खोटाङमा पनि म्यादी प्रहरी भर्ना थालियो, ११ सय ४७ जना छनोट हुने
खोटाङ, चैत्र ०६ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा पनि म्यादी प्रहरी भर्ना प्रक्रिया थालिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले आजदेखि म्यादी प्रहरीका लागि आवेदन लिन सुरु गरेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर शाहका अनुसार आजदेखि चैत ११ गतेसम्म आवेदन लिइनेछ । आवेदन खुलेको पहिलो दिन नै आवेदन दिनेको भीड लागेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त, सामान्य लेखपढ गर्न जान्ने नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा १ प्रति नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र ५ प्रति पासपोर्ट साइजको फोटो पनि पेश गर्नुपर्ने प्रहरी निरीक्षक शाहले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व सुरक्षाकर्मी, नेपाल...









