Sunday, April 19News That Matters

Banner News 3

एपिएफ हलेसी गुल्मको १३ औँ स्थापना दिवस, २ उत्कृष्ट कर्मचारी सम्मानित

एपिएफ हलेसी गुल्मको १३ औँ स्थापना दिवस, २ उत्कृष्ट कर्मचारी सम्मानित

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, वैशाख १२ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गुल्म हे. क्वा. हलेसी खोटाङको १३ औँ स्थापना दिवस मनाइएको छ । खोटाङमा सशस्त्र प्रहरीको गुल्म १२ वैशाख २०६७ मा विधिवत रुपमा स्थापना भएको थियो । स्थापना भएको अवसरमा गुल्मले मंगलबार १३ औँ स्थापना दिवस मनाएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित सशस्त्र प्रहरीको गुल्ममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराईको प्रमुख आतिथ्यतामा सहिदहरु प्रति रित अर्पणसँगै केक काटेर गुल्मले आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा २ उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । आर्थीक वर्ष २०७९/०८० को हालसम्म उक्त गुल्ममा कार्यरत रही अनुसाशित रुपमा कार्य गर्ने सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश राई र प्रहरी जवान अर्जुन बस्नेतलाई प्रशंसा पत्रले सम्मानित गरिएको गुल्मले जनाएको छ । यस्तै, मासिक रुपमा छनोट भएका प्रहरी जवानहरु ...
मालपोत कार्यालय खोटाङ हाकिम बिहिनहुँदा सेवाग्राही मर्कामा

मालपोत कार्यालय खोटाङ हाकिम बिहिनहुँदा सेवाग्राही मर्कामा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, रोचक, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ११ । मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय प्रमुख सरुवा भएर गएपछि लामो समयसम्म मालपोत कार्यालय प्रमुह बिहिनहुँदा सेवाग्राही मर्कामा परेका हुन् । प्रमुख नहुँदा हाल मालपोतमा राजिनामा, दृष्टिबन्दक, बकसपत्र, लगायतका सामान्य कामहरु मात्र भइरहेका छन् । हाकिम नहुँदा नामसारी लगायतका महत्वपुर्ण काम रोकिएको छ । जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरु करीब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका पुरानो घर भएका मनिकुमार राई हाल झापामा बस्दै आएका छन् । बुवाको मृत्यु पश्चात गाउँको जग्गा आमाको नाममा नामसारी गर्न वैशाख २ गते जिल्ला आएका राई मालपोतमा कार्यालय प्रमुख नहुँदा मर्कामा परेको बताउँछन् । पुरानो प्रमुख सरुवा भएको र नयाँ प्रमुख चाडै आउने कार्यालयका कर्मचारीबाट ...
दिक्तेलबाट खोटाङबजार जादै गरेको बसको ढोकाबाट खसेर एक ब्यक्तिको मृत्यु

दिक्तेलबाट खोटाङबजार जादै गरेको बसको ढोकाबाट खसेर एक ब्यक्तिको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ९ । दिक्तेलबाट खोटाङ बजार जादै गरेको बसको ढोकाबाट खसेर एक ब्यक्तिको मृत्यु भएको छ । जिल्ला सदरमुकाम दिक्तेलबाट खोटेहाङ गाउँपालिका केन्द्र खोटाङ बजार जादै गरेको बसको ढोकाबाट खसेर शुक्रबार राती जन्तेढुंगा गाउँपालिका–३ का ३८ वर्षिय दिनेश राईको मृत्यु भएको हो । खोटाङ बजार पुग्नै लाग्दा खोटेहाङ गाउँपालिका–४ बड्का दियालेस्थित कुला भन्ज्याङमा शुक्रबार राती करीब ९ः३० बजे ९ः३० बजे बा.३ ख ३४४१ नम्बरको बस गुडिरहेको अवस्थामा राई ढोकाबाट खसेका थिए । ढोकाबाट खसेर बसले किच्दा गम्भीर घाइते भएका राईलाई उपचारकालागि नजिकै रहेको खोटाङ बजार स्वास्थ्य चोकीमा लगिएको थियो । उपचारका क्रममा राईको राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गुडिरहेको बसको ढोकाबाट खसेर राईको मृत्यु भएपछि उचित क्षतिपूर्ति नमिल्दा परिवारले शनिबार अबेरसम्म शव जिम्मा लिएका थिएनन् । दुवै पक्षबीच सहमती ...
ह्वाटस्एपबाट खोटाङको एक महिलाको ३ लाख बढी रकम ठगी, नवलपरासीको महिला पक्राउ

