Saturday, August 1News That Matters

ताजा अपडेट

सपीङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क : आम्दानीको स्रोत, पर्यटकीय गन्तव्य

सपीङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क : आम्दानीको स्रोत, पर्यटकीय गन्तव्य

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मफागुन ३ । खोटाङको सदरमुकाम दिक्तेलस्थित रत्नपार्कमा सपीङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न पश्चात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेबी राईले आज संयुक्त रुपामा उद्घाटन गरेर पार्क सञ्चालनमा ल्याएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सपीङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क निर्माण भएको हो । पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँमा उमा–लामा–अन्सुबी जेभीले पार्क निर्माण गरेको हो । २०७८ बैशाख २६ गते भएको सम्झौता अनुसार २०७९ बैशाख २६ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर निर्माण कम्पनीले सम्झौता भन्दा ३ महिना अघिनै संरचना निर्माण गरेर नगरपालिकालाइ बुझाए...
खोटाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

खोटाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन २ । भीरबाट लडेर खोटाङमा एक जना महिलाको ज्यान गएको छ । जन्तेढुंगा गाउँपालिका–६ केराबारीकी ४० वर्षीया इन्द्रकला मगरको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुुका ५ः१५ बजे केराबारीस्थित दामिरबोटे भन्ने ठाउँबाट बिउ राख्ने धान बोकेर घर फर्कँदै गर्दा नजिकैको स्याउखोला भीरबाट लडेर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार भीर नजिकैको गोरेटो बाटोबाट करिब ५७ मिटर तल अँगेरीको रुखमा अल्झिएको अवस्थामा मगरको शव भेटिएको हो । अबेरसम्म घर आइनपुगेपछि उहाँका श्रीमान् सम्बर राईले खोजी गर्ने क्रममा राति ९ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराउनुभएको थियो । घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय खोटाङबजार र चिसापानीबाट खटिएको प्रहरी टोलीले कानुुनी प्रक्रिया पूरा गरेर शव पोष्...
खोटाङमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, एक गम्भीर घाइते

खोटाङमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, एक गम्भीर घाइते

Banner News 1, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन २ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । आज बिहान १०ः१५ बजे हलेसी तुवाचुङ नगरपालिका–७ स्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिएर सडकबाट करिब ७५ मिटर तल खसेको थियो । दुर्घटनामा परी ट्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–१०, नौलापुरका १४ वर्षीय सिटामोल भन्ने शेखर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । दुर्घटनामा ट्याक्टरमा सवार सवारी धनी हलेसी तुवाचुङ नगरपालिका–७ का ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाइते हुनुभएको छ । घाइते राईलाई हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचारपछि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो । मृतक मगरको शव कानुनी प्रक्रिय...
खोटाङका एक बालकको उपचारकोलागि आर्थीक सहयोगको याचना

खोटाङका एक बालकको उपचारकोलागि आर्थीक सहयोगको याचना

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन २ । खोटाङका एक बालकको उपचारकोलागि आर्थीक अभाव भएपछि परिवारले सहयोगको याचना गरेको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–२का १४ बर्षिय सन्तोस पुरिको उपचारकोलागि परिवारले सहयोगको याचना गरेको हो । बालक पुरी बिगत ५ महिनायता काठमाडौका बिभिन्न अस्पतालमा उपचाररत रहेका छन । पुरीको यतिबेला काठमाडौको ट्रमा अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । अचानक कम्मर पछाडिको नसा च्यापियर एउटा खुट्टा नचल्ने भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको खुट्टाको शल्लेक्रिया गर्नु पर्ने बालक पुरीका दाई कुमार पुरीले बताउनुभयो । तर परिवारको आर्थीक स्थीत नाजुक भएका कारण शल्लेक्रियाका लागि खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरिएको छ । बालक पुरीका वुबाआमाको यसअघिनै मृत्यु भइसकेको छ । हाल उनका दाइले हेरचाह गर्दै आएका छन । आर्थीक सहयोग गर्न चाहाने इच्छुकले बालकका दाई कुमार पुरिको नाममा रहे...
खोटाङमा तीन जनाले गरे व्यवसायिक रुपमा मौरी पालन सुरु

खोटाङमा तीन जनाले गरे व्यवसायिक रुपमा मौरी पालन सुरु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, फागुन २ । नेपालका बिभिन्न ठाउँमा मौरीलाई काठको बाकस, काठको खोपा, काठको मुडा आदिमा राखेर प्राचीन समय देखिनै पालन गर्ने गरेको बताइन्छ । पछिल्लो समय आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस फेर्म घारको आविष्कार भएसँगै यसको प्रयोग हुँदै आएको छ । केहि व्यक्तिले पुरानै घारमा अझै पनि मौरी पालन गरेको गाउँघरमा प्रसस्तै देख्न सकिन्छ । तर नेपालमा व्यवसायिक रुपमा मौरी पालन गरिएको भने कमै मात्रामा पाइन्छ । यसै शिलशिलामा खोटाङका तीन जनाले व्यवसायिक रुपमा मौरी पालन सुरु गरेका छन । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–३ धोद्रे राई टोलका जीवन राई, हर्क बहादुर सुनुवार र रामबहादुर राईले व्यवसायिक रुपमा मौरी पालन सुरु गरेका हुन । ऐसेलुखर्क कृषी समुह मौरी ब्लक नामक कृषी फर्म दर्ता गरेर मौरी पालन सुरु गर्नुभएका उहाँहरुसँग अहिले १० घार मौरी रहेका छन । खरित गरेर ६० घार लगायपनि सुरुवाती दिनम...
जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियु क्रान्तीकारी खोटाङद्धारा दीप प्रज्वलन

जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियु क्रान्तीकारी खोटाङद्धारा दीप प्रज्वलन

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, फागुन १ । आज २७ औँ जनयुद्ध दिवस खोटाङमा दीप प्रज्वलन गरेर मनाइएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तीकारी खोटाङले जिल्ला सदरमुकाम स्थीत त्रिवेणिचोकमा दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको हो । माओवादी केन्द्रका जिल्ला स्तरका नेता कार्यकर्ता एवं विद्यार्थी संगठनको उपस्थीतीमा “अनेरास्ववियू क्रान्तिकारी– जिन्दावाद”, “वीर शहिदहरु –अमर रहुन”, “नेकपा माओवादी केन्द्र –जिन्दावाद” लगायतका नारा लगाउदै आज साँझ ७ः३० बजे दीप प्रज्वलन गरेका हुन । १० वर्षे जनयुद्धलाई र त्यसको जगमा हासिल उपलब्धिलाई कसैले अवमूल्यन गरे त्यसको प्रतिकार गर्ने अनेरास्ववियु क्रान्तीकारी विद्यार्थी संगठन खोटाङका संयोजक एवं प्रदेश नम्बर एकका सचिव डिआर खड्काले बताउनुभयो । साथै जनता र राष्ट्रियताको रक्षाको पहरेदार माओवादीनै रहेको पनि उहाँको भनाइ छ । माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु ...
खोटाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सयभन्दा तल

खोटाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सयभन्दा तल

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १ । खोटाङमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १  सयभन्दा तल झरेको छ । अघिल्लो दिनसम्म १  सय २ जना सक्रिय संक्रमित रहेको जिल्लामा आज एकैदिन २४ जना निको भएसँगै यो संख्या ८० मा झरेको हो । जिल्लामा पछिल्लो समय दैनिक थपिने संक्रमितको भन्दा निको हुनेको संख्या निरन्तर बढ्दो छ । नमुना परीक्षण गरिएकामध्ये पनि जिल्लामा पछिल्लो समय संक्रमण निकै कममा देखिने गरेको छ । जिल्लामा आज एकैदिन २४ जना सक्रमणमुक्त हुँदा २ जना मात्र नयाँ संक्रमित थपिएका छन् । विभिन्न स्थानमा गरिएको २० जनाको एन्टिजेन परीक्षणमा २ जनामा मात्र संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । संक्रमित सबै होम आइसोलेसनमा रहेका उहाँले बताउनुभयो ।...
खोटाङमा बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग

खोटाङमा बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १ । खोटाङमा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग भएको पाइएको छ । शनिबार बिना पास चलाएको भन्दै प्रहरीले चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा कार्यालयको बा २ ब ९४४८ नम्बरको मोटरसाइकल, दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा २ ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर वडा कार्यालयको को २ ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३–०२–००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । अब उप्रान्त सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने शर्तमा छाडिएको र मोटरसाइकल सम्बन्धित कार्यालयलाई बुझाइएको शाहले बताउनुभयो । ...
आइतबारदेखि नेपालमा रेल कुद्ने

आइतबारदेखि नेपालमा रेल कुद्ने

Banner News 2, ताजा अपडेट, समाज
माघ २८ : आइतबारदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म ड्राइ रन (खाली) सञ्चालन गरिने भएको छ।  फागुन १ गतेदेखि दैनिक एकपटक कुर्थादेखि जयनगर र जयनगरदेखि कुर्थासम्म ड्राइ रन रेल सञ्चालन गरिने नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले बताए। निर्देशक झाका अनुसार  सञ्चालनमा आइसकेपछि अवरोध नहोस् भन्ने उद्देश्यले परीक्षणका लागि ड्राइ रन (खाली) रेल चलाइने जानकारी दिए। 'रेल सञ्चालन भए पनि त्यसमा यात्रु बोकिँदैन। नेपाल रेल्वे  खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, संकेतलगायतको परीक्षण हुन्छ', झाले भने। यो क्रममा त्रुटि फेला परे मर्मत सम्भार गर्ने योजना रहेको  कम्पनीका महाप्रबन्धक झाले बताए। ड्राइ रनका लागि रेलको लिंक वरपर अतिक्रमण गरी लगाएको हाटबजारको व्यवस्थापन, टहरा छाप्रो हटाउने, एलसी गेट (लेभल क्रसिङ) द्वार, स्टेशन, हल्ट सेन्टरसहित अन्य भौतिक संरचना तथा प्राविधिक मर्मत  भइसकेको...
ओमानलाई नेपालले ६ विकेटले हरायो

ओमानलाई नेपालले ६ विकेटले हरायो

Banner News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
माघ २८ : चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले जित हात पारेकाे छ । ओमानले दिएकाे एक सय ३६ रनकाे लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायाे ।  नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रन बनाए । यस्तै आरिफ शेखले २५ रनकाे याेगदान गरे । बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए । यसअघि अल अमिरात क्रिकेट मैदानमा भएकाे खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनायाे । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै माेहम्मद नदीमले ३१ रनकाे याेगदान गरे ।  बलिङतर्फ नेपालका लागि अविनाश बाेहराले तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।   आजकाे खेलसँगै दीपेन्द्रसिंह ऐरीले टी–२० करिअरमा आफ्नो पाँच सय रन पूरा गरेका छन् । उनी याे उपलब्धि हात पार्ने नेपालकाे पहिलाे खेलाडी बनेका छन् । यसअघि पारस ख...