खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत, ६ महिनाको गर्भ
खोटाङ, पुस २० । खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छिन् । जिल्लाको केपिलासगढी गाउँपालिकाकी एक मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भएको खुलेको छ ।
करिब ६ वर्ष अघि मानसिक सन्तुलन गुमाएर उपचाररत महिलालाई गाउँकै ३९ वर्षका पुरुषले बलात्कार गरेको खुलेको हो । बलात्कृत भएको ६ महिनापछि मात्र थाहा भएको छ । महिला गर्भवती रहेको थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएका छन् । परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार ३९ वर्षका एक कुमार राईले मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेका हुन् ।
हाल उक्त महिलाको ललितपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको सल्लाहमा अस्पताल नजिकै रहेको प्रहरी कार्यालयबाट परिवारले जाहेरी दिएका छन् । उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय खोटाङमा पुस १८ गते दर्ता भएको सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले जानकार...









