Monday, July 27News That Matters

ताजा अपडेट

खोटाङको कथा समेटिएको उपन्यास “विधाता” 

खोटाङको कथा समेटिएको उपन्यास “विधाता” 

Banner News 3, कला, साहित्य, ताजा अपडेट, समाचार
खोटाङ, चैत १३ । ‘..दिक्तेलदेखि पूर्व हेर्दा मन फुरुङ्ग भयो । धेरै वर्षपछि आमालाई भेटेजस्तो, आफ्नो गाउँ फर्किँदा मैले अतीतका जम्मै पीडाहरु बिर्सिएँ ।’ उपन्यास “विधाता” मा भेटिन्छन् यि शब्दहरु । खोटाङ जिल्लाको कथा व्यथा, शिक्षाको अवस्था, माओवादी जनयुद्ध समयमा भोग्नु परेको समस्या लगायतको विषय समेटेर शिक्षक एवं साहित्यकार मनोज कुमार राईले लेख्नु भएको उपन्यास “विधाता” बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पास्थित विध्योदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राईले लेख्नु भएको उपन्यास “विधाता” गत ७ गते काठमाडौंमा बिमोचन गरिएको हो । सामाजिक उपन्यास “विधाता” मा खोटाङमा जन्मिएका पात्र बसाइ सरेर तराइ गएको, धन कमाउन विदेश गएको र त्यो पात्रले भोगेको समस्या, दुःख, लगायतका कथा बस्तु पढ्न सकिने लेखक राईले बताउनुभयो । हाल जिल्लामा देखिएको शैक्षिक क्षेत्रको विचलनलाई पनि उपन्यासमा समेटिएक...
लोकप्रिय गायक थानेश्वर र खोटाङकी सबिताको स्वरमा “डाँडा पारी जुन”

लोकप्रिय गायक थानेश्वर र खोटाङकी सबिताको स्वरमा “डाँडा पारी जुन”

Banner News 3, ताजा अपडेट, मनोरञ्जन, समाचार
खोटाङ, चैत ११ । लोकप्रिय गायक थानेश्वर गौतम र खोटाङमा जन्मिएकी गायिका सबिता बस्नेतको स्वरमा नयाँ गीत “डाँडा पारी जुन” बजारमा आएको छ । दुई दिन अगाडि युटुवमा सार्वजनिक गरिएको यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । प्रभा ब्रर्तौलाको शब्द रहेको “डाँडा पारी जुन” गीतको संगीत स्वयं गायक थानेश्वरकै रहेको छ । संगीत संयोजन भने रमेश सेन्चुरीको रहेको छ । गीतको भिडियोमा प्रभात पल ठकुरी, सम्पदा अम्गाईं र युवराज भट्टराई लगायतको अभिनय देख्न सकिन्छ । राम केसीको टिमले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडिओ बिशाल घिमिरेले निर्देशन गरेका हुन् । नेपाली गीत संगीत क्षेत्रमा चर्चा कमाइसकेका गायक थानेश्व र नव गायिका सबिताको आवाजमा रहेको नयाँ गीत “डाँडा पारी जुन” ले पनि दर्शकको मन जित्ने टिमको विश्वास छ । एक पटक गीत हेरेर एवं सुनेर प्रतिक्रिया दिन गायिक बस्नेतले दर्शकहरुलाई अनुरोध गर...
हलेसी तुवाचुङका ९४ किसानले पाए भैसी, दुध विक्री गर्न नगरपालिकाले डेरी सञ्चालनमा ल्याउदै

हलेसी तुवाचुङका ९४ किसानले पाए भैसी, दुध विक्री गर्न नगरपालिकाले डेरी सञ्चालनमा ल्याउदै

