Friday, April 17News That Matters

Banner News 3

दसैँको अवसरमा कुभिण्डेमा भलिबल, ब्याडमिन्टन, नृत्य, छेलो र लङजम्प प्रतियोगिता

दसैँको अवसरमा कुभिण्डेमा भलिबल, ब्याडमिन्टन, नृत्य, छेलो र लङजम्प प्रतियोगिता

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज १८ । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा दसैँको अवसरमा वडा स्तरीय पुरुष भलिबलसँगै विभिन्न प्रतियोगिताहरु सञ्चालन हुँदैछ । असोज २० देखि २२ गतेसम्म सञ्चालन हुने दसैँ विशेष कार्यक्रममा चार प्रकारका खेलसँगै सामुहिक नृत्य प्रतियोगिता हुनेछ । रावा बेसी गाउँपालिका र कुभिण्डे वडा कार्यालयको आर्थिक सहयोगमा कुभिण्डे खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा असोज २० देखि २२ सम्म वडा स्तरीय भलिबल प्रतियोगिता हुनेछ । भलिबलसँगै असोज २० र २१ गते ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन हुनेछ । कार्यक्रमको अन्तिम दिन भलिबलको फाइनलसँगै छेलो हान्ने, पुरुष लङजम्प र सामुहिक नृत्य प्रतियोगिता हुने कुभिण्डेका वडाध्यक्ष गेहेन्द्र राईले बताउनुभयो । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा एक जना खेलाडी वडा भन्दा बाहिरको पनि राख्न पाइने बताइएको छ । प्रथम हुने टिमले रु ७५ हजार नगदसहित शिल्ड, मेडल र प...
लफ्याङमा डेढ लाख पुरस्कार राशिको वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै

लफ्याङमा डेढ लाख पुरस्कार राशिको वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज १७ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा डेढ लाख पुरस्कार राशिको वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । “मझुवागढी कालिका भगवती दोस्रो संस्करण, ११–ए साइड खुल्ला अन्तर वडा स्तरीय पुरुष फुटबल कप” आगामी पुस २० देखि २७ गतेसम्म सञ्चालन हुने बताइएको छ । प्रतियोगिताको वडा कार्यालय आयोजक तथा नमुना स्पोर्टस क्लब सह–आयोजक रहेका छन् । प्रतियोगिता लफ्याङस्थित रणजितमान राई खेलमैदानमा सञ्चालन हुने खोटाङ जिल्ला फुटबल संघको कार्यालय दिक्तेलमा बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । एक टिममा १६ जना खेलाडी हुनेछन् । एउटा वडाले ३ जना जिल्ला भन्दा बाहिरको र ४ जना वडा बाहिरको तर जिल्ला भित्रको खेलाडी राख्न पाउने नमुना स्पोर्टस क्लकका पूर्वअध्यक्ष एवं खोटाङ जिल्ला फुटबल संघका महासचिव काजिमान राईले बताउनुभयो । प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ५१ हजार १११ रुपैयाँ न...
खोटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टार पुल सुनकोशीले बगायो

खोटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टार पुल सुनकोशीले बगायो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १२ गते । खोटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टार पुल सुनकोशी नदीले बगाएको छ । सुनकोशी नदीमा आएको बाढीले शनिबार अपरान्ह मोटरेबल पुल बगाएको स्थानीय विकास राईले जानकारी दिनुभयो । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको उक्त पुल ‘आर्क’ डिजाइनको रहेको थियो । १२० मिटर लामो पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको थियो । करिब ११ वर्षमा निर्माण भएको पुल सञ्चालनमा आएको २ वर्ष नपुग्दै सुनकोशीले शनिबार बगाएको हो । फोक्सिङ्टारमा पुल बनेपछि पहाडी जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको थियो । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा मोटरेबल पक्की पुल सुनकोशीले बगाएसँगै खोटाङको तराईसँग सिधा सडक सम्पर्क टुटेको छ । पुल बगेपछि जिल्लावासी निराश भएका छन् ।...
माछा मार्न गएका खोटाङका युवा दुधकोशी नदीमा बेपत्ता

