कवि चक्रले मृतक छोरीको सम्झनामा लेखेको “गमला” कविता सङग्रह बिमोचन (एउटा कविता सहित)
कवि चक्र्र बहादुर राईको “गमला” कविता सङग्रह बिमोचन भएको छ । हलेसी तुवाचुङ नगरपालिको सभागलमा आज शनिबार नगर प्रमुख इवन राईद्धारा “गमला” कविता सङग्रहको बिमचोन भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिममा जन्मनु भएका कवि राईको पहिलो कविता सङग्रह प्रतिमाको इतिहास बि.स २०६० सालमा प्रकाशन भएको थियो । राईको दोस्रो सङग्रहको रुपमा “गमला” कविता सङग्रह हलेसी तुवाचुङ नगरपालिकाको आर्थीक सहयोग र अदृश्य कला केन्द्रको समन्वयमा प्रकाशनसँगै आज बिमोचन भएको हो । “गमला” कविता सङग्रह माईली छोरी गमलाको मृत्युको बियोगमा लेखेकिएको लेखक चक्र बहादुर राईले बताउँनु भयो । ३३ वटा शिर्षकका कविता समेटिएको संङग्रहमा बियोगान्तसँगै बिभिन्न शिर्षकका कविताको रसस्वादन गर्न सकिने कवि एवं समिक्षक मन कुमार राई (अकेला यात्री) ले बताउँनु भयो ।
अदृश्य कला केन्द्रका अध्यक्ष कुबेर राईको अध्यक्षता, नगर प्रमुख इवन राईको प्रमुख आतिथ्यता...









