खोटाङ, साउन २५ । दिक्तल रुपाकोट मझुवागढी नगरपालिकाले आन्तरीक स्रोतकारुपमा चिल्ड्रेनपार्क सहितको सपिङ कम्प्लेक्स निर्माण गरेर गत फागुन ३ गते तामझामकासाथ उद्घाटन गर्यो । भवनको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, झट्ट हेर्दा संरचना नगरपालिकाको गतिलो आम्दानीको स्रोत बन्नेमा ढुक्क हुनुपर्ने जस्तो । अझ सपिङ कम्प्लेक्सको पछाडिको भागमा तयार भएको केटाकेटी खेल्ने स्वीमिङ पुल, कोलम्वस राईड (पिङ), स्वीङराईड लगायतका संरचनाले सुनमा सुगन्ध थपिएको भने जस्तै देखिन्थ्यो । नगरले निर्माण गरेको उक्त संरचनाको चौतर्फी तारिफसमेत भएको थियो ।
विडम्बना उक्त चिल्ड्रेनपार्क सहितको सपिङ कम्प्लेक्स अहिले विवादै विवादमा फसेको छ । निर्माण सम्पन्न भएको ६ महिना नबित्दै वर्षाले संरचना भासिएपछि केही समय अगाडि विवादमा आएको कम्प्लेक्सको जग्गा नेपाल बाल मन्दिरको नाममा रहेको खुलेको छ । नगरपालिकाले आफ्नो आन्तर...
२५ श्रावण २०७९, बुधबार२५ श्रावण २०७९, बुधबार२५ श्रावण २०७९, बुधबार by रुपाकोट खबरNo Comments
खोटाङ, साउन २५ । नेकपा एमालेका स्थायी कमिटि सदस्य राजेन्द्र गौतमले आगामि चुनावमा नेकपा माओवादीसँग गठबन्धन हुनसक्ने बताउनुभएको छ । नेपाल प्रेस चौतारी खोटाङले बुधबार (आज) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मंसिर ४ गते देशभर एकै पटक हुने संघीय र प्रदेश सभाको चुनावमा प्रगतिसिल, लोकतान्त्रीक र देशभक्त राजनीतिक पार्टी तथा संगठनसँग मिलेर एमाले जाने निर्णय भएको गौतमले बताउनुभयो । कांग्रेसको नेतृत्वमा समाजवादमा नपुगिने भन्दै नेपालमा वामपन्थीहरु एक हुनुपर्ने गौतमको भनाइ छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री स्विकारेर एमालेले माओवादीसँग गठबन्धन गर्नेहोलानी भन्ने पत्रकारको प्रश्नमा कोही व्यक्तिलाई प्रधानमन्त्री स्विकारर्न नसकिने तर माओवादीसँग गठबन्धन हुन सक्ने स्थिायी कमिटि सदस्य गौतमको जफाव छ । गौतमले भन्नुभयो, “कोही व्यक्तिलाई चुनाव अगाडिनै ...
२४ श्रावण २०७९, मंगलवार२४ श्रावण २०७९, मंगलवार२४ श्रावण २०७९, मंगलवार by रुपाकोट खबरNo Comments
खोटाङ, साउन २४ । खोटाङमा पुनः कोरोना भाइरस (कोभिड—१९) देखिन थालेको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा गरिएको ५८ जनाको एन्टिजेन परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये ३६ प्रतिशतमा संक्रमण देखिएको हो ।
जिल्ला अस्पताल खोटाङका प्रमुख डक्टर नितु लामाका अनुसार हिजोसम्म गरिएको ४४ जनाको परीक्षणबाट १५ जनामा संक्रमण देखिएको थियो । मंगलबार (आज) १४ जनाको परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनिहरुलाई होम आइसोलेशनमा राखिएको ड. लामाले बताउनुभयो ।
कोरोनाको लक्षण देखिनथालेपछि जिल्ला अस्पतालसँगै स्थानीय तहहरुमा पनि कोरोना परीक्षण सुरु भएको छ । सबै स्थानीय तहको तथ्यांक भने आउन बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनुभयो ।
देशभर ५ हजार बढी सक्रिय संक्रमित
नेपाल भर पछिल्लो...
