Saturday, April 18News That Matters

Banner News 3

सामुदायिक विद्यालयका ३५१ जना विद्यार्थीलाई झोला वितरण

सामुदायिक विद्यालयका ३५१ जना विद्यार्थीलाई झोला वितरण

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १३ । रावा बेसी गाउँपालिका–६ हौँचुर वडा कार्यालयले सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला (स्कुल ब्याग) वितरण गरेको छ । वडा भित्रका सामुदायिक विद्यालयका कक्षा १–५ सम्मका सबै विद्यार्थीलाई झोला वितरण गरिएको हो । पञ्चकन्या, जनएकता, शिंहदेवि, जनता र बछलादेवि आधारभूत विद्यालयसँगै शारदा माध्यमिक विद्यालयको कक्षा १–५ सम्मका ३ सय ५१ जना विद्यार्थीलाई झोला वितरण गरिएको वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । सम्बन्धित विद्यालयमा पुगेर वडाका जनप्रतिनिधिहरुले झोला वितरण गरेका हुन् । अन्य विद्यालयमा यस अघिनै वितरण गरिएको थियो । शारदा माविका विद्यार्थीलाई शुक्रबार वितरण गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण तथा शैक्षिक सुधारमा टेवा पुर्‍याउने उद्श्यले झोला वितरण गरिएको कार्कीको भनाइ छ । विद्यार्थीलाई झोला वितरणको लागि वडाले चालु आर्थिक वर्ष ...
विद्यार्थी नहुँदा कक्षा कोठा खाली

विद्यार्थी नहुँदा कक्षा कोठा खाली

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, पुस १० । खोटाङको एक सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा एउटा कक्षा कोठा खाली रहेको पाइएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयको कक्षा दुई खाली रहेको पाइएको हो । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा ११ जना विद्यार्थी भर्ना भएका थिए । कक्षा एकमा दश जना र कक्षा तीनमा एक जना विद्यार्थी भर्ना भएका हुन् । कक्षा दुईमा भने कोही पनि विद्यार्थी भर्ना भएनन् । दश जना भर्ना भएपनि अहिले कक्षा एकमा ६ जना विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक लोकबहादुर कार्कीले बतानुभयो । भर्ना गरिए पनि अन्य विद्यार्थीको उमेर सानै रहेकाले उनिहरु विद्यालय नियमित आउन नसकेको उहाँको भनाइ छ । कक्षा दुई मा कोही पनि विद्यार्थी नभएपछि कक्षा तीनको एकजना र कक्षा एकको ६ जनालाई एउटै कोठामा राखेर पठनपाठन गराइर...
वडामै पुगेर अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण, नागरिकताकालागि कागजपत्र संकलन

वडामै पुगेर अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण, नागरिकताकालागि कागजपत्र संकलन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा एक दिने एकीकृत घुम्ती शिविर आयोजना गरिएको छ । अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण, नागरिकताकालागि कागजपत्र संकलन एवं स्वास्थ्य, कृषि तथा पशुसम्बन्धि विभिन्न सेवाकालागि घुम्ती शिविर आयोजना गरिएको हो । उक्त घुम्ती शिविरमा ४७७ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाज नेपालले खार्मीमा सोमबार संयुक्त आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न आवश्यक कागजपत्र सङ्कलन, ४२ जनाको मृगौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरालाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा २३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको नगरपालिकाले जनाएको छ । शिविरमा सेवा लिन खार्मीवासीहरुको भिड ला...
हलेसीमा भएको आँखा शिविरमा ९१ जनाको निःशूल्क अप्रेसन, ५९० जनाले लिए सेवा

हलेसीमा भएको आँखा शिविरमा ९१ जनाको निःशूल्क अप्रेसन, ५९० जनाले लिए सेवा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको तीन दिने निःशूल्क आँखा शिविरमा ९१ जनाको अप्रेसन गरिएको छ । हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहिबारदेखि शनिबारसम्म सञ्चालन भएको शिविरमा ९१ जनाको अप्रेसनमार्फत उपचार गरिएको हो । ९१ मध्ये ६४ जनाको मोतीविन्दुको अप्रेसन गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । अन्य २७ जनाको आँखामा मासु पलाएको, मासुको ढल्लो देखिएको (माइनर) अप्रेसन गरिएको उहाँको भनाइ छ । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ५ सय ९० जनाले निःशूल्क सेवा लिएका छन् । ४ सय बढीलाई निःशूल्क औषधि तथा १ सय ५० बढीलाई निःशूल्क चस्मा वितरण गरिएको श्रेष्ठले बताउनुभयो । अप्रेसन गरिएको ९१ जनालाईनै कालो चस्मा पनि निःशूल्क प्रदान गरिएको छ । शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावा बेस...
खोटाङमा यो वर्ष धान उत्पादन घट्यो