ह्वाटस्एपबाट खोटाङको एक महिलाको ३ लाख बढी रकम ठगी, नवलपरासीको महिला पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, वैशाख ७ । ह्वाटस्एपको माध्यमबाट खोटाङको एक महिलाको ३ लाख भन्दा बढी रकम ठगी भएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक महिलालाई ह्वाटस्एपको माध्यमबाट प्रलोभन देखाएर ३ लाख १५ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । प्रलोभनमा पारेर ठगी गर्ने नवलपरासी बर्दघाट नगरपालिका–४ की ४७ वर्षीय गीतादेबी चापागाई प्रहरीले पक्राउ गरेको छ । चापागाईले ‘तपाईलाई पाउण्ड पार्सल आएको छ, उक्त पार्सल लिन रकम पठाउनु प¥यो’ भनेर प्रलोभन देखाएको बताइएको छ । ह्वाटस्एपमा मेसेज पठाएर रकम स्क्यान गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । यश विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
स्थायी शिक्षक भएको अवसरमा स्वास्थ्य उपचार यातायात खर्च कोषमा २५ हजार सहयोग

स्थायी शिक्षक भएको अवसरमा स्वास्थ्य उपचार यातायात खर्च कोषमा २५ हजार सहयोग

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ७ । स्थायी शिक्षक भएको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा ठाडोफुलेलीकी सर्मिला राईले गाउँमा स्थापना गरिएको स्वास्थ्य उपचार यातायात खर्च कोषमा २५ हजार सहयोग गर्नुभएको छ । यातायात खर्च अभावमा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्थाका घाईते तथा बिरामीको सहयोगका लागि स्थापना गरिएको कोषमा राईले २५ हजार सहयोग गर्नुभएको हो । २३ घरको देउसीभैली कार्यक्रमबाट संकलन भएको २५ हजारबाट ठाडोफुलेलीमा २०७९ सालमा खालिङ राई विपद व्यबस्थापन कोष स्थापना गरिएको हो । शिक्षिका राईले २५ हजार सहयोग गरेसँगै अहिले कोषमा ५० हजार पुगेको कोषका अध्यक्ष मुगाधन राईले जानकारी दिनुभयो । अध्यक्ष राई, कोषाध्यक्ष कला राई, सचिव गंगा साम्पाङ, रोक्तोकोम महिला समुहकी उपाध्यक्ष जैमती राई लगायतलाई चेक हस्तान्तरण गर्नुभएको हो । गाउँकै जनचेतना आधारभुत विद्यालयको प्रधानाध्यापकमा कार्यरत शिक्षिका राई...
रावाबेसी गाउँपालिकामा ५११ जनाको निःशूल्क स्वास्थ्य परिक्षण तथा उपचार

रावाबेसी गाउँपालिकामा ५११ जनाको निःशूल्क स्वास्थ्य परिक्षण तथा उपचार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ६ । खोटाङको रावा बेसी गाउँपालिवासीले निःशूल्क स्वास्थ्य परिक्षण गराएका छन् । गाउँपालिकाले काठमाण्डौं मेडिकल कलेजसँगको सहकार्यमा आयोजना गरेको स्वास्थ्य शिविरमा पालिकावासीले निःशूल्क स्वास्थ्य परिक्षण गराएका हुन् । गाउँपालिकाको केन्द्र हरमटारमा बुधबार भएको स्वास्थ्य शिविरमा ५ सय ११ जनाले सेवा लिएका छन् । सेवा लिनेहरुमा २ सय ६५ महिला र २ सय ४६ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कौसल अधिकारीले जानकारी दिनुभयो । उनिहरुको जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी, छाला रोग, नाक, कान, घाँटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट, मिर्गौला रोग र मुटु रोग गरी १४ प्रकारका रोगहरुको उपचार तथा पहिचान गरिएको छ । रोगको सामान्य अवस्थामा रहेका सेवाग्रहीहरुको शिविरमै उपचार गरिएको छ । जसका लागि शिविरमा औषधिको व्यवस्था...
खस्कियो महुरेगढी प्राविधिक शिक्षालयको नतिजा, प्रथम सेमेस्टरमा सबै अनुत्तीर्ण

खस्कियो महुरेगढी प्राविधिक शिक्षालयको नतिजा, प्रथम सेमेस्टरमा सबै अनुत्तीर्ण

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ५ । खोटाङको महुरेगढी प्राविधिक शिक्षालयको नतिजा खस्किएको छ । एक समय सबै विद्यार्थी उतिर्ण गराउने प्राविधिक शिक्षालयको नतिजा हाल शून्यमा झरेको हो । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर (नियमित)मा महुरेगढी प्राविधिक शिक्षालयको नतिजा ‘शुन्य’ छ । सिटिइभिटिले २०७९ जेठमा महुरेगढीका ४८ विद्यार्थीले परिक्षा दिएका थिए । उक्त परिक्षामा कुनै पनि विद्यार्थी उत्तिर्ण हुन नसकेको पाइएको छ । सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा महुरेगढी प्राविधिक शिक्षालय स्थापना गरिएको हो । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजाका विषयमा समिक्षा गर्दै कमजोरी सच्याउने योजना बनाइएको शिक्षालयका प्राचार्य पुष्पराज प्याकुरेलले बताउनुभयो । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा प्रदेशभरीका प्राविधिक शिक्षालयमध्ये गणेशमान मेमोरियल एकेडेमी, झापाले सबैभन्दा ...
बाक्सिलामा आयोजित निःशूल्क स्वास्थ्य शिविरको पहिलो दिन ८ सय बढीले लिए सेवा

