मैनबत्ती र दियो बालेर, छिनो र मार्तोलले खनिएको ऐतिहासिक सुरुङ कुलो
राजकुमार भट्टराई
खोटाङ, मङ्सिर २२ । वि.स. २०४४ सालमा खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर साविक ८ कट्टिस्थित देउराली डाँडालाई त्यहाँका नागरिकले छेड्ने निधो गरे । लोचा खोला (हौँचुर खोला) को पानी खेतसम्म ल्याउन अन्य बिकल्प नभएपछि हौँचुरका केही ब्यक्तिको नेतृत्वमा गाउँबाट अन्नबाली संकलन गरेर ओखलढुंगा मानेभञ्ज्याङका बिर्ख बहादुर मगरको समुहलाई सुरुङ खन्ने जिम्मा लागाइयो । गाउँलेको जग्गा कृषि बैंकमा धितो राखेर निकालिएको रु १ लाख ४४ हजार ऋण र संकलन गरिएको ४० मुरी अन्नबाट सुरुङ सम्पन्न गर्ने गाउँलेको सपना थियो ।
मगरको समुहले देउराली डाँडा मुनी केही भूभाग सुरुङ खने, तर माथीबाट पहिरो झरेर सुरुङ पुरियो । गाउँलेले फेरी लामिडाँडा तिर्पाका हर्क बहादुर मगरको समुहलाई सुरुङ खन्ने जिम्मा दिए । केही समय खनेपछि पुनः सुरुङ पुरियो, धन्न उनिहरु बाँचे भने उनिहरुले प्रयोग गरेका हम्मर, छिनो, गैति लगायतका सामान ...






