भागबन्डामा खोटाङ कांग्रेस असन्तुष्ट, स्वतन्त्र उम्मेदवारी दिन सक्ने
खोटाङ, असोज २२ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकालागि सिट भागबन्डामा खोटाङ कांग्रेसले असन्तुष्टि जनाएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा एक प्रदेश सभा मात्र आफ्नो भागमा परेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो ।
सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको । यस्तै, प्रदेश सभा ‘क’ एकीकृत समाजवादी र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ ।
केन्द्रको उक्त निर्णयप्रति आपत्ति जनाउदै जिल्लाका कांग्रेसका शीर्षस्थानका नेताहरुले केन्द्रीय समितिलाई पत्र पठाएका छन् । जिल्लामा सबै भन्दा ठुलो पार्टी रहेको कांग्रेसको भागमा एउटा प्रदेश सभा मात्र पर्नु ठुलो अन्याय भएको र उक्त निर्णय नसच्याए स्वातन्त्र उम्मेद्वारी दिन सक्ने पत्रमा लेखिएको छ ।
“एक संघ र दुई प्रदेश क्षेत्र भएको जिल्लामा संघमा माओवादी र प्रदेश क मा गठब...