बाक्सिलामा आयोजित निःशूल्क स्वास्थ्य शिविरको पहिलो दिन ८ सय बढीले लिए सेवा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ४ । खोटाङको केपिलासगढी गाउँपालिले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिकदेखि बालबालिकाले सेवा लिएका छन् । बाक्सीलामा सोमबारबाट सुरु भएको दुई दिने बृहत स्वास्थ्य शिविरको पहिलो दिन ८ सय ७५ जनाले लिए सेवा लिएका हुन् । जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला रोग, नाक,कान, घाटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, मिर्गौला रोग, मुटु रोगसहित १५ किसिमको रोगको उपचार तथा पहिचान स्वास्थ्य शिविरमा गरिएको छ । विभिन्न भूगोलबाट आएका महिला, ज्येष्ठ नागरिक, बालबालिका, युवायुवती लगायतले सेवा शिविरमा सेवा लिएका छन् । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको शिविरका लागि काठमाण्डौ मेडिकल कलेजबाट २६ जना चिकित्सकको टोली बाक्सिलामा आएका छन् । शिविरमा स्वास्थ्य जाँच तथा उपचारका लागि आएका नागरिकलाई गाउँपा...
नेताको आफन्तको करार जागिर जाने भएपछि स्थायी शिक्षकलाई विद्यालयमा हाजिर गर्न रोक

नेताको आफन्तको करार जागिर जाने भएपछि स्थायी शिक्षकलाई विद्यालयमा हाजिर गर्न रोक

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ३ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित भाषा आधारभुत विद्यालयमा खटिएर गएका स्थायी शिक्षकलाई हाजिर गर्न रोक लगाइएको छ । गाउँपालिकाले खटाएका दुई जना स्थायी शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले हाजिर गर्न रोक लगाएको हो । नेपाल सरकारले लिएको स्थायी परिक्षामा सफल भएर रावा बेसीमा गएका २१ जना शिक्षकलाई चैत २८ गते गाउँपालिकाले आवश्यकताका आधारमा विभिन्न विद्यालयमा खटाएको थियो । अन्य १९ जना शिक्षक खटाएको विद्यालयमा हाजिर भएर पठनपाठन गर्न थालिसकेका छन् । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय नेताको आफन्तको करारको जागिर जाने भएपछि भाषा आधारभुत विद्यालयमा स्थायी शिक्षकलाई हाजिर हुन् रोक लगाइएको बुझिएको छ । उक्त विद्यालयमा हाल प्रावि ४ दरवन्दी र निमावि १ राहत दरवन्दी छ । प्राविमा १ जना स्थायी र ३ जना करारका शिक्षक कार्यरत छन् । २ जना स्थायी शिक्षक आउँदा २ जना करारको शिक्षकको जा...
नेपाल नेत्र ज्योति संघद्धारा पत्रकार दमन राई सम्मानित

नेपाल नेत्र ज्योति संघद्धारा पत्रकार दमन राई सम्मानित

Banner News 2, Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २९ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सकृय खोटाङका पत्रकार दमन राई सम्मानित हुनुभएको छ । आफ्नो पाचौँ जिल्ला सभा तथा अधिवेशनको अवसरमा बुधबार नेपाल नेत्र ज्योति संघ खोटाङले पत्रकार राईलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द, विशिष्ट अतिथि प्रदेश सभापति एवं केन्द्रिय उपाध्यक्ष श्याम सुन्दर उदाशले दोसल्ला ओढाएर सम्मान पत्रले पत्रकार राईलाई सम्मान गर्नु भएको हो । जिल्लाको आँखा सेवाका महत्वपुर्ण पक्षलाई उजागर गर्ने समाचारलाई स्थानीय देखि अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन खेलेको महत्वपुर्ण भूमिकाको उच्च मुल्याङकन गर्दै पत्रकार राईलाई सम्मान गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभयो । २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल राई हाल नेपाल वाइड डटकमको सम्पादकसँगै, ग्यालेक्सी फोरके टेलिभिजन र हिमाल खबरकामा आवद्ध ...