Sunday, October 25News That Matters

Banner News 2

प्रदेशसभा सदस्यका तीन उम्मेदवारले गरे एउटै मतदान केन्द्रबाट मतदान

प्रदेशसभा सदस्यका तीन उम्मेदवारले गरे एउटै मतदान केन्द्रबाट मतदान

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
४ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका प्रदेशसभा सदस्यका तीन उम्मेदवारले एकै मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा एमालेका पाँचकर्ण राई (पिके), वाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बीरवलकाजी राई र जनता समाजवादी पार्टीका उम्मेदवार राकेश राईले सहयोगी आधारभुत विद्यालय छिप्ती मतदान केन्द्रबाट मतदान गरेका हुन् । पाँचकर्ण र राकेश साविकको बुईपा–२ का स्थायी बासिन्दा हुन् भने बीरवलकाजी साविकको बुईपा–१ का हुन् । एकै दाजुभाईभित्रका पाँचकर्ण काका र राकेश साइनोमा भतिजा हुन् । एकैठाउँबाट तीन नेता उम्मेदवार उठेपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ । एकै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरुले संयोग भनेका छन् ।...
युवाको श्रमले देश चलाउन हुने अनि युवाले राजनीति गर्न नहुने ? सर्जु श्रेष्ठ

युवाको श्रमले देश चलाउन हुने अनि युवाले राजनीति गर्न नहुने ? सर्जु श्रेष्ठ

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खोटाङ प्रतिनिधिसभा प्रतयक्षतर्फका उम्मेद्वार (इन्जिनियर) सर्जु श्रेष्ठले युवा राजनीतिमा आउन किन नहुने भन्दै प्रश्न गर्नुभएको छ । राप्रपाले दिक्तेल हेलीप्याडमा आयोजना गरेको चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले युवाको श्रमले देश चलाउन हुने अनि युवा राजनीतिमा आउन किन नहुने भन्दै प्रश्न गर्नुभएको हो । ‘धेरैले भन्छन् मलाई, राजनीति गर्न तेरो उमेर कति भयो ? तेरो उमेर राजनीतिमा आउने भयोर ? भन्दै, तर म तिनिहरुलाई भन्न चाहान्छु, युवाहरुलाई बिदेश बेचेर उनिहरुको श्रम र पसिनाले देश चलाउन हुने अनि युवा राजनीतिमा आउन नहुने भन्ने हुन्छ ? अब देशमा विकासको परिवर्तन ल्याउने भनेकै युवाले हो ।’ श्रेष्ठले भन्नुभयो । यस्तै, नेताहरु सर्वहारा र साम्यवादको कुरा गर्दै करौडौँको गाडी चडेर, लाखौँको मोबाइल चलाएर हिड्ने तर जनताको जीवनस्तर जहाँको त्यह...

खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक गठबन्धनले बनाउछ : कांग्रेस प्रवक्ता महत

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक ३० । खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक गठबन्धनले बनाउने नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बताउनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न खोटाङ सदरमुकाम दिक्तेल आउनुभएका महतले यस्तो बताउनुभएको हो । ‘ओली जि कुरा मात्र गर्नुहुन्छ काम गर्नुहुन्न, त्यसैले खोटाङमा सबै वडामा बारै महिना चल्ने सडक निर्माण गठबन्धन सरकारले गर्नेछ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान पनि गठबन्धनले नै गर्ने भएकाले गठबन्धनका उम्मेद्वारलाई मत दिएर विजयी थराउनुहोस् ।’ मतहले भन्नुभयो । पर्यटकीय महत्व बोकेको हलेसी, किरात सभ्यताको उद्गम स्थल तुवाचुङ भएको जिल्ला खोटाङमा सांकृतिक, आर्धीक र धार्मिक सबै प्रकारको विकास गर्न आवश्यक रहेको र त्यो विकास गठबन्धनले गर्ने प्रवक्ता महतले बताउनुभयो । यस्तै, प्रवक्ता महतले समानुपातिकमा आफ्नो पार्टीलाई मत दिन आएक...
जिताएर पठाउनुहोस्, रामकुमार राई मन्त्री बन्ने संभावना छ : प्रचण्ड