माछा मार्न गएका खोटाङका युवा दुधकोशी नदीमा बेपत्ता

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ७ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीको भनाइ अनुसार माछा मार्न गएकाबेला नदीमा परेको चप्पल निकाल्न खोज्दा मगर नदीमै डुबेका हुन् । आइतबार मगर सहितको आठ जनाको समुह माछा मार्न दुधकोसी पुगेका थिए । चिप्लिएर खुट्टाको चप्पल नदीले बगाउन थालेपछि अठ्याउन खोज्दा मगर नदीमै बगेर बेपत्ता बनेको मंगलटारका वडाध्यक्ष गन राईले बताउनुभयो । साविकको मंगलटार–८ डाँडागाउँका मगर असोज ६ गते साँझ ५ बजेतिर कुखुरेबेँसीबाट बेपत्ता बनेका हुन् । घटनापछि प्रहरी र स्थानीयको टोलीले नदी आसपासमा बेपत्ता युवाको खोजी गरिरहेको वडाध्यक्ष राईले बताउनुभयो ।...
दिक्तेलमा भोलीबाट भेट्रान फुटबल प्रतियोगिता

दिक्तेलमा भोलीबाट भेट्रान फुटबल प्रतियोगिता

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज ६ । जिल्ला सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सोबारबाट भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदै छ । तेस्रो केएफए अन्तर संस्थागत तथा भेट्रान फुटबल प्रतियोगिता सोमबार बिहान १०ः३० बजे उद्घाटन हुनेछ । खोटाङ फुटबल एकेडेमी मुख्य आयोजक एवं मनोज स्मृति प्रतिष्ठान सह–आयोजक रहेको यस प्रतियोगिताको तेस्रो संस्करणमा १० टिमले सहभागि जनाएका छन् । सोमबार भोली हुने उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबीच प्रतिस्पर्धा हुने छ । खेल बिहान ११ बजे सुरु हुने आयोजक संस्था केएफएका मुख्य प्रशिक्षक रोशेष श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको दोस्रो खेल सोमबार दिउँसो १ बजे आयोजक केएफए र भुगर्व वेस्ट मेनेजमेन्ट प्रालि दिक्तेलबीच पतिस्पर्धा हुने छ । तेस्रो खेलमा दिउँसो ३ बजे नेर्पा स्पोर्टस क्लब र नुनथला स्पोर्टस क्लब भिड्ने छन् । पहिलो चरणको चौथो खेलमा मंगलब...
अखिल (क्रान्तिकारी) को आयोजनामा दिक्तेल बहुमुखीमा वक्तृत्वकला

अखिल (क्रान्तिकारी) को आयोजनामा दिक्तेल बहुमुखीमा वक्तृत्वकला

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) क्याम्पस कमिटिको आयोजनामा दिक्तेल बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । संविधान दिवको अवसरमा बुधबार बिहान क्याम्पसमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा एलिसा राई प्रथम हुनुभएको छ । “नेपालको संविधानमा शिक्षाको हक र वर्तमान अवस्था” विषयमा भएको प्रतियोगितामा सरोज कार्की दोस्रो, अनुसिल राई तेस्रो र जीवन गजमेर चौथो हुनुभएको छ । प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमश २ हजार, १५ सय, १ हजार र ५ सय रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको अखिल (क्रान्तिकारी) क्याम्पस कमिटिका अध्यक्ष ललिजन राईले बताउनुभयो । कक्षा ११ र १२ स्तरीय वक्तृत्वकला प्रतियोगितामा १३ जना विद्यार्थीले भाग लिएका थिए । क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाजयन्ति राई को प्रमुख आतिथ्यतामा सम्पन्न कार्याक्रममा करिब २०० वि...
खोटाङमा स्वास्थ्यकर्मी सुतेकै ठाउँमा मृत भेटिए

