Friday, July 31News That Matters

ताजा अपडेट

पार्टीलाई आत्मनिर्भर बनाउन विप्लव नेतृत्वको नेकपा खोटाङले धान रोप्यो

पार्टीलाई आत्मनिर्भर बनाउन विप्लव नेतृत्वको नेकपा खोटाङले धान रोप्यो

Banner News 3, ताजा अपडेट, समाचार
खोटाङ, वैशाख १४ । यतिबेला सबै राजनीतिक दल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित छन् । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ भने पार्टीलाई आत्मनिर्भर बनाउन धमाधम खेती गरिरहेको छ । केही समय अगाडि आलु खेती सुरु गरेका पार्टीका नेता कार्यकर्ताले मंगलबार जिल्लाको रावाबेसी गाउँपालिकामा धान रोपेका छन् । उत्पादनबाट पार्टीलाई आत्मनिर्भर बनाउने उद्श्यले रावाबेसी गाउँपालिका–४ डुम्रे धारापानी स्थित कटहरे ब्यँसीमा दुई दिन लगाएर करीब ५ रोपनी खेतमा धान रोपेको अखिल (त्रान्तिकारी) विद्यार्थी संगठन खोटाङका उपाध्यक्ष सयन्द्र नाछिरिङ राईले जानकारी दिनुभयो । पार्टीका नेता कार्यकर्ता एवं स्थानीयबासीको सहयोगमा धान रोपिएको उहाँको भनाइ छ । केही समय अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आलु रोपेको नेकपाले केही समय पश्चात ऐँसेलुखर्क गाउँपालिकामा माछा पालन सुरु गर्ने तयारी गरिरहेको...
खोटाङ : स्थानीय निर्वाचनका लागि १३ सय २८ जनाको उम्मेदवारी, कुन पालिकामा कति ?

खोटाङ : स्थानीय निर्वाचनका लागि १३ सय २८ जनाको उम्मेदवारी, कुन पालिकामा कति ?

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
पवन खड्का खोटाङ, वैशाख १३ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३ सय बढीको उम्मेदवारी परेको छ । आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिइएको थियो ।  दशवटै पालिकामा रहेका निर्वाचन कार्यालयमा गरी दुई दिनमा दलगत र स्वतन्त्रसहित १३ सय २८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये दुुई नगरपालिकाको नगरप्रमुखमा १३, उपप्रमुखमा ९, आठ गाउँपालिकाको अध्यक्षमा ३२, उपाध्यक्षमा २७, ७९ वडाको वडाध्यक्षमा २ सय ९५ र वडा सदस्यमा ९ सय ५२ जनाले मनोनयन दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जिल्ला निर्वाचन अधिकारी राजेश गौतमका अनुसार जिल्लाका दुई नगरपालिकामध्ये जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रमुुखका लागि ६ जना र उपप्रमुखका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेससहित चार दल...
दुर्छिम : दयाराम राईको नेतृत्वमा जसपाको उम्मेद्वारी, यस्ता छन एजेन्डा ?

दुर्छिम : दयाराम राईको नेतृत्वमा जसपाको उम्मेद्वारी, यस्ता छन एजेन्डा ?

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख १२ । हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिममा जनता समाजवादी पार्टी (जसपा) ले छुट्टै उम्मेद्वारी दर्ता गरेको छ । यस नगरपालिकामा कांग्रेस बाहेक नेकपा माओवादी, जसपा र एकीकृत समाजवादी (एस)ले गठबन्धन गर्ने जिल्लामा निर्णय भएपनि सहमती नभएपछि जसपाले छुट्टै उम्मेद्वारी दर्ता गराएको पार्टीले जनाएको छ । आफ्नो पकेट क्षेत्र रहेको दुर्छिम वडामा वडाध्यक्ष जसपालाई दिन अन्य पार्टी नमानेपछि जसपा एक्ले चुनावी मैदानमा उत्रिने निर्णय गरेको जसपा हलेसी तुवाचुङ नगर समिति अध्यक्ष मबिन्द्र चाम्लिङले बताउनुभयो । राईको भनाइ अनुसार दयाराम राईको नेतृत्वमा आज मनोनय दर्ता गरिएको छ । जसमा खुल्ला सदस्यामा युकराज राई र जितेन्द्र राई, महिला सदस्यमा कोपिला राई र दलित सदस्यमा दिलकुमारी दमाइको उम्मेद्वारी दर्ता भएको छ । जसपाले जिते के हुन्छ ? नागगरिले विश्वास गर्दै जसपाका उम्मेद्वारलाई मत दिएर जिताए पहिलो प्रथामिकत...
हलेसी तुवाचुङ : कांग्रेसबाट मेयरमा विमला राई र उम–मेयरमा रमेश राउत

