खोटाङमा १२ वर्षीया बालिका बलात्कृत, ३५ वर्षीय परियार पक्राउ
खोटाङ, चैत २३ । खोटाङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ परेको छ । घरमा कोही नभएको बेला १२ वर्षीया बालिकालाई ललाई फकाइ गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउ नालीका ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहिबार दिउँसो घरमा कोही नभएको मौका छोपेर परियारले बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । बालिकालाई जबरजस्ती करणी गरेको खबर पाए लगत्तै प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट खटिएका प्रहरीले अभियुक्त परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । मावली घरमा बस्दैआएकी १२ वर्षीया बालिकालाई परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।...







