Friday, April 17News That Matters

Banner News 3

रावा बेसी पूर्णखोप सुनिश्चितता पालिका घोषणा

रावा बेसी पूर्णखोप सुनिश्चितता पालिका घोषणा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २० । रावा बेसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच पालिकालाई पूर्णखोप सुनिश्चितता घोषण गरिएको हो । नेपाल सरकारबाट निःशूल्क पाउने खोप सबै बालबालिकाले लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । हाल रावा बेसीमा नियमित खोप लगाइरहेका १५ महिना मुनीका ७७ जना बालबालिका रहेका छन् । १७४ जनाले पूर्णखोप लगाइसकेको स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले बताउनुभयो । पालिकामा १५ देखि ५९ महिनासम्मका ५५८ जना बालबालिका रहेका छन् । उनीहरु सबैले पूर्णखोप लगाइसकेको सुनिश्चित भएसँगै पालिकालाई आइतबार पूर्णखोप सुनिश्चितता पालिका घोषण गरिएको हो । जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई र जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाइले पालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको प्र...
प्रिन्सीपल अफ एसोसिएसन नेपाल खोटाङको अध्यक्षमा नविन चाम्लीङ

प्रिन्सीपल अफ एसोसिएसन नेपाल खोटाङको अध्यक्षमा नविन चाम्लीङ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १५ । प्रिन्सीपल अफ एसोसिएसन नेपाल (पान) खोटाङको अध्यक्षमा नविन चाम्लीङ चयन भएका छन् । एसोसिएसनको प्रथम जिल्ला अधिवेशनबाट हलेसी तुवाचुङ नगरपालिकास्थित सरस्वती मावि, अर्खौलेका प्रअ चाम्लिङ अध्यक्षमा चयन भएका हुन् । एसोसिएसनको उपाध्यक्षमा सरस्वती मावि (साकेला गाउँपालिका)का सितल राई, सचिवमा राम्चे निकेतन मावि (दिप्रुङ चुईचुम्मा गाउँपालिका)का ईश्वर लम्साल र कोषाध्यक्षमा वशन्त आधारभुत विद्यालय, खाल्ले (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका)का सञ्जित राई सर्वसम्मत चयन भएका छन् । अधिवेशनले प्रिन्सीपल अफ एसोसिएसनको २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । प्रिन्सीपल अफ एसोसिएसनको जेठ १५ गते जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न प्रथम बैठकले जिल्लाका विद्यालयतर्फ सरस्वती माबि, दिक्तेल, प्रअतर्फ चिसापानी माविका प्रअ रामबहादुर राउत, विव्यासतर्फ त्रिभुवन मावि, ऐसेलुखर्कका विव्यास अध्यक्ष ...
क्षयरोगको उपचार गरिरहेका बिरामीलाई नगरपालिकाद्धारा पोषण सहयोग

क्षयरोगको उपचार गरिरहेका बिरामीलाई नगरपालिकाद्धारा पोषण सहयोग

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १ । क्षयरोगका बिरामीलाई हलेसी तुवाचुङ नगरपालिकाले पोषण सहयोग गरेको छ । क्षयरोग लागेर उपचार गरिरहेका बिरामीलाई नगरपालिकाले चामल, दाल लगायतको पोषण सहयोग गरेको हो । नगरपालिकामा ९ जना क्षयरोगका बिरामी रहेका छन् । उनीहरुलाई नेपाल सरकारले निःशूल्क उपचार गरिरहेको छ । नगरपालिकाका स्वास्थ्यकर्मीको निगरानीमा औषधि खाईरहेका उक्त बिरामीहरुलाई नगरपालिकाले पोषण सहयोग गरेको हो । एक बोरा चामल, २ किलोग्राम दाल, एक क्यारेट अण्डा, एक लिटर तेल, पाँच किलोग्राम पिठो सहयोग गरिएको नगरपालिकाले जनाएको छ । मंगलबार वडा नम्बर ५ दुर्छिममा आयोजना गरिएको अपांगता शिविरमा मेयर विमला राईले सोही वडाका क्षयरोगका बिरामी सन्तोष राउतलाई पोषण सामाग्री प्रदान गर्नुभएको हो । अन्य ८ जना बिरामीलाई पनि सोही प्रकारको पोषण केही दिन भित्रमा प्रदान गरिने स्वास्थ्य शाखामा कार्यरत अहेव बिबेक पराजुलीले बताउनुभयो । हाल स्वास्थ्यकर...
विद्यार्थीले ४ लाख ६८ हजारसहित बिदाइ गरे अवकाश पाएका कार्यालय सहयोगीलाई