खोटाङमा यो वर्ष धान उत्पादन घट्यो

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २ । खोटाङमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा १ हजार ६ सय १२.७३ मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङले जनाएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा २८ हजार ८ सय ९२ मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०८०/०८१ मा घटेर २७ हजार २ सय ७९.२७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङका सूचना अधिकारी सञ्जय कुमार पण्डितले जानकारी दिनुभयो । पशुचौपायमा देखिएको लम्पी स्किन रोगका कारण यस वर्ष धान उत्पादनमा गिरावट आएको उहाँको भनाइ छ । अघिल्लो वर्ष १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष १२ हजार १ सय २४.१२ हेक्टर क्षेत्रफलमा मात्र धान लगाइएको हो । लम्पी स्किन रोग लागेर गोरु मरेपछि शतप्रतिशत क्षेत्रफलमा किसानले धान रोप्न नसक्दा उत्पादनमा कमी आएको सूचना अधिकारी पण्डितले बताउनुभयो । दुई नगरप...
खोटाङमा मनाइयो मानव अधिकार दिवस, लैंगिक हिंसा विरुद्धको अभियान समापन

खोटाङमा मनाइयो मानव अधिकार दिवस, लैंगिक हिंसा विरुद्धको अभियान समापन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर २४ । खोटाङमा ७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन र मानव अधिकार दिवस संयुक्तरुपमा आइतबार दिक्तेलमा मनाइएको हो । दिक्तेल बजारमा सचेतनामूलक प्रभातफेरी निकाल्दै जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव अधिकारको इतिहास र हालको अवस्थाको विषयमा मानव अधिकार आयोग प्रदेश शाखा खोटाङका प्रमुख गीताकुमारी दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै, जिल्ला प्रहरी कार्यालयकोतर्फबाट कार्यपत्र प्रस्तुत गर्दै प्रहरी निरीक्षक बेनु कार्कीले हाल जिल्लामा शारीरिकरुपमा अशक्त तथा बालबालिकामाथी बढी हिंसा भइरहेको बताउनुभयो । शारीरिकरुपमा अशक्त र १० वर्ष मुनिका बालिकामाथि यौनजन्य हिंसा पछिल्लो समय बढ्दै गएको उहाँको भनाइ छ । लैंगिक हिंसा तथा अन्य जुनसुकै हिंसाका पीडितको पक्षमा भन्दा पिडकको पक्षमा भनसुन धेरै ...
लालुपाते सहकारी : पक्राउ परेका ५ जना धरौटीमा छुटे, ४ जना कारागार चलान

लालुपाते सहकारी : पक्राउ परेका ५ जना धरौटीमा छुटे, ४ जना कारागार चलान

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर २१ । खोटाङको दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रकरणमा पक्राउ परेका ९ जना मध्ये ४ जना कारागार चलान भएका छन् । पक्राउ परेका ५ जना भने धरौटीमा छुटेका छन् । खोटाङ जिल्ला अदालतमा १३ मंसिरमा दर्ता भएको ठगी सम्बन्धी कसूरका ३५ प्रतिवादीमध्ये ४ जना बिहीबार कारागार चलान भएको खोटाङ जिल्ला अदालतका श्रेस्तेदार सिताराम खड्काले बताउनुभयो । पुर्पक्षका लागि कारागार चलान हुनेमा सहकारीका तत्कालिन अध्यक्ष मृतक अनिल जोशीका भाई सुनिल जोशी, जोशीका श्रीमती रविना श्रेष्ठ, प्रबन्धक रुकु श्रेष्ठ र ऋणी जसुदा पौडेल रहेका छन् । सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ, लेखापाल सुमना राई र कोषाध्यक्ष रमा शाक्य १०–१० लाख र सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाँई र सचिव मनोज राई ५–५ लाख धरौटीमा छुटेको श्रेस्तेदार खड्काले बताउनुभयो । अन्य प्रतिवादी अदालतमा हाजिर भएप...
हलेसी तुवाचुङले वडामै योजना सम्झौता र बैंक खाता खोलिदिएपछि नागरिकलाई सहज

हलेसी तुवाचुङले वडामै योजना सम्झौता र बैंक खाता खोलिदिएपछि नागरिकलाई सहज

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडा वडामै योजना सम्झौता र बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने योजनाहरु सम्बन्धित वडामै सम्झौता भइरहेको हो । सबै उपभोक्ता समितिको बैंक खाता पनि वडामै खोल्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट छनोट भएका पालिका स्तरीय एवं वडाबाट छनोट भएका वडा स्तरीय योजनाहरु सम्बन्धित वडा कार्यालयमा पुगेर सम्झौता गरिएको नगरपालिकाका योजना शाखामा कार्यरत रमेश श्रेष्ठले बताउनुभयो । योजना सम्झौतासँगै उपभोक्ता समितिको बैंक खाता पनि वडाबाटै खोल्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । ११ वटा वडा रहेको नगरपालिकामा हालसम्म ४ वटा वडामा योजना सम्झौता र बैंक खाता खोल्ने काम सकिएको छ । वडा नम्बर १ बाहुनिडाँडामा ५ वटा योजना, वडा नम्बर २ डिकुवामा ७ वटा, वडा नम्बर ३ च्यास्मिटारमा १० वटा र वडा नम्बर ११ राजापानीमा...
खोटाङबाट कांग्रेसको महासमिति सदस्यमा ११ जनानै सर्वसम्मत निर्वाचित

खोटाङबाट कांग्रेसको महासमिति सदस्यमा ११ जनानै सर्वसम्मत निर्वाचित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, मङ्सिर २० । खोटाङमा नेपाली कांग्रेसको महासमिति सदस्य सर्वसम्मत चयन भएको छ । आवश्यक भन्दा बढी ब्यक्तिको उम्मेद्वारी नपरेपछि जिल्लाबाट ११ जनालाई सर्वसम्मत निर्वाचित गरिएको नेपाली कांग्रेस खोटाङले जनाएको छ । एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट ११ जना महासमिति बैठकका लागि प्रतिनिधि हुने कांग्रेसको विधानको व्यवस्था छ । सोही अनुसार खोटाङबाट ११ जना महासमिति सदस्यका लागि मङ्सिर १९ र २० गते निर्वाचन मिति तोकिएको थियो । तोकिएको समयमा ११ जनाको मात्रै उम्मेद्वारी परेपछि उहाँहरुलाई विजयी घोषणा गरिएको निर्वाचन अधिकृत एवं नेपाल शिक्षक संघ खोटाङका अध्यक्ष मेजर राईले जानकारी दिनुभयो । खोटाङबाट महासमिति सदस्यमा खुलातर्फ सुवास कुमार पोखरेल, शहरमान राई, जितेन्द्र सिंह ठकुरी, रविप्रकाश राई, लोकेन्द्र राजभण्डारी, कमला राई र सरिता खड्का, आदिवासी जनजातीतर्फ भिषण राई र देबकुमारी राई, खस आर्यतर्फ सुमनबाबु आचा...
कोरिया भ्रमणको पहिलो दिन

कोरिया भ्रमणको पहिलो दिन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, विविध, स्थानीय
तीर्थराज भट्टराई म गतवर्ष नगरपालिकाको प्रतिनिधित्व गर्दै खोटाङ मुढे निवासी निमा शेर्पाको पहलकदमी र NRNA तोचिगीका अध्यक्ष मन्दिप क्षेत्रीको निम्तोमा जापान गएको थिएं । १५ दिन जापान बस्दा SMS कम्पनीका सुरेन्द्र अधिकारी , महेश लुईंटेल , श्याम खड्का , पत्रकार संतोष घिमिरे , नेपाली मनका स्थानीय वासिन्दा यामागुची सान , प्रा. डा. आस्थाप्रभा तुलाघर , ज्योतिरत्न तुलाधरको सहयोगले सफल भएको थियो जापान भ्रमण । त्यहाँ बस्दा निमा शेर्पाको परिवार पेमाल्यामु , दावा, आंछिरिंग, मिंगमा लगायत सबै परिवारको ठूलो योगदान र भूमिका रह्यो । त्यही भ्रमणको जगमा २०८० असोज १७– २१ गते दिक्तेलमा ५ दिने मुन्दुम अन्तराष्ट्रिय प्लेन एयर चित्रकला तथा कला प्रदर्शनी २०८० भव्यता पूर्बक सम्पन्न गरिसकेका छौं हामीले । त्यही जगलाई टेकेर नगरपालिकाका उपप्रमुख विसन राई र म दक्षिण कोरिया भ्रमणको पहिलो दिनको यात्रा तय गर्नुछ आज । दिक्ते...