हलेसी तुवाचुङ : कांग्रेसबाट मेयरमा विमला राई र उम–मेयरमा रमेश राउत

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख १२ । हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुख र उप–प्रमुखमा नेपाली कांग्रेसले उम्मेद्वारी टुंगो लगाएको छ । नगर प्रमुखमा विमला राई र उप–प्रमुखमा रमेश राउतले टिकट पाउनु भएको कांगेसले जनाएको छ । राई यस अघि नगरपालिकाको उप–प्रमुख हुनुहुन्थ्यो भने राउत वडा नम्बर ६ मंगलटारको वडाध्यक्ष हुनुहुन्थ्यो । कांग्रेसको प्रदेश नम्बर १ समितिले राई र राउतलाई उम्मेद्वारी बनाउने निर्णय गरेसँगै मनोनय दर्ताकालागि तयारी गरिएको स्रोतले जनाएको छ । हलेसी तुवाचुङमा कांग्रेसले एक्लै लड्ने निर्णय गरेको छ । यस्तै गठबन्धनको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसले माहाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । नगर प्रमुखमा उम्मेद्वार मनोनयन दर्ता गराउन काठमाण्डौबाट दिक्तेल आउनु भएका पोखरेललाई कांग्रेसकै कार्यकर्ताले हातपात समेत गरेका छन् । नगर प्रमुखमा तिर्थराज भट्टराई...
एमाले खोटाङले टुङ्ग्यायो दशवटै पालिकामा उम्मेद्वार, कुनमा को ?

एमाले खोटाङले टुङ्ग्यायो दशवटै पालिकामा उम्मेद्वार, कुनमा को ?

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख ११ । नेकपा एमाले खोटाङले जिल्लाका दशवटै पालिकामा चुनाव लड्ने प्रमुख /अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको उम्मेद्वार टुङ्गो लगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख – कुमार आचार्य उपप्रमुख – वीणादेवी राई/राजकुमारी राई (टुङ्गो लाग्न बाँकी) हलेसी तुवाचुङ नगरपालिका प्रमुख – खडेन्द्र साम्पाङ राई उपप्रमुख – तुलसा बुढाथोकी साकेला गाउँपालिका अध्यक्ष – गोपीकृष्ण खड्का उपाध्यक्ष – दिलकुमारी राई वराहपोखरी गाउँपालिका अध्यक्ष – गोमा मगर उपाध्यक्ष – जीवनकुमार राई रावाबेँसी गाउँपालिका अध्यक्ष – हरि पोखरेल उपाध्यक्ष – कौशिला गुरुङ दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष – लोकेन्द्र राई उपाध्यक्ष – अरूणा थापा मगर जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष – शंखरबहादुर राई उपाध्यक्ष – विमला राई खोटेहोङ गाउँपालिका  अध्यक्ष – कविता राई उपाध्यक्ष – राजन बञ्...
खोटाङ : जंगलबाट गाउँ पसेको डढेलोले चार घर र तीन मतान जले

खोटाङ : जंगलबाट गाउँ पसेको डढेलोले चार घर र तीन मतान जले

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, वैशाख ११ । जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा चार घर र दुई मतान घर पूर्ण जलेर नष्ट भएको छ । एक मतान घर आंशिक जलेको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको सल्लेनीस्थित जोरमाटार सामुदायिक वनमा आइतबार दिउँसो लागेको डढेलो बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । आगलागीबाट स्थानीय रामकुमार राईको ढुंगा माटोको गारो र फुसको छानो भएको २ तल्ले घर र २ तल्ले मतान घर पूर्ण रूपमा जलेको छ । घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट हुँदा करिब २ लाख ५० हजार बराबरको क्षति भएको छ । यस्तै दीपक राईको ढुंगा माटोको गारो र जस्ताको छानो भएको २ तल्ले घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन जली नष्ट हुँदा ३ लाख १० हजार, शिवकुमारी तामाङको ढुंगा माटोको गारो र फुसको छानो भएको २ तल्ले घर र १ तल्ले मतान...
खोटाङ : प्रसूति व्यथाले गम्भीर महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार

खोटाङ : प्रसूति व्यथाले गम्भीर महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार

ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, वैशाख ११ । खोटाङमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरिएको छ । ऐँसेलुखर्क गाउँपालिका–३, ऐँसेलुखर्ककी २९ वर्षीया विमला थापा राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाइ सेवाबाट उद्धार गरी सुविधा सम्पन्न अस्पातल पठाइएको हो । प्रसूति व्यथाले पीडित उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेकाले थप उपचारका लागि प्रसूति गृह थापाथली, काठमाडौँ पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।...
खोटाङ : ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

खोटाङ : ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ वैशाख १० । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट बालुवा र आलु लिएर दिक्तेलतर्फ आउँदै गरेको ना ६ त ८२३१ नम्बरको ट्याक्टर साकेला गाउँपालिका–५ मात्तिमस्थित डाँडाटोलमा आज साँझ ५:२० को समयमा दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब २५/३० मिटर तल खसेको छ । ट्याक्टरमा सवार सोही गाउँका ४९ वर्षका शुक्रराज राई र ४५ वर्षका दिलीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । ट्याक्टर चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । घाइते दुवै जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । घाइतेमध्ये शुक्रराजको अनुहारमा गहिरो चोट छ । उनको एउटा आँखासमेत बाहिर निस्केको जिल्ला अस्पताल खोटाङ...
बिजुलेस्थित पदम पुरी सहिद पार्क निर्माणले गति लिँदै

बिजुलेस्थित पदम पुरी सहिद पार्क निर्माणले गति लिँदै

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणधीन पदम पुरी सहिद पार्क निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । लामो समयदेखि अलपत्र परेको भन्दै आलोचना खेपिरहेको पार्कको काम अहिले भने धमाधम भइरहेको हो । हलेसी तुवाचुङ नगरपालिका–१० आर्खौलेस्थित बिजुले बजारमा निर्माणधीन रहेको सहिद पार्क करिब ६/७ वर्ष अघिदेखि निर्माण गर्न सुरु गरिएको स्थानीयले बताएका छन् । पहिले सडकभन्दा माथिल्लो जग्गामा पार्क निर्माण सुरु गरिएको थियो । जहाँ अहिले पनि एउटा पिल्लर निर्माण गरेको देख्न सकिन्छ । तर सडक फराकिलो बनाएर कालोपत्रे गर्दा सडकभन्दा माथिल्लो जग्गामा पार्क निर्माण गर्न नमिल्ने भएपछि अहिले सडकभन्दा तल निर्माण गरिएको अर्खौलेका वडाध्यक्ष ज्ञानबहादुर पुरीले बताउनुभयो । अन्य निकायको सहयोगमा स्थानीयबासीले निर्माण सुरु गरेको पार्क स्थानीय तह आएसँगै अहिले हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्त...
एमाले खोटाङले नौ पालिकामा प्रमुखको उम्मेद्वार टुङ्ग्यायो, कुन पालिकामा को ?

एमाले खोटाङले नौ पालिकामा प्रमुखको उम्मेद्वार टुङ्ग्यायो, कुन पालिकामा को ?

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले खोटाङका दशमध्ये नौ पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुखको उम्मेद्वार टुङ्गो लगाएको छ । एमाले जिल्ला कमिटी स्रोतका अनुसार सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमारप्रसाद आचार्य र उपप्रमुखमा विणादेवी राईको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङको नाम सिफारिस गरेको एमालेले उपप्रमुखको उम्मेद्वार भने तोकेको छैन ।ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्षमा गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेल, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार राईको नाम सिफारिस हुँदा उपाध्यक्ष पदको उम्मेद्वारको नाम आएको छैन । रावाबेँसी गाउँपालिकाको अध्यक्षमा हरिकुमार पोख्रेल र उपाध्यक्षमा कौशिला गुरुङको नाम सिफारिस भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र राईल...