Saturday, August 1News That Matters

ताजा अपडेट

मोटरसाईकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर ढुंगानाको मृत्यु

मोटरसाईकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर ढुंगानाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, फागुन ८ । दुर्घटनामा परेर खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत ३१ वर्षीय इन्जिनियर दिपक ढुंगानाकाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते इन्जिनियरको उपचारकालागि काठ्माण्डौं लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कनेक्रममा दुई जना सवार प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटरसाईकलमा माक्पा फेदी सडक खण्डमा शनिबार राती करीब ७ बजे दुर्घटना भएको हो । सडकबाट करीब २ सय ५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । दुर्घटनामा घम्भिर घाइते ढुंगानाको स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार पछि तथ उपचारकालागि एम्बूलेन्सबाट काठ्माण्डौं लैजानेक्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार पुगेपछि रातको करीब १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सू...
दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

दिक्तेल बजारमा नक्कली मह बिक्री गरिरहेका एक जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ७ । नक्कली मह बिक्री गरिरहेको अवस्थामा खोटाङमा १३ वर्षीय एक किशोर पक्राउ परेका छन् । जिल्ला सदरमुकाम दिक्तेल बजारबाट महजस्तो देखिने ५ केजी पदार्थसहित अन्देश करौडीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । करौडीसँगै मह बिक्री गरिरहेका अर्का एक जना फरार रहेका छन् । उनको खोजिभइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । जिल्लामा नक्कली मह बिक्री भइरहेको भन्दै यसअघि उद्योग बाणिज्य संघ खोटाङले सबैलाई सचेत रहन आग्रह समेत गरेको थियो ।...
प्रजातन्त्र दिवसमा खोटाङका ५ जना कैदीबन्दीको सजाय मिनाहा

प्रजातन्त्र दिवसमा खोटाङका ५ जना कैदीबन्दीको सजाय मिनाहा

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ७ । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा खोटाङका ५ जना कैदबन्दी रिहा भएका छन् । असल चालचलन भएका ६ जना कैदीबन्दीको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभाग, काठडमाडौंलाई सिफारिस गरिएकोमा ५ जनाको भुक्तान गर्न बाँकी कैद मिनाहा भएको जिल्ला कारागार खोटाङले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो । कैद मिनाहा हुनेमा पाँचै जना पुरुष रहेका छन् । कर्तव्य ज्यान मुद्दाका २, ज्यान मार्ने उद्योगका २ र डाँका मुद्दाका १ जना कैदीको भुक्तान गर्न बाँकी कैद मिनाहा भएको जिल्ला कारागार खोटाङका कार्यालय सहयोगी ज्ञानप्रसाद आचार्यले जानकारी दिनुभयो । प्रजातन्त्र दिवसको अवसरमा सरकारले देशभरका ५ सय १ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ ।  ...
खोटाङबाट मन्त्रीलाई ज्ञापनपत्र : गाई–गोरु काटमार गर्न पाउनु पर्छ

खोटाङबाट मन्त्रीलाई ज्ञापनपत्र : गाई–गोरु काटमार गर्न पाउनु पर्छ

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, फागुन ६ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङले गाई गोरु काटमार गर्न पाउनुपर्ने माग गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राई र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’लाई ज्ञापनपत्र बुझाएको छ । गठबन्धनमा आबद्ध खोटाङका राजनीतिक दलले मन्त्रीद्वयलाई बधाइ तथा शुभकामना आदानप्रदान गर्न जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजना गरेको कार्यक्रममा महासंघले ज्ञापनपत्र बुझाएको हो । मुलुकी अपराध संहिता, २०७४ को धारा २८९ आदिवासी जनजातिको परम्परागत धर्म संस्कृतिमा आघात पुग्ने खालको व्यवस्था भएकोले उक्त धारा खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको महासंघले जनाएको छ । ‘नेपालको संविधान भाग १ को धारा ४ मा नेपाल एक स्वतन्त्र, अभिभाज्य सार्वभौम सत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी लोकतान्त्रिक गणतान्त्रात्मक राज्य हो भनी उल्लेख भएको छ । तर मुलुकी अपराध संहित...
वराहपोखरी : सेवा प्रवाहमा टोकन प्रणाली, कसैलाई छैन सास्ती

वराहपोखरी : सेवा प्रवाहमा टोकन प्रणाली, कसैलाई छैन सास्ती

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
पवन खड्का खोटाङ, ५ फागुन । प्रायः सेवाग्राहीको अत्यधिक भीड लाग्ने कार्यालयले टोकन प्रणालीको आधारमा सार्वजनिक सेवा प्रवाह गरेको पाइन्छ । तर, खोटाङको दुर्गम मानिने वराहपोखरी गाउँपालिकाले भने सेवा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागु गरेको छ । सेवा प्रवाहमा टोकन प्रणाली लागु गर्ने वराहपोखरी गाउँपालिका जिल्लाकै एक मात्र हो । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङका अरू कुनै पनि पालिकामा यस खालको अभ्यास छैन । गत आर्थिक वर्ष २०७७/०७८ मा गाउँसभाबाट टोकन प्रणाली लागु गर्ने निर्णय पारित गरेर ५ लाख बजेटसमेत छुट्याएको गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ बाट उपकरण खरिदपछि जडान गरेर टोकन प्रणाली सुरु गरेको हो । गत आर्थिक वर्षबाटै सेवा प्रवाहमा टोकन प्रणाली लागु गर्ने योजना भए पनि कोरोना महामारीका कारण केही ढिलाइ हुन गएको गाउँपालिकाका सूचना प्रविधि अ...
हलेसी तुवाचुङले चार प्रकारका सीप मुलक तालिम प्रदान गर्ने