खोटाङमा स्वास्थ्यकर्मी सुतेकै ठाउँमा मृत भेटिए

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ३० । खोटाङमा स्वास्थ्यकर्मी सुतेकै ठाउँमा मृत भेटिएका छन् । साकेला गाउँपालिका–३ खिदिमास्थित सामुदायिक स्वाथ्य सेवा इकाइ केन्द्र किवामा कार्यरत अहेव मणि घिमिरे मृत भेटिएका हुन् । शनिबार राती सुतेका अहेव घिमिरे आइतबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दिप्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा घर भएका २९ वर्षका घिमिरे डेढ वर्ष अघिदेखि साकेला गाउँपालिकामा कार्यरत थिए । साकेला गाउँपालिका–५ मात्तिममा साथीको घरमा सुतेको अवस्थामा अहेव घिमिरे मृत भेटिएको डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । सुतेको ठाउँमा मृत भेटिएका अहेव घिमिरे दीर्घरोगी रहेको बताइएको छ । मुटु सम्बन्धि समस्या भएका घिमिरेले नियमित औषधी सेवन गर्दै आएका थिए । कोल्टे परेर सुतेको अवस्थामा उनी मृत भेटिएपछि उक्त घरका ब्यक्तिले प्रहरीलाई खबर गरेको डिएसपी खड्काको भनाइ छ । कानुनी प्रक्रियाका लागि जिल्लाबाट ...
हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ

हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्ष भरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको शुक्रबार सार्वजनिक सुनुवाइ गरेको हो । नगरपालिकाले आर्थिक वर्ष ८०/८१ मा रु ७० करोड ५७ लाख २४ हजार ५८ रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा कुल बजेटको ८३.५४ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा रु १ करोड ५० लाख ९४ हजार ९ सय ३० रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । सुशासन र पारदर्शिताको लागि हलेसी तुवाचुङ नगरपालिकाले हरेक अर्ध वार्षिक र वार्षिकरुपमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ । आगामी दिनमा अझ चार चार महिनाको अन्तरमा नगरपालिमा भइरहेको कामहरुको विषयमा सार्वजनिक सुनुवाइ गर्ने मेयर विमला राईले बताउनुभएको छ । नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ एवं...
हलेसीको मुहार फेर्ने साढे ८ करोडको योजना शिलान्यास

हलेसीको मुहार फेर्ने साढे ८ करोडको योजना शिलान्यास

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २२ गते । प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा साढे ८ करोडको योजना शिलान्यास भएको छ । हलेसी बजार परिसर सडक ढलान, पर्यटकीय स्थल रक गार्डेन जाने सडक ढलान लगायतको योजना पूर्व सहरी विकास मन्त्री माननीय सीता गुरुङले शिलान्यास गर्नु भएको हो । चन्द्र ज्योति कन्स्ट्रक्सनले भ्याटसहित ८ करोड, ३९ लाख, ५१ हजार ७७४ रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त योजना अन्तरगत बजार एवं मन्दिर परिसरको सडक ढलान गरेर त्यसमाथि आकर्षक ढुंगा बिछ्याइने छ । सोही योजना अन्तरगत मध्यपहाडि लोकमार्गबाट पर्यटकीय स्थल रक गार्डेन जाने १२ सय मिटर सडक ढलान हुनेछ । यस्तै, हलेसी प्रवेश गेट नजिकै सवारी साधन पार्किङ स्थल निर्माण हुने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर गणेस पाण्डेले बताउनुभयो । २०८१ जेठ २९ गते ठेक्का सम्झौता भएको उक्त योजना आगामी असार मसान्तसम्मा सक्नु पर्ने छ । सम्झौता मिति भित्र सम्पन्न गर्न...
विद्यालय गएका खोटाङका दुई बालक कहिले घर नफर्किने गरी खोलामा अस्ताए

विद्यालय गएका खोटाङका दुई बालक कहिले घर नफर्किने गरी खोलामा अस्ताए

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ८ । विद्यालय गएका खोटाङका दुई बालक कहिले घर नफर्किने गरी अस्ताएका छन् । गाउँकै खोलाले उनीहरुको ज्यान लिएको छ । विद्यालयबाट घर फर्कने क्रममा दुई बालको खोलामा डुबेर मृत्यु भएको हो । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका भोजकुमार राईका ९ वर्षका छोरा राज राई र सोही गाउँका टंकराम राईको ११ वर्षका छोरा अर्जुन राईको खोलामा डुबेर मृत्यु भएको हो । स्थानीय चङ्खु खोलाको दहमा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो । साविकको राखाबांदेल–६ खिरुका राज सोही ठाउँमा रहेको जनहित प्राविमा कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए । शुक्रबार स्कुलबाट घर फर्कनेक्रममा पौडी खेल्न दहमा पसेका दुई बालकको दुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । चङ्खु खोला हिउँदमा सानो भए पनि वर्षामा ठूलो हुने गरेको छ । स्थानीयले हिउँदको समयमा गाईवस्तुलाई पानी खुवाउनक...