भुपेन्द्र राईलाई समर्थन, संघ र प्रदेस ‘क’ मा कांग्रेसले दियो छुट्टै उम्मेद्वारी
खोटाङ, असोज २३ । सत्ता गठबन्धन बिरुद्ध नेपाली कांग्रेसले खोटाङमा छुट्टै उम्मेद्वारी दर्ता गराएको छ । सिट बाँडफाँडमा खोटाङ कांग्रेसलाई अन्याय गरेको भन्दै संघ र प्रदेश सभा ‘क’ मा कांग्रेसले स्वतन्त्र उम्मेद्वार दर्ता गराएको हो ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा एक प्रदेश सभा मात्र आफ्नो भागमा परेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो । सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको छ । यस्तै, प्रदेश सभा ‘क’ एकीकृत समाजवादी र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ ।
केन्द्रको उक्त निर्णयप्रति आपत्ति जनाउदै जिल्लाका कांग्रेसका शीर्षस्थानका नेताहरुले केन्द्रीय समितिलाई पत्र पठाएका थिए । तर पत्रको कुनै वास्ता नभएपछि जिल्ला सभापति, पूर्वसभापति, महाधिवेशन प्रतिनिधि लगायतको समर्थनमा पुर्व राज्य मन्त्री सर्वधन राईले प्रतिनिधि सभामा र महाधिवेशन...









