जिताएर पठाउनुहोस्, रामकुमार राई मन्त्री बन्ने संभावना छ : प्रचण्ड
खोटाङ, कात्तिक ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामकुमार राई (पासाङ) मन्त्री बन्ने संभावना रहेको बताउनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न खोटाङ सदरमुकाम दिक्तेल आउनुभएका प्रचण्डले यस्तो बताउनुभएको हो ।
‘माहोल हेर्दा खोटाङमा गठबन्धनको जीत सुनिश्चित भइसकेको छ, यसकालागि म तपाईहरुलाई बधाई दिन चाहान्छु, जिल्लामा विकास र समृद्धिकालागि माओवादी पार्टी, गठबन्धन र सरकार सबैको तर्फबाट सहयोग रहनेछ ।’ प्रचण्डले भन्नुभयो । यस्तै खोटाङको प्रतिनिधिसभामा गठबन्धनको साझा उम्मेद्वार राई हाल प्रदेश नम्बर एकको खानेपानी तथा सिँचाइ मन्त्री रहनुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा जिताएर पठाएमा राई केन्द्रिय सरकारको मन्त्री बन्ने संभावना रहेको प्रचण्डले बताउनुभयो ।
यस्तै, प्रदेशसभा ‘क’ का उम्मेद्वार एकीकृत समाजवादीका विरब...