२३ श्रावण २०७९, सोमबार२३ श्रावण २०७९, सोमबार२३ श्रावण २०७९, सोमबार by रुपाकोट खबरNo Comments
खोटाङ, साउन २३ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१२ जालपाका १३ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी खोटाङले राहत प्रदान गरेको छ । गत असार १७ गते गएको पहिरोले बिस्तापीत परिवारलाई सोमबार जालपा वडाकार्यालयमा पुगेर रेडक्रसले गैर खाद्य सामाग्रीको सेट राहत प्रदान गरेको हो ।
पहिरोले घर बगाएका एवं घर उच्च जोखिममा परेका जालपाका ९ घरपरिवार अहिले घर नजिकै बारीमा वडाले प्रदान गरेको त्रिपाल टागेर बसिरहेका वडाध्यक्ष दान बहादुर राईले बताउनुभयो । पहिरोले बिस्तापीत भएका प्रत्येक ९ परिवारलाई १ थान त्रिपाल, २ थान कम्बल, १ थान भाँडा सेट, एउटा बाल्टिन, २ थान सारी, कपडा, डोरी, १ थान हाइजिन किट (सरसफाइका सामान) प्रदान गरिएको हो । बाकी सामान्य क्षति भएका चार परिवारलाई १ थान त्रिपाल प्रदान गरिएको रेडक्रस सभापति ज्ञानेन्द्र जोसीले बताउनुभयो । राहत पाउनेमा जालपास्थित साबालुङ, खरबारी, घलेगाउँ, लम्बर्खुका स्थानीयहरु...
२३ श्रावण २०७९, सोमबार२३ श्रावण २०७९, सोमबार२३ श्रावण २०७९, सोमबार by रुपाकोट खबरNo Comments
खोटाङ, साउन २३ । अक्सिजन लिन खोटाङबाट सिलिन्डर लिएर काठमाडौं र बिराटनगर जानु पर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्टको स्थापना भएसँगै उक्त समस्याको अन्त्य भएको हो ।
प्लान्ट सञ्चालनका लागि अहिले विद्युतको समस्या रहेको बायो मेडिकल टेक्निसियन उषा देवि श्रेष्ठले बताउनुभयो । “४ सय भोल्टेज भन्दा माथी विद्युतको आवश्यक पर्छ तर, सधै आवश्यक अनुसार भोल्टेज आउदैन । त्यसैले जेनेरेटर जडान गरिएको छ । अहिले अक्सिजन उत्पादनमा समस्या छैन ।” टेक्निसियन श्रेष्ठले भन्नुभयो । प्लान्टले एक दिनमा २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने उहाँको भनाइ छ ।
प्लान्ट निर्माणभएसँगै जिल्लामा अब अक्सिजनको कुनै समस्या नहुने जिल्ला अस्पताल खोटाङका प्रमुख डक्टर नितु लामाले बताउनुभयो । “यस अगाडि अक्सिजन लिन सिलिन्डर लिएर काठमाडौं, बिराटनगर जानुपर्ने बाध्यता थियो । कोरोना भाइरस (कोभिड–१९) फैलिए...
२२ श्रावण २०७९, आईतवार२२ श्रावण २०७९, आईतवार२२ श्रावण २०७९, आईतवार by रुपाकोट खबरNo Comments
खोटाङ, साउन २२ । खोटाङमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको छ । वराहपोखरी गाउँपालिका–१, भिरगाउँकी गर्भवती विष्णा मगरको आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको हो ।
स्थानीय बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेर स्वास्थ्य अवस्था गम्भीर बनेकी उनलाई जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी हेलिकप्टर झिकाउन लगाएर भिरगाउँबाटै उद्धार गरिएको वराहपोखरी–१, वराहपोखरीका वडा अध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो ।
“बर्थिङ सेन्टरमा उहाँ सुत्केरी हुन सक्नुभएन । स्वास्थ्य अवस्था एकदमै नाजुक बन्दै गएको थियो,” वडा अध्यक्ष कार्कीले भन्नुभयो, “त्यसपछि तत्कालै गाउँपालिकाको स्वास्थ्य शाखालाई जिल्ला प्रशासनलाई पत्र लेखेर हेलिकप्टर झिकाउन भन्यौं र उहाँको उद्धार भयो।”
सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले गर...
२० श्रावण २०७९, शुक्रबार२० श्रावण २०७९, शुक्रबार२० श्रावण २०७९, शुक्रबार by रुपाकोट खबरNo Comments
खोटाङ, साउन २० । खोटाङमा सम्बन्ध विच्छेद गर्नेहरु दुई वर्षको अन्तरालमा दोब्बरले बढेका छन् । आर्थीक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थीक वर्ष २०७८/०७९ मा सम्बन्ध विच्छेद गर्नेहरु दोब्बरभन्दा बढीले बढेका हुन् ।
जिल्ला अदालत खोटाङको तथ्याङ्क अनुसार आर्थीक वर्ष २०७६/०७७ मा ७० वटा मुद्दा परेका थिए । जसमा ३५ वटा मुद्दा फछ्र्यौट भएको छ । आर्थीक वर्ष २०७७/०७८ मा सम्बन्ध विच्छेद गर्ने भन्दै १ सय ६ जनाले मुद्दा दिए । जसमा ३४ वटा फछ्र्यौट भएको छ । जिल्लामा सम्वन्ध विच्छेद गर्नेहरुको संख्या हरेक वर्ष बृद्धि भइरहेको छ । गत आर्थीक वर्ष २०७८/०७९ मा यो संख्या ह्वात्तै बढेको छ । विभिन्न कारण देखाउदै सम्बन्ध विच्छेद सम्बन्धि १ सय ८४ मुद्दा दर्ता भएका छन् । जसमध्ये १ सय ३८ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत खोटाङको प्रशासन शाखामा कार्यरत नायब सुब्बा सोनाम श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अदालतमा उक्त आर्थीक ...
२० श्रावण २०७९, शुक्रबार२० श्रावण २०७९, शुक्रबार२० श्रावण २०७९, शुक्रबार by रुपाकोट खबरNo Comments
खोटाङ, साउन २० । खोटाङका डिएसपी उमेश लम्सालको सरुवा भएको छ । बिगत १३ महिनादेखि जिल्ला प्रहरी कार्यालय खोटाङको प्रमुखमा कार्यरत डिएसपी लम्सालको सरुवा भएको हो । नयाँ डिएसपीमा मञ्जिल मुकारुङ आउनुहुने भएका छन् ।
आज एकै दिन नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उहाँहरुको काज सरुवा गरेको हो । खोटाङका डिएसपी लम्सालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारजगंज काठमाडौंमा सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरोबाट सरुवा भएर डिएसपी मुकारुङ खोटाङ आउनुहुने भएको हो ।
डीएसपीहरूको सरुवा सूची हेर्नुहोस् : ...
१९ श्रावण २०७९, बिहीबार१९ श्रावण २०७९, बिहीबार१९ श्रावण २०७९, बिहीबार by रुपाकोट खबरNo Comments
खोटाङ, साउन १९ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाईले नागरिकलाई सहजरुपमा सेवा दिनु आफ्नो पहिलो दायित्व रहेको बताउनुभएको छ । केही समय अगाडि खोटाङ आउनुभएका सिडियो सेडाईले जिल्ला प्रशासन कार्यालयमा आज भएको पत्रकारसँग परिचयात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो ।
खोटाङका तत्कालिन सिडिओ फडिन्द्र दाहालको सरुवा पश्चात असार ३० गते नयाँ सिडिओकारुपमा सेडाई आउनुभएको छ । आफ्नो प्रमुख कार्य सहजरुपमा सेवा प्रवाह गर्नु, सुशासन कायम गर्नु रहेको उहाँले बताउनुभयो । “हामी काम गर्न बसेका मान्छे हौँ, हामी ठालु पल्टिएर बस्ने मान्छे हैनौँ, जुन सुकै कार्यालयमा सेवाग्राहि सम्पुर्ण प्रक्रिया पुराएर आएको छ भने उसको काम हुनुपर्छ । किनकी उसको त्यो अधिकार हो ।” सेडाईले भन्नुभयो । हरेक विपतको समयमा बाटो, विद्युत, टेलिफोन, खाद्यन्य, पानी, औषधी लगायत अत्यावश्यक सामाग्रीहरुको सहज आपुर्तीकालागि सधै प्रयास गर्न...