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ९ । अघिल्लो वर्ष ४४ जना किसानलाई भैसी वितरण गरेको हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष थप ५० किसानलाई भैसी प्रदान गर्ने भएको छ । नगरपालिकाको “भैसी प्रवद्र्धन कार्यक्रम” अन्तरगत थप ५० किसानले भैसी खरिदका लागि शुक्रबार सम्झौता गरेका हुन् । किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यले दुई माउ भैसी पालिरहेका किसानलाई थप एक माउ भैसी प्रदान गर्ने नगरपालिकाको नीति छ । सोही अनुसार अघिल्लो वर्ष दुई माउ भैसी पालिरहेका ४४ जना किसानलाई नगरपालिकाले एक माउ भैसी दिएको थियो । उनीहरुले अहिले तीन माउ भैसी पालेर दुध उत्पादन गर्दै विक्री वितरण गरिरहेका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ मा थप ५० जना दुई माउ भैसी पालिरहेका किसानले एक माउ भैसी पाउदै छन् । शुक्रबार भएको सम्झौता अनुसार किसानले उन्नत जातको भैसी खरिद गरेर ल्याउने छन् । त्यसको ८० प्रतिशत अर्थात ८० हजार नगरपालिकाले किसा...
खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ८ । खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेलको ट्याक्टरले किचेर बुधबार साँझ मृत्यु भएको हो । दुधकोशीबाट बालुवा ल्याएर आउदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा मलामी गएर फर्किएका पोखरेल पनि चडेका थिए । सुरुमा अगाडीको भागमा चडेका पोखरेल बीच बाटोबाट ट्याक्टरको पछाडीको डालामा चडेका थिए । पोखरेलको घर नजिक पुगेर झर्ने क्रममा उनलाई ट्याक्टरले किचेको ज्यामिरेका वडाध्यक्ष सुनिल राईले बताउनुभयो । ‘झर्ने क्रममा निकै समय ट्याक्टर रोकिएको भन्ने सुनिन्छ, तर खै कसरी ट्याक्टर हिड्ने क्रममा उहाँलाई किचेछ ।’ वडाध्यक्ष राईले भन्नुभयो, ‘ट्याक्टरले किचेको पछिसम्म पनि बोल्दै हुनुहुन्थ्यो, अस्पताल पुगेपछि अचानक मृत्यु भयो ।’ दिउँसो ३ बजे ट्याक्टरले किचेर घाइते भएका पोखरेललाई उपचारको लागि एम्बुलेन्समा ऐसेलुखर्क प्राथमिक उपचार ...
विद्युत सर्टहुँदा जालपाका २ घर जलेर नष्ट, ६० लाख बराबरको क्षति

विद्युत सर्टहुँदा जालपाका २ घर जलेर नष्ट, ६० लाख बराबरको क्षति

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ७ । विद्युत सर्ट भएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा २ घर जलेर नष्ट भएको छ । बुधबार बिहान राती १ः५० बजे विद्युत सर्ट भएर आगालीहुँदा जालपा पुरानो गाउँका भगत बहादुर राई र भिम राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भगत राई र भिम राई नाताले बुवा छोरा हुन् । वृद्ध भगत राई र उनकी वृद्धा श्रीमती एउटा घरमा बस्दै आएका थिए । साइला छोरा भिम राईको परिवार अर्को छुट्टै घरमा बस्दै आएको थियो । राती अचानक विद्युत सर्टहुँदा दुई वटै घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरक्षिक) बेनु कार्कीले बताउनुभयो । भगत राईको ढुङ्गा, माटो र काठले बनेको जस्ताको छानो भएको २ तले घर र उक्त घर भित्र रहेको, अन्नपात लत्ताकपडा, भाँडाकुडा, कागजपत्र जलेर नष्टहुँदा ३० लाख बराबरको क्षति भएको छ । यस्तै, छोरा भिम राईको सोही प्रकारको घर ...
घर आगलागी भएपछि परिवारको बिचल्ली, वडा र रेडक्रसको राहत

घर आगलागी भएपछि परिवारको बिचल्ली, वडा र रेडक्रसको राहत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ७ । घर आगलागी भएपछि खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको परिवारको बिचल्ली भएको छ । मंगलबार दिउँसो एक्कासि आगलागीहुँदा सुनुवारको घर र मतान पूर्णरुपमा जलेर नष्ट भएको छ । ११ जनाको सुनुवारको परिवार अहिले छिमेकी तुलसी बहादुर सुनुवारको घरमा बसिरहेको वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । घर र मतान जलेर नष्टहुँदा अन्नपात, लत्ताकपडा, भाँडाकुडा सबै जलेर खरानी भएका छन् । बिचल्ली भएको सुनुवारको परिवारलाई तत्काल आवश्यक खाद्यन्न, लत्ता कपडा र भाँडाकुडा वडा कार्यालय र रेडक्रस उपसाशाखा डुम्रेधारापनीले मंगलबार साँझ नै उपलब्ध गराएको छ । वडाकोतर्फबाट ६० किलोग्राम चामल, एक काटुन खानेतेल, तीन किलोग्राम दाल, चिनी र नुन उपलब्ध गराइएको वडाध्यक्ष पाण्डेले बताउनुभयो । यस्तै, रेडक्रसबाट एउटा पाल, लत्ता कपडा, डोरी, भाँडाकुडा, बाल्टि र कम्बल उपलब्ध गराइएको छ ...
फुर्दिकु शेर्पाको स्वास्थ्यमा क्रमिक सुधार, सङ्कलन भएको १ लाख बढी रकम परिवारलाई हस्तान्त्रण

फुर्दिकु शेर्पाको स्वास्थ्यमा क्रमिक सुधार, सङ्कलन भएको १ लाख बढी रकम परिवारलाई हस्तान्त्रण