विद्यार्थीले ४ लाख ६८ हजारसहित बिदाइ गरे अवकाश पाएका कार्यालय सहयोगीलाई

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २८  । अनिवार्य अवकाश पाएका विद्यालयका कार्यालय सहयोगीलाई भूतपूर्व विद्यार्थीले नगदसहित बिदाइ गरेका छन् । ४० वर्ष अस्थायीरुपमा काम गरेका कर्मचारीलाई भूतपूर्व विद्यार्थीले ४ लाख ६८ हजार ७ सय ११ रुपैयाँ रकमसहित बिदाइ गरेका हुन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयमा २०४१ सालदेखि कार्यालय सहयोगी काम गर्नुभएका पर्शुराम भुजेल गत चैत मसान्तदेखि उमेरहदका कारण अनिवार्य अवकाश हुनुभएको छ । अस्थायीरुपमा विद्यालयमा ४० वर्ष काम गर्नुभएका भुजेललाई भूतपूर्व विद्यार्थीहरुले रकम संकलन गरेर सम्मानसहित बिदाइ गरेका हुन् । २० वर्षको उमेरदेखि ६० वर्षको उमेरसम्म विद्यालयमा पसिना बगाउनुभएका भुजेललाई सरकारले खाली हात घर पठाएकाले विद्यार्थीहरुले रकम संकलन गरेर सम्मान गरेको भूतपूर्व विद्यार्थी उत्तम खड्काले बताउनुभयो । २०२१ सालमा छितापोखरीमा जनसेवा प्राथमिक व...
हलेसी तुवाचुङका विद्यालयमा धमाधम भवन उद्घाटन, शान्ति आविले पायो नयाँ भवन

हलेसी तुवाचुङका विद्यालयमा धमाधम भवन उद्घाटन, शान्ति आविले पायो नयाँ भवन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित शान्ति आधारभुत विद्यालयको नयाँ भवन बुधबार उद्घाटन गरिएको छ । यस वर्ष नगरपालिकाको लगानीमा ९ वटा विद्यालयका भवनहरु निर्माण भइरहेका छन् । निर्माण सम्पन्न भएको शान्ति आविको तीन कोठे आरसिसि भवन मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गर्नुभएको हो । पञ्चावती आधारभुत विद्यालय मंगलटारको भवन पनि सम्पन्न पश्चात मंगलबार उद्घाटन गरिएको छ । कालिका आवि डिकुवाको भवन निर्माण सम्पन्न भएर उद्घाटन गर्न मात्र बाकी रहेको बताइएको छ । शान्ति आवि, पञ्चावती आवि र कालिका आवि तीन वटा विद्यालयको भवन निर्माणको जिम्मा सुदेवि कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले लिएको थियो । उक्त निर्माण कम्पनीले सम्झौता मिति भन्दा अगाडि नै भवन निर्माणको काम सम्पन्न गरेर २ वटा भवन उद्घाटन गरिएको छ । भ्याटसहित ८८ लाख ९९ हजार ६ सय ८१ रुपैयाँ ४५ पैसामा तीन वटा भवन ...
खोटाङमा मिडिया ग्रुपलाई सक्रिय बनाइने

खोटाङमा मिडिया ग्रुपलाई सक्रिय बनाइने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २५ । खोटाङमा मिडिया ग्रुपलाई सक्रिय बनाइने भएको छ । जिल्लामा ६ वर्ष अघि स्थापना गरिएको मिडिया ग्रुपलाई अब सक्रिय बनाएर लगिने भएको हो । जिल्लामा २०७५ सालमा मिडिया ग्रुपको स्थापना गरिएको थियो । हिमाल मिडिया ग्रुप नाम राखेर स्थापना गरिएको ग्रुपले सुरुवाती दिनमा जिल्लाका विभिन्न ठाउँमा पुगेर कार्यक्रमहरु गरेको थियो । केही रेडियोहरुमा प्रायोजन गरेर कार्यक्रमसमेत सञ्चालन गरेको थियो । विगत केही वर्षदेखि सुस्ताएको ग्रुपलाई अब सक्रियरुपमा अघि बढाइने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । मिडिया ग्रुपमा अहिले नयाँ कार्यसमितिसमेत चयन गरिएको छ । ज्ञानेन्द्र विश्वकर्मा (कमेडियन) को अध्यक्षमा गठित नयाँ कार्यसमितिले केही समय भित्र दिक्तेलमा कार्यालय स्थापना गरेर विभिन्न काम गर्ने जनाएको छ । कार्यालय स्थापना पश्चात संगीत, नाटक, नृत्य र चित्रकला कक्षा सुरु गर्ने अध्यक्ष विश्वकर्माल...
गर्मीको कारण कोशी आसपासका विद्यालय बिहान सञ्चालन गर्ने निर्णय

गर्मीको कारण कोशी आसपासका विद्यालय बिहान सञ्चालन गर्ने निर्णय

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोशी आसपासका विद्यालयको पठनपाठन हुने समय परिवर्तन गरेको छ । अध्याधिक गर्मी बढेपछि विद्यार्थीको सहजताको लागि दुधकोशी र सुनकोशी आसपासका ९ वटा विद्यालयको पठनपाठन समय बिहानलाई सारिएको नगरपालिकाले जनाएको छ । नगरपालिका क्षेत्रका कोशी आसपासमा अहिले ४० डिग्री सम्म तापक्रम पुगेको छ । जसकारण बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुदै आएको पठनपाठन बिहान ६ देखि ११ बजेसम्मलाई सारिएको नगर प्रमुख विमला राईले बताउनुभयो । बिहिबार बसेको कार्यापालिकाको बैठकले वडा नम्बर १ बाहुनीडाँडा, ४ बडहरे, ५ दुर्छिम, ८ धितुङ र ९ सल्लेको कोशी आसपासका एक/एक वटा विद्यालयको समय बिहानलाई सारेको हो । यस्तै, वडा नम्बर २ डिकुवा र ११ राजापानीको २/२ वटा विद्यालयको समय बिहानलाई तोकिएको नगर प्रमुख राईले बताउनुभयो । कोशी माथिका अन्य विद्यालयको समय पनि आवश्यकताको आधारमा परिवर्तन हुन सक्ने...
डढेलोले सल्लेका ६ घर र ६ वटा मतान खरानी, डढेलो अझै नियन्त्रण बाहिर

