएपनि नयाँ संक्रमित थपिने भन्दा कोरोनालाई परास्त गर्नेको सङख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।
भदौ १ गते सम्म संक्रमण मुक्त हुने र नयाँ संक्रमित थपिनेको सङख्या तलमाथी हुँदै आएको थियो । तर भदौ २ गतेबाट संक्रमण मुक्त हुनेको सङख्या लगातार धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङकोको तथ्याङकमा उल्लेख छ । भदौ २ गते ९५ जनाको एन्टीजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएकोे थियो । यो परिक्षण गरिएका मध्ये २६ दशमलब ३२ प्रतिशसतमा संक्रमण पुष्टी भएको हो । सोहि दिन संक्रमण मुक्त हुनेको सङख्या ४८ रहेको थियो । यस्तै आज ३३ जनामा परिक्षण गरिदा ७ जना नयाँ संक्रमित थपिएका छन भने २१ जना संक्रमण मुक्त भएका छन । आज परिक्षण गरिएको मध्ये २१ दशमलब २१ प्रतिशतम...