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ६ । मानसिक सन्तुलन गुमाएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी फुर्दिकु शेर्पाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । हाल उनको मानसिक अस्पताल लगनखेलमा निःशूल्क उपचार भइरहेको छ । छोरी क्रमिक ठिक हुँदै आएको उनका बुवा पेमा शेर्पाले बताउनुभयो । मानसिक सन्तुलन गुमाएकी ३० वर्षीया फुर्दिकुले सबैलाई आक्रमण गर्न थालेपछि थेग्न नसकेर परिवारले आगनमा काठको खोर बनाएर राखेका थिए । उपचारको लागि अस्पताल लान परिवारसँग प्रयाप्त आर्थिक नहुँदा फुर्दिकुलाई गत माघ १६ गतेदेखि थुनेर राखिएको थियो । फागुन १२ गते विभिन्न मिडियाले फुर्दिकुको विषयमा समाचार प्रकाशन गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उद्दार गरेर उपचारका लागि लगेको हो । समाचार पढेर एवं समाचार भिडियो हेरेर धेरै ब्यक्तिले आर्थिक सहयोग गरेका छन् । शेर्पाको उपचार र उनको छोराको पठनपाठका लागि सङ्कलन भएको एक लाख बढी रकम बुवा...
डुम्रेधारापानीमा आगलागीबाट घर र मतान जलेर खरानी

डुम्रेधारापानीमा आगलागीबाट घर र मतान जलेर खरानी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ६ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा आगलागीबाट एउटा घर र मतान जलेर नष्ट भएको छ । मंगलबार (आज) दिउँसो २ः४० बजे एक्कासि घरमा आगलागीहुँदा डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको खरको छाना भएको घर र मतान जलेर नष्ट भएको हो । घरमा वृद्धवृृद्धा मात्र भएको समयमा एक्कासि आको सुरु भएको थियो । स्थानीय नागरिक, प्रहरीहरु भेला भएपनि आगो नियन्त्रणमा लिन नसक्दा घर मतान सबै जलेर नष्ट भएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । मानवीय क्षति भने भएको छैन् । घर र मतान जलेर नष्टहुँदा सुनुवारको अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै खरानी भएका छन् । परिवारका सदस्यले शरीरमा लगाएको कपडा बाहेक अरु केही नबचेको वडाध्यक्ष पाण्डेले बताउनुभयो । ‘घरमा ९० वर्ष माथीका बुवा आमा मात्र हुनुहुदोरहेछ, अरु कामले घर बाहिर गएका रहेछन् । एक्कासी आगो लाग्न सुरु भएछ, म पनि पालिका ...
सडक राम्रो बनाउन नगरपालिकालाई रास्वपाको ध्यानाकर्षण

सडक राम्रो बनाउन नगरपालिकालाई रास्वपाको ध्यानाकर्षण

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत ४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई नगर भित्रको सडक राम्रो बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण पत्र बुझाएको छ । ठेक्का लागेर अलपत्र भएका सडकको काम सम्पन्न गराउन तथा अन्य सडकको स्तरोन्नती गर्न भन्दै रास्वपा नगर समितिले नगरपालिकालाई आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो । नागरिकले सास्ती र हैरानी पाइरहेको दिक्तेल अस्पताल चोकदेखि साप्सु खोलासम्मको सडक, दिक्तेल बजार भित्रको शान्ति सल्लेरी टोलदेखि त्रिवेणी चोकहुँदै भानु चोकसम्मको सडक, दिक्तेलदेखि चखेवाभन्ज्याङसम्मको सडकको रोकिएको काम चाडै सम्पन्न गर्न पहल गर्न रास्वपाले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । यस्तै, नगरपालिकाको १५ वटै वडाका मुख्य सडकहरु बर्षायाम सुरु नहुँदै स्तरोन्नती गर्न ध्यानाकर्षण पत्रमा भनिएको छ । रास्वपा नगर समितिका संयोजक प्रशुराम थापा (आशिष), कोषाध्यक्ष जीवन ढकाल लगायत सदस्यहरुको टोलीले...
खोटाङमा डढेलोको उग्ररुप, सल्ले र धितुङमा २/२ घरसँगै ८० बढी पशुचौपाय सखाप

खोटाङमा डढेलोको उग्ररुप, सल्ले र धितुङमा २/२ घरसँगै ८० बढी पशुचौपाय सखाप

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ३ । खोटाङमा वनमा लागेको डढेलो गाउँ पस्दा ४ वटा घर, मतान, गोठ र पशुचौपायहरु जलेर नष्ट भएका छन् । जिल्लामा अहिले ४ ठाउँमा डढेलो लागि रहेको छ । २ ठाउँको डढेलोले घरहरुमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेमा शुक्रबारबाट सुरु भएको डढेलोले हालसम्म २ वटा घर, एक मतान, एउटा बाख्रा फर्म र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको त्यहाँका वडाध्यक्ष सुनिल राईले बताउनुभयो । यस्तै, धितुङमा शुक्रबारबाटै सुरु भएको डढेलोले २ वटा घर, ३ वटा गोठ र विभिन्न पशुचौपाय जलेर नष्ट भएको त्यहाँका वडाध्यक्ष टेकराज राईले बताउनुभयो । चौतारा सामुदायिक वनबाट सुरु भएको डढेलोले धितुङ रातेखोलास्थित देवराज राईको घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । घर भित्ररहेको अन्नपात, भाडाकुडा सबै जलेको छ । यस्तै गोठ जल्दा ४ ...