डढेलोले सल्लेका ६ घर र ६ वटा मतान खरानी, डढेलो अझै नियन्त्रण बाहिर

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १४ । वनमा लागेको डढेलो गाउँ पस्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ६ वटा घर र ६ वटा मतान जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो सल्ले पोखरी पाखा सामुदायिक वनमा लागेको डढेलोले सल्ले मगरगाउँका घर र मतानहरु जलेर खरानी भएका हुन् । डढेलोले मदन कुमार थापा, खगेन्द्र विक, गोपाल बहादुर थापा, इन्द्र बहादुर थापा र झन बहादुर थापाको घर र मतान जलेर नष्ट भएको हो । भेष बहादुर रानाको घर र योग बहादुर रानाको मतान जलेर खरानी भएको सल्लेका वडाध्यक्ष काशीराज राईले बताउनुभयो । वडाध्यक्ष राईका अनुसार मंगलटारका वनहरुमा डढेलो देखिएको थियो । दिउँसो एक्कासि सल्ले पोखरी पाखा सामुदायिक वनमा पनि डढेलो सुरु भएको हो । सामुदायिक वनमा लागेको डढेलोको झिल्को हावाले उडाएर गाउँमा ल्याउदा घर र मतानहरु खरानी भएको उहाँको भनाइ छ । डढेलो अझै नियन्त्रणमा नआएकाले सल्ले पोखरी आसपासका घरहरु जोखिममा रहेका छन् । घरमा आग...
धितुङका १४ विपन्न परिवारलाई घर छाउन वडाले दियो जस्ता

धितुङका १४ विपन्न परिवारलाई घर छाउन वडाले दियो जस्ता

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १२ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १४ विपन्न परिवारले घरको छानोमा लगाउन जस्ता पाएका छन् । वडा भित्रका १४ विपन्न परिवारलाई वडा कार्यालयले जस्ता प्रदान गरेको हो । चालू आर्थिक वर्ष २०८०/०८१ मा वडाले रु ७ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट खरिद गरिएको जस्ता १४ परिवारलाई बुधबार हस्तान्त्रण गरिएको वडाध्यक्ष टेकराज राईले बताउनुभयो । अघिल्लो वर्ष ११ घरलाई वडाले जस्ताको छानो लगाइदिएको छ । यस वर्ष १४ घरको छानोमा थप जस्ता हुने वडाध्यक्ष राईको भनाइ छ । अघिल्लो वर्ष विपन्न दलितलाई प्राथमिकतामा राखेर जस्ता वितरण गरिएको थियो । यस वर्ष भुकम्पको पुननिर्माणमा घर नपरेकाहरुलाई प्राथमिकतामा राखेर जस्ता वितरण गरिएको वडाध्यक्ष राईले बताउनुभयो । ‘अघिल्लो वर्ष दलित विपन्नहरुलाई वितरण गरेका थियौँ, यस वर्ष विपन्नलाई छनोट गरेर वितरण गरेका छौँ ।’ वडाध्यक्ष राईले भन्नुभयो, ‘भुकम्पको पुननिर्म...
डढेलो निभाउन खोज्दा खोटाङमा वृद्धको डढेर मृत्यु

डढेलो निभाउन खोज्दा खोटाङमा वृद्धको डढेर मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १२ । डढेलो निभाउन खोज्दा खोटाङमा ८५ वर्षका बृद्धको डढेर मृत्यु भएको छ । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्नेक्रममा रावा बेसी गाउँपालिका–१ कुभिन्डे हरम्टारका ८५ वर्षका सिद्धिबहादुर श्रेष्ठको बुधबार दिउँसो डढेर मृत्यु भएको हो । स्थानीय हरमटार मैनचौंर सामुदायीक वनको छेउमा खेतमा झिक्रा तथा पत्कर डढाउन आफैले आगो बालेका थिए । खेतमा बालेको आगो अनियन्त्रित भएर डढेलोको रुपमा फैलिएपछि निभाउने क्रममा डढेर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । खेतबाट वनमा फैलिएको आगोलाई गाउँले सबै मिलेर बिहान नियन्त्रणमा लिएका थिए । तर पुनः वनमा आगो बलेको देखेपछि वृद्ध नियन्त्रणमा गर्न जादा डढेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । बिहान ११ बजेदेखि वृद्ध घरबाट हराएका थिए । करीब दिउँसो ३ंः३० को समयमा डढेलोले डढेर...