हलेसी तुवाचुङले चार प्रकारका सीप मुलक तालिम प्रदान गर्ने

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गरिबी निवारणका लागि सीपमुलक तालिम प्रदान गर्नेभएको छ । नगरपालिकाको आर्थीक वर्ष २०७८\०७९ को गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तरगत बिभिन्न चार प्रकारका सीप मुलक तालिन निशुल्क प्रदान गर्न लागेको हो । मोटर साइकल र मिनिटिलर वर्कसव, इलेक्ट्रिसियन (वायरिङ, व्युटि पार्लर र बुटिङ सम्बन्धि तालिम प्रदान गर्न लागेको नगरपालिकाले सूचना प्रकाशन गरेर जानकारी गराएको छ । तालिम लिन इच्छुक व्यक्तिले फागुन ११ गतेसम्म सम्बन्धि वडा कार्यालय र नगरपालिकाको उद्यम विकास शाखामा आवेदन दिन सकिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्यले जानकारी दिनुभयो ।...
हलेसी तुवाचुङ : चार ठाउँमा स्वास्थ्य शिविर, २ सय ७७ महिलाको पाठेघर परीक्षण र उपचार

हलेसी तुवाचुङ : चार ठाउँमा स्वास्थ्य शिविर, २ सय ७७ महिलाको पाठेघर परीक्षण र उपचार

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ५ । पाठेघर खसेर एवं पाठेघरमा क्यान्सर भएर कठिनाइ झेलिरहेका महिलालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको निशुल्क शिविरबाट २ सय ७७ जनाले सेवा लिएका छन् । नगरपालिकाले नगर भित्रका चार स्वास्थ्य चौकीमा फागुन १,२,३ र ४ गते शिविर सञ्चालन गरेको थियो । फागुन १ गते वडा नम्बर १ बाहुनिडाँडामा सञ्चालन भएको शिविरबाट ७५ जनाले, २ गते वडा नम्बर ६ स्थीत मंगलटार स्वाथ्य चौकीबाट ५५ जनाले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । यस्तै ३ गते वडा नम्बर ९ स्थीत सल्ले स्वास्थ्य चौकीमा भएको शिविरबाट ९० जनाले र ४ गते वडा नम्बर १० अर्खौले स्थीत सहरी स्वास्थ्य केन्द्र नबलपुरमा भएको शिविरबाट ५७. जना गरी चार दिन सञ्चालन भएको शिविरबाट जम्मा २ सय ७७ जना महिलाले सेवा लिएको उहाँको भनाइ छ । पाठेघर खसेका र पाठेघरमा क्यान्सर भएका महिलाको पहिचान गर्ने र उप...
आगामी चुनावका लागि खोटाङमा १९ हजार मतदाता बढे

आगामी चुनावका लागि खोटाङमा १९ हजार मतदाता बढे

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ४ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खोटाङबाट मतदान गर्ने मतादताको संख्या १९ हजार बढीले वृद्धि भएको छ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा १ लाख २५ हजार १ सय ७८ जना मतदाता रहेका थिए । त्यसयता विभिन्न समयमा सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन अभियानबाट १९ हजार २ सय ९६ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । योसँगै जिल्लामा कुल मतदाताको संख्या १ लाख ४४ हजार ४ सय ७४ पुगेको छ । कार्यालयका कम्प्युटर अपरेटर सञ्जीव खड्काले कुल मतदातामध्ये पुरुष मतदाताको संख्या ७५ हजार ४ सय ७८ र महिला मतदाताको संख्या ६९ हजार २६ जना रहेको जानकारी दिनुभयो । यद्यपी, निर्वाचन आयोगबाट अन्तिम विवरण नआएसम्म यसमा केही घटबढ भने हुन सक्ने उहाँको भनाइ छ । कार्यालयको प्रारम्भिक विवरण अनुसार जिल्लामा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...
खोटाङमा पाँच जना बन्दकर्ता पक्राउ

खोटाङमा पाँच जना बन्दकर्ता पक्राउ

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन ४ । खोटाङमा पाँच जना बन्दकर्ता पक्राउ परेका छन् । एमसिसीकोविरुद्ध बन्द गराउँदै हिँड्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । एमसिसी समझौता विरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी लगायतका राजनितिक दलले आज नेपाल बन्दको आह्वान गरेका थिए । सोहिक्रममा बन्द गराउदै हिड्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहका अनुसार पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) खोटाङ जिल्ला सेक्रेटरी झमप्रसाद आचार्य, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका खोटाङ जिल्ला सचिवालय सदस्य सुदिप शर्मा, सोहि पार्टीको विद्यार्थी संगठनमा आबद्ध कमल थापा, अजय चाम्लिङ र संगम राई रहेका छन । उनिहरुलाई दिक्तेल रुपाकोट मझुवागढी...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : खोटाङका ६२ विद्यालय छानिए (सूचीसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : खोटाङका ६२ विद्यालय छानिए (सूचीसहित)

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन ३ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ सामुदायिक विद्यालय छनोट भएका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ सामुदायिक विद्यालय छनोट गर्दा खोटाङबाट ६२ वटा विद्यालय परेका हुन् । जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले सिफारिस गरेकोमा विभिन्न चार वटा कार्यक्रमका लागि ६२ वटा विद्यालय छानिएका हुन् । जसमा आइसीटी ल्याब व्यवस्थापनका लागि २४ वटा, ४ कोठे भवन निर्माणका लागि १८ वटा, २ कोठे भवन निर्माणका लागि १९ वटा र बाली विज्ञान विद्यालय स्थापनाका लागि एउटा विद्यालय छनोटमा परेको हो । जिल्लाबाट कार्यक्रमका लागि सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका ९ वटा विद्यालय छानिएका छन् । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐँसे...