रास्वपा खोटाङको समिति गठन, सभापतिमा मुकुन्द कृष्ण थापा
खोटाङ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला कार्यसमिति गठन गरिएको छ । पुस १३ गते शनिबार दिक्तेलमा भएको प्रथम जिल्ला भेलाले रास्वपाको जिल्ला समिति चयन गरेको हो ।
रास्वपाका केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाइँ, केन्द्रीय सदस्य एवं सांसद डा. तोषिमा कार्की लगायतको उपस्थितिमा भएको प्रथम भेलाले मुकुन्द कृष्ण थापाको सभापतित्वमा समिति चयन गरेको हो । इन्जिनियरसमेत रहेका थापा पार्टी स्थापना भएको सुरुवात दिनदेखिनै पार्टीमा सकृय थिए । उनै थापाको नेतृत्वमा पार्टीको जिल्ला समिति गठन गरिएको हो ।
समितिको सचिवमा सुमन खत्रीलाई चयन गरिएको बताइएको छ । पार्टीको अन्य पदाधिकारीमा जिल्लाको सबै भूगोल, जात मिलाएर राखिने नवनिर्वाचित सभापति थापाले बताए ।
शनिबार भएको जिल्ला भेलामा सह प्रवत्ता प्रसाइँ, माननीय कार्कीसँगै कोशी प्रदेशका उपसभापति सरिन तामाङ, महामन्त्री लालबिक्रम थापा लगायतले कार्यक्रममा ...