जिताएर पठाउनुहोस्, रामकुमार राई मन्त्री बन्ने संभावना छ : प्रचण्ड

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामकुमार राई (पासाङ) मन्त्री बन्ने संभावना रहेको बताउनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न खोटाङ सदरमुकाम दिक्तेल आउनुभएका प्रचण्डले यस्तो बताउनुभएको हो । ‘माहोल हेर्दा खोटाङमा गठबन्धनको जीत सुनिश्चित भइसकेको छ, यसकालागि म तपाईहरुलाई बधाई दिन चाहान्छु, जिल्लामा विकास र समृद्धिकालागि माओवादी पार्टी, गठबन्धन र सरकार सबैको तर्फबाट सहयोग रहनेछ ।’ प्रचण्डले भन्नुभयो । यस्तै खोटाङको प्रतिनिधिसभामा गठबन्धनको साझा उम्मेद्वार राई हाल प्रदेश नम्बर एकको खानेपानी तथा सिँचाइ मन्त्री रहनुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा जिताएर पठाएमा राई केन्द्रिय सरकारको मन्त्री बन्ने संभावना रहेको प्रचण्डले बताउनुभयो । यस्तै, प्रदेशसभा ‘क’ का उम्मेद्वार एकीकृत समाजवादीका विरब...
खोटाङका राजेश राईले जिते सिंगिङ सुपरस्टारको उपाधि

खोटाङका राजेश राईले जिते सिंगिङ सुपरस्टारको उपाधि

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, कात्तिक २८ । खोटाङमा जन्मिएका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा जन्मिएका राई बिगत १३ वर्षदेखि सांगीगितक क्षेत्रमा सक्रिय छन् । उनै राईले भ्वाईस स्टार नेपाल लिमिटेडले निर्माण गरी ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जितेका हुन् । आइतबार भएको फिनालेमा प्रथम भई राईले २० लाख नगद र म्युजिक नेपालसंग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् । फिनालेमा फस्ट रनर अप नामगेल लामा र सेकेन्ड रनर अप दीपक सापकोटा भए । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो । फिनालेमा प्रतियोगीहरुले विशेष सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।...

चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री प्रचण्ड ३० गते खोटाङ आउने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, कात्तिक २६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खोटाङ आउने हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङले कातिक–३० गते दिक्तेलबजारमा आयोजना गर्ने बृहत चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरबाट खोटाङ आउने हुनुभएको हो । पूर्वप्रधानमन्त्री प्रचण्डसँगै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरसमेत सोही हेलिकोप्टरमा खोटाङ आउनुहुने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिका संयोजक टङ्कबहादुर थापाले जानकारी दिनुभयो । हेलिकोप्टरमार्फत दिउँसो करिब तीन बजे खोटाङ आउनुहुने तीनैजना नेताहरुले दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरिने बाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्नुहुने जनाइएको छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा नेपाली काँग...

हामी विजयी भइसक्यौँ, औपचारिकता मात्र बाकी छ : रामकुमार राई (पासाङ)

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । खोटाङ प्रतिनिधिसभाबाट बाम–लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार रामकुमार राई (पासाङ) ले गठबन्धनले निर्वाचन जितिसकेको तर औपचारिक घोषणा हुन् मात्र बाकी रहेको बताउनुभएको छ । प्रदेश नम्बर एकका उर्जा तथा खानेपानी मन्त्रीसमेत रहनुभएका राईले जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारमा शुक्रबार भएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । सभालाई सम्बोधन गर्दै राईले गठबन्धनको बाली पाकिसकेको तर कुनै समय हुरी बतास, असिनापानीले नष्ट गर्नसक्ने बताउनुभएको छ । ‘हामीलाई भोट हाल्न सबै आतुर हुनुहुन्छ, हामीले चुनाव जितिसक्यौँ, हामी बाली पाकीसक्यो, तर कुनै समय हुरी बतास, असिनापानी, जंगली जनावारले नष्ट गर्न सकछ । त्यसैले अब बाकी नौँ दिन तपाईहरु सुरक्षित भएर बस्नुहोस् ।’ राईले भन्नुभयो । चुनाव जितेसँगै विकास गर्न र खोटाङका जनताको अधिकार रक्षा गर्नकालागि लड्ने राईले बताउनुभय...

निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँछौँ : बाम–लोकतान्त्रिक गठबन्धन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि एवम् पद्धतिमार्फत व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएको छ । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारहरुले संयुक्तरुपमा हातेपर्चा प्रकाशन गरेर प्रतिवद्धता जनाएका हुन् । खेतीपाती, पशुपालन, फलफूलखेतीलाई व्यावसायीकरण गर्नका लागि पकेट क्षेत्र निर्धारण गरेर कार्यक्रम लागु गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायिकरणको लागि आधुनिक यन्त्र, मल र बीऊ, बहु उद्देश्यीय नर्सरी स्थापना गर्न समूह, सहकारी तथा कृषि फार्ममार्फत अनुदानको व्यवस्था मिलाउने, खाद्यन्न, फलफूल र तरकारी आदि कृषि उत्पादनको लागि सङ्कलन र शितभण्डारण केन्द्र स्...
खोटाङका क्यान्सर पीडित बालकको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

खोटाङका क्यान्सर पीडित बालकको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, कात्तिक २४ । ‘ब्लड क्यान्सर’ भएका खोटाङका एक बालकको उपचारमा आर्थिक अभाव भएको भन्दै उनका परिवारले सहयोगको याचना गरेका छन् ।खोटाङको वराहपोखरी गाउँपालिका–१ गहतेका ८ वर्षीय कौशल थापाको उपचारमा आर्थिक अभाव भएको हो । कौशलका बुबा सुशील थापाले कौशलको विगत दुई महिनादेखि कान्ति बाल अस्पताल, काठमाडौंमा क्यान्सरको उपचार भइरहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताए । ‘गएको दुई महिनादेखि छोराको उपचार भइरहेको छ। छोरा बिरामी परेपछि विदेशमा कमाइ गर्दागर्दै उसको उपचारका लागि म घर फर्किएँ,’ उनले भने, ‘क्यान्सरजस्तो गम्भीर रोग भएका कारण उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफूले कमाएको पैसा पनि त्यसमै सकियो। अहिले छोराको ‘किमोथेरापी’बाट उपचार भइरहेको छ।’ उनका अनुसार कौशलको उपचारका क्रममा हालसम्म पाँच लाख रुपैयाँ बढी खर्च भइसकेको छ । उपचारमा संलग्न डाक्टरले अझै कम्तीमा ८÷९ महिनादेखि २÷३ वर्षसम्म प...
जसपाका खम्बुसहित ३८ जना, एमालेका आचार्यसहित ६ जना माओवादी केन्द्र प्रवेश

जसपाका खम्बुसहित ३८ जना, एमालेका आचार्यसहित ६ जना माओवादी केन्द्र प्रवेश

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १७ । जनता समाजवादी पार्टी (जसपा) को भातृ संगठन समाजवादी विद्यार्थी प्रदेश नम्बर एकका अध्यक्ष एवं खोटाङका प्रचार विभाग प्रमुख रविन खम्बु लगायत जसपाका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय दिक्तेलमा पत्रकार सम्मेलन गरेर जसपा त्याग गर्दै खम्बुसहित ३८ जना माओवादीमा प्रवेश गरेका हुन् । प्रतिक्रियावादी एमालेसँग गठबन्धन गरेर जसपाले गलत गरेकाले पार्टी छाड्न बाध्य भएको खम्बुले बताए । जसपा युवा संघ जिल्ला अध्यक्ष÷जिल्ला पार्टी उत्पादन तथा स्वरोजगार विभाग प्रमुख गजेन्द्र राई, सचिवालय सदस्य तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पृथ्वीकुमार राई, सचिवालय सदस्य मेघराज राई, प्रवास समिति कतारका गजेन्द्र खालिङ, दिरुमनपा नगर सह–सचिव सौराज राई छन् । जसपाको विभिन्न जिम्मेवारीमा रहेका प्रज्वल राई, सरजित तामाङ, गोविन्द राई